भक्तपुर, २७ जेठ– भक्तपुरका एक नेपाली युवकले अन्तर्राष्ट्रिय फास्टफुड चेन म्याकडोनाल्ड्सको ‘दि रे क्रक अवार्ड’ ९म्यानेजर अफ दि इयर २०१५० पाएका छन् । भक्तपुरको दत्तात्रय घर भई छ वर्षदेखि बेलायतमा पढ्दै आएका २५ वर्षीय प्रमेशराज गिरीले म्याकडोनाल्ड्स युरोप भरका एक हजार चार सय प्रतिस्पर्धीलाई...
काभ्रे, २७ जेठ– भूकम्पपीडितका लागि ल्याइएको राहतका खाद्यान्न बिक्री गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । उनीहरुलाई दुर्गम गाविस मानिने कोसीपारी गाविसस्थित चौवासबाट पक्राउ गरिएको र पक्राउ परेकामध्ये केहीको संलग्नता पुष्टि हुन नसकेकाले थुनामुक्त गरिन लागेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ...
दाङ, २७ जेठ – पूर्व सभासद् शान्ता चौधरी उच्च मावि डाँडा गाउँमा कक्षा ८ मा भर्ना भएकी छिन् । पढ्ने चाहनालाई उमेरले रोक्दैन भन्दै उनी स्कुल भर्ना भएकी हुन् । चौधरी पूर्व कम्लहरीसमेत हुन् । पैँतीस वर्षीया शान्ताका श्रीमान् वैदेशिक रोजगारका सिलसिलामा खाडी मुलुकमा...
धनगढी, २७ जेठ –कैलाली जिल्लाका विभिन्न छ सरकारी कार्यालयका महत्वपूर्ण सूचना अब सेवाग्राहीले अनलाइन प्रविधिमार्फत घरमा बसी बसी प्राप्त गर्न सकिने भएको छ । राष्ट्रिय सूचना आयोगले अनलाइन प्रविधिमार्फत एमआइएस प्रणाली स्थापना गरेपछि कैलाली जिल्लाका छ वटा सरकारी कार्यालयका सूचना प्राप्त गर्न सकिने भएको...
उदयपुर, २७ जेठ – जिल्ला प्रशासन कार्यालय उदयपुरले भूकम्पले पु¥याएको क्षतिको अन्तिम विवरण सार्वजनिक गरेको छ । जिल्लाका ४० गाविस र तीन वटा नगरपालिकामा भूकम्पबाट १२ हजार १४० घरमा क्षति पु¥याएको उदयपुरका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले बताए । ती घरमध्ये ९५ घर र ५५...
पाल्पा, २७ जेठ– सेतै फुलेको कपाल, चाउरी परेको अनुहार, शिरमा पाल्पाली ढाका टोपी । पाँच वर्षदेखि खुट्टा दुख्ने रोगबाट ग्रस्त तानसेन–८ भगवती टोलका ८५ वर्षीय कृष्णप्रसाद श्रेष्ठको अनुहारमा एक्कासि मुकान देखियो । उनी मात्र होइन, उनकै सहकर्मी ७४ वर्षीय कृष्णबहादुर रणपालको अनुहारमा पनि त्यस्तै...
नेपालगन्ज, २७ जेठ – बाँके जिल्ला राप्ती नदीपारीको बघौडा क्षेत्रअन्तर्गत सात गाविसमा १० प्रतिशत नागरिकले मात्र घरमा शौचालय निर्माण गरेका छन् । सो क्षेत्रको गङ्गापुर, फत्तेपुर, काँलाफाँटा, लक्ष्मणपुर, नरैनापुर, कटकँइया र मटहैया गाविसका सात हजार ५०० घरधुरीमध्ये ६५९ घरधुरीले मात्र शौचालय निर्माण गरेका छन्...
बागलुङ, २७ जेठ – सुरक्षित मातृत्व र शिशु स्याहारका क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालयसँग मिलेर काम गरिरहेको ‘वन हार्ट वल्र्ड वाइड’ ले आठ वटा उपकरण प्रसूति गृहलाई प्रदान गरेको छ । संरचना निर्माणमा समेत आर्थिक सहयोग गर्दै आएको उक्त संस्थाले प्रसूति गृह सञ्चालनका लागि चाहिने...
इलाम, २७ जेठ– फाकफोककी एक समाजसेवीले स्वास्थ्यचौकी निर्माणका लागि तीन रोपनी जग्गा दान दिएकी छिन् । फाकफोक–६ की इन्द्रमाया चौहानले १२ लाख मूल्य बराबरको जग्गा स्वास्थ्यचौकीलाई दिएकी हुन् । जग्गा अभावमा पुरानो भवनमा सीमित रहनुपरेको स्वास्थ्यचौकीले अब उक्त जग्गामा निर्माण प्रक्रिया अघि बढाउने चौकी प्रमुख...
कैलाली, २७ जेठ– भूमिसुधार तथा व्यवस्था मन्त्रालयले धनसिंहपुर गाविसको जग्गा विवादको समाधान खोज्न तीन सदस्यीय टोली गठन गरेको छ । मन्त्रालयले मालपोत कार्यालय गुलरियाका प्रमुख अमृतकुमार कर्माचार्यको संयोजकत्वमा टोली गठन गरेको हो । टोलीमा मालपोत कार्यालय टीकापुरका प्रमुख नरेन्द्र पाल र नापी कार्यालय टीकापुरका...
काठमाण्डु, २६ जेठ– नेपाली सेनाले किनेको दुई वटा एमआइ सेभिन्टिन भि आइभ हेलिकप्टर नेपाल आइपुगेको छ । यसअघि २०७० कात्तिकमा नेपाल सरकारको मन्त्री परिषद्ले सेनाका लागि हेलिकप्टर खरिद सम्बन्धि कार्यबिधि पारित गरेको थियो । कार्यबिधि अनुसार सेनाका लागि रुसबाट सो हेलिकप्टर ल्याइएको हो ।...
धनुषा,२६ जेठ– मिथिला नगरपालिकामा मंगलबार एक महिला झुण्डिएर मृत अवस्थामा फेला परेकी छन् । मिथिला नगरपालिका–६ ढल्केबर बस्ने १८ बर्षीया अनिता दास मृत फेला परेकी हुन् । दास आँपको रुखमा सलको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । घटनाका सम्बन्धमा प्रहरीले...