काठमाण्डु, २६ जेठ-न्याय परिषद्को मंगलबारको बैठकले पुनरावेदन अदालतका २८ अतिरिक्त न्यायाधीशको सेवालाई निरन्तरता दिने गरी छ महिनासम्मका लागि म्याद थप गरेको छ । न्याय परिषद्को बैठकको निर्णय सुनाउँदै परिषद्का निमित्त सचिव कृष्ण गिरीले पुनरावेदन अदालतमा कार्यरत २८ न्यायाधीशको सेवाको म्याद समाप्त भएकाले सेवालाई...
बारा, २६ जेठ– जिल्लाको पिलुवामा केही समयदेखि स्थानीयले अवरुद्ध पारेको सडक खुलेको छ । सोमबार साँझ गाडीको ठक्करबाट मृत्यु भएका आफन्तको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै गरिएको सो अवरुद्ध प्रहरीको पहलमा खुलेको हो । मृत्यु भएका ६६ वर्षीय खडानन्द बजगाइँका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने...
काठमाण्डु, २६ जेठ-संविधानसभाको मंगलबारको बैठकले संविधान निर्माणमा देखिएका विवादित विषयलाई संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । संविधानका विवादित विषयमा सहमति नभएको भनी यसअघि संवाद समितिले संविधानसभामा प्रस्तुत गरेको प्रतिवेदनलाई पुनः सोही समितिमा पठाउने भन्ने प्रस्ताव पारित...
काठमाण्डु, २६ जेठ–एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मोर्चा औपचारिक रुपमा विभाजित भएको छ । मोर्चाको प्रमुख घटक एमाओदी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले सत्तारुढ दलहरुसँग १६ बुँदे सहमति गरेपछि मोर्चामा फाटो आएको हो । असन्तुष्ठ दलहरुको मंगलबार सिंहदरबारमा बैठक बसेर मार्चाबाट अलगिने निर्णय...
खोटाङ, २६ जेठ-जयरामघाटस्थित दूधकोसी नदीमा हालिएको अस्थायी बेलीब्रिज झिकिएपछि खोटाङबाट राजधानी काठमाण्डुलगायत विभिन्न जिल्लासँगको सिधा यातायात सेवा अवरुद्ध भएको छ । नदीमा पानीको बहाव बढेसँगै खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाटमा हालिएको अस्थायी बेलीब्रिज झिकिएपछि यातायात सेवा बन्द भएको हो । बेलिब्रिज झिकिएपछि...
काठमाण्डु, २६ जेठ–संविधानसभाको बैठकले राजनीतिक दलहरुका बीचमा भएको १६ बुँदे सहमतिलाई अनुमोदन गरेको छ । सोमबार राति चार दलका बीचमा १६ बुँदे सहमति भएपछि मंगलबार संविधानसभाको बैठक बसेको हो । वैठकले १६ बुँदे सहमतिलाई अनुमोदन गर्दै त्यसलाई संवाद समितिमा पठाउने निर्णय गरेको छ ।...
इलाम, २६ जेठ- सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । दुई वर्षदेखि संस्थाको हिसाब हिनामिना गरेको भन्दै शान्तिपुर– ५ मा रहेको सूर्यविनायक कृषि सहकारी संस्थाकी व्यवस्थापक कमला बराललाई प्रहरीले पक्राउ गरेको हो । संस्थाको हिसाब देखाउन नसकेपछि...
भक्तपुर, २६ जेठ-भक्तपुर नगरपालिका क्षेत्रमा रहेको विद्यार्थी निकेतन उमाविका विद्यार्थी स्कुलको चौरमै रमाउने गरेका छन् । भूकम्पबाट जोगिएको कक्षामा भने पीडितले आश्रय लिएका छन् । भूकम्पबाट बन्द विद्यालय यही जेठ १७ गतेदेखि सञ्चालनमा आए पनि कक्षाकोठा भने छैन । उनन्तीस कक्षाकोठा रहेको...
काठमाण्डु, २६ जेठ-चीन र भारतबीच ‘लिपु लेक’ मा व्यापारिक नाका खोल्ने भनी हालै भएको व्यापार सम्झौता सच्याउन प्रभावकारी ढङ्गले कूटनीतिक पहल गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ । मंगलबारको बैठकमा सभासद्हरुले नेपालको भूमि ‘लिपु लेक’मा...
काठमाण्डु, २६ जेठ– मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चार दलबीच भएको १६ बुँदे सहमति यथास्थितिवादी र प्रतिगामी भएको बताएका छन् । मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै यादवले सोमबार राति संविधान निर्माणबारे चार राजनीतिकबीच भएको सहमति जनयुद्ध, जनआन्दोलन, ऐतिहासिक मधेश जनविद्रोह र आदिवासी...
काठमाण्डु, २६ जेठ– भूकम्पपीडितको सहयोगका लागि विश्व प्रसिद्ध एक्सन स्टार ज्याकी च्याङ नेपाल आएका छन् । एयर चाइनाको एयरमा नेपाल आएका उनी त्यहाँबाट सिधै सोल्टी होटल गएका थिए । उनले आफैले ल्याएको सहयोग साग्री ललितपूरको सिद्धिपुर गाविसका भूकम्पपीडितलाई दिने नेपाल रेडक्रस सोसाइटीका एडिटर डाइरेक्टर...
जनकपुरधाम,२६ जेठ- सीमावर्ती विहार राज्यको मिथिलाञ्चलमा खासगरी ब्राह्मण समाजमा विवाहको एउटा अद्भूत एवम् रोमाञ्चकारी प्रथा हेर्न पाइन्छ, जहाँ बेहुलाको प्रदर्शनी गरिन्छ । मिथिलाञ्चलअन्तर्गत भारत मधुवनी जिल्लाको सौराठ गाउँमा प्रतिवर्ष बेहुलाको भव्य मेला लाग्दछ । यहाँ दलालको माध्यमबाट सार्वजनिक रुपमा बेहुलाको खरिद बिक्री हुने गर्दछ...