कैलाली, २७ जेठ– सामान्य विवादमा ढुङ्गा प्रहार गर्दा लम्कीचुहा नगरपालिका–११ लोहापुर बस्ने ३० वर्षीय लालबहादुर विकको मृत्यु भएको छ । सोही ठाउँ बस्ने २७ वर्षीय हरि भण्डारी र मृतक विक गएराति होटलमासंँगै मादकपदार्थ खाइरहेको अवस्थामा आपसमा सामान्य विवाद हुँदा भण्डारीले विकको टाउकोमा ढुङ्गा प्रहार...
काठमाण्डु, २७ जेठ– नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड दुइ जिब्रे भएकाले पार्टी एकता नहुने बताएका छन् । बुधबार पार्टी कार्यालय बुद्धनगरमा पार्टी केन्द्रीय कमिटीका निर्णय सार्वजनिक गर्न गरेको पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले प्रचण्डले कांग्रेस एमाले र नेकपा माओवादीसँग फरक...
चितवन, २७ जेठ– सरकारी छाप दस्तखत कीर्ते गर्ने गिरोहलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिई बुधबार सार्वजनिक गरेको छ । नारायणगढको नमस्ते स्टेसनरी सेन्टरका सञ्चालक र कर्मचारी गरी सात जना र ए टु जेड प्रिन्टिङ तथा ग्राफिक सेन्टरका सञ्चालक र कर्मचारी गरी तीन जनालाई...
काठमाण्डु, २७ जेठ– बुधबार पनि भूकम्पको पराकम्पन जाने क्रम रोकिएको छैन । दिउसो १ बजेर ३६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको पराकम्पन गएको हो ।...
काठमाण्डु, २७ जेठ– नयाँ सरकार गठनको चर्चा चलेसँगै संसद सचिवालयमा दर्ता भएका दुई दर्जनभन्दा बढी विधेयक अन्योलमा परेका छन् । संसदीय समितिमा छलफल भएर संसदमा पेश नभइ सरकार परिवर्तन भए सचिवालयमा दर्ता भएका विधेयकहरु फिर्ता भएर फेरि नयाँ ढंगबाट प्रस्तुत हुने भएकाले हाल छलफल...
काठमाण्डु, २७ जेठ– संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले सहमतिको मस्यौदा तयार पार्न उपसमिति गठन गरेको छ । समितिको बुधबार बसेको बैठकले दहरुबीच भएको सहमतिलाई अन्तिम रुप दिएर मस्यौदाको रुपमा छलफलमा प्रस्ततु गर्नका लागि पूर्णबहादुर खड्काको संयोजकत्वमा उपसमिति गठन गरेको हो । उपसमितिले दिनभर...
काठमाण्डु, २७ जेठ– पूर्वमन्त्री तथा राप्रपा नेपालका नेता पद्मसुन्दर लावतीको बुधबार विहान नर्भिक अस्पतालमा निधन भएको छ । किड्नी तथा लिबरका बिरामी लावतीको ७६ वर्षको उमेरमा निधन भएको हो । उनको पार्थीव शरीरलाई शुक्रबारसम्म नर्भिकमै राखिने र शनिबार विहान ७ बजेदखि ९ बजेसम्म दशरथ...
चितवन, २७ जेठ– जिल्ला प्रशासन कार्यालय चितवनले कसैको लहैलहैमा लागेर वा विभिन्न सङ्घ सङ्गठनले ल्याइदिएको आधारमा निजी तथा सार्वजनिक जग्गामा आई बस्न थालेका भूकम्पपीडितलाई आ–आफ्नै जिल्लामा फर्किन आग्रह गरेको छ । जिप्रका चितवनले एक सूचना जारी गरी सम्बन्धित जिल्लामा नै सरकारले व्यवस्थापन गरिरहेका बेला...
इलाम, २७ जेठ– जङ्गली हात्तीको आक्रमणबाट इलामको चुलाचुलीमा आज दुई जनाको ज्यान गएको छ । हात्तीको आक्रमणबाट चुलाचुली–४ की ३१ वर्षीया धनमाया लावती र चुलाचुली–६ की ४० वर्षीया प्रीति लिम्बूको ज्यान गएको हो । बिहान ५ बजेतिर शौच गर्न घरबाट बाहिर निस्कँदा जङ्गली हात्तीले...
इलाम, २७ जेठ– एउटा माउ बाख्राले कतिवटा पाठा पाउँछ होला । जो कोहीले भन्ने गर्छन्, दुईवटा बढीमा तीनवटा तर आमचोकमा मङ्गलबार बिहान बाख्राले पाँचवटा पाठापाठी जन्माएको छ । आमचोक– ५ मा बेदप्रसाद लामिछानेले पालेको स्थानीय जातको बाख्राले पाँचवटा पाठापाठी पाएको हो । बाख्राले पाँचवटा...
काठमाण्डु, २७ जेठ– अर्थमन्त्री डा. रामशरण महत भारतको तीनदिने भ्रमणका लागि बुधबार नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतका वित्तमन्त्री अरुण जेट्लीको निमन्त्रणामा उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा घोषणा भएको सहयोग रकमको उपयोग तथा कार्यान्वयनका सम्बन्धमा दुई...
म्याग्दी २७ जेठ– म्याग्दीको उत्तरी क्षेत्र दानाका बासिन्दाले उच्च माध्यमिक विद्यालय सञ्चालन गर्न एक् करोड २५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । आफ्ना बालबालिकालाई गाउँमै उच्च शिक्षा हासिल गर्ने वातावरण मिलाउन दानाका स्थानीय बासिन्दा र विभिन्न देशमा रहेका म्याग्दीबासीले ज्ञानप्रकाश उच्च माध्यमिक विद्यालयको...