समाचार

आफ्नै गाडीको सीटमा आराम गरिरहेका चालक मृत भेटिए

२०७२ जेठ २५ गते १७:२५

काठमाण्डु,२५ जेठ–काठमाण्डुको नयाँ बसपार्कमा आफ्नै गाडीको सिटमा आराम गरिरहेका बसचालक मृतअवस्थामा भेटिकएका छन् । काठमाण्डु–नेपालगञ्ज चल्ने ना ५ ख ५०९९ नम्बरका बस चालक ५२ वर्षीय प्रेम गुरुङ मृत अवस्थामा फेला परेका हुन् । गुरुङ बाँके जिल्ला राधा–७ का स्थायी बासिन्दा भएको प्रहरीले बताएको छ...

उपेन्द्र र महन्थले संविधान बनाउने तीन दलको सहमति मानेनन्,३० दलको बैठक बहिस्कार

२०७२ जेठ २५ गते १७:१३

काठमाण्डु, २५ जेठ– एनेकपा माओवादीको नेतृत्वमा रहेको ३० दलीय मोर्चाको बैठक मधेस केन्द्रित दुई दलले बहिस्कार गरेका छन् । सोमबार बिहान भएको प्रमुख तीन दलको सहमति संघियता तुहाउने खालको भएको भन्दै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तमलोपाका अध्यक्ष महन्त ठाकुरले ३० दलीय मार्चाको...

चारसय वर्ष पूरानो मनकामना मन्दिरको गजुर झिकियो !

२०७२ जेठ २५ गते १६:०५

गोरखाबजार, २५ जेठ-चार सय वर्ष पुरानो प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरको गजुर झिकिएको छ । सोमबार बिहान वैधिक विधिअनुसार साइत हेराएर कुभिन्डोको बलि दिएर गजुर झिकिएको हो । हालैको भूकम्पमा मन्दिर एक फुट दक्षिण–पश्चिम ढल्केपछि जगैदेखि भत्काएर जीर्णोद्धारको आरम्भ गरिएको छ । ९१ इन्च...

संविधानसभा बैठक शोक प्रस्तावमै सीमित

२०७२ जेठ २५ गते १५:५९

काठमाण्डु, २५ जेठ– संविधानसभाको सोमबारको बैठक पनि शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ ।   पूर्वसभासद डा. गोपाल कोइरालाको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक मंगलबार ३ बजेसम्मका लागि स्थगित भएको हो ।   २०५६ सालमा उपनिर्वाचनमार्फत झापा जिल्ला क्षेत्र नं ६ बाट...

सहमतिसँगै ओलीका लागि प्रधानमन्त्री बन्ने बाटो खुला

२०७२ जेठ २५ गते १५:३५

काठमाण्डु, २५ जेठ– प्रमुख राजनीतिक दलबीच संविधानका विवादमा कुरा मिलेसँगै एमाले अध्यक्ष केपी ओलीका लागि प्रधानमन्त्री बन्ने बाटो लगभग खुलेको छ । नवौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएसँगै ओलीको प्रधानमन्त्री हुने आकांक्षा चुलिएको थियो । काँग्रेस र एमालेबीच सुशील कोइराला नेतृत्वमा सरकार गठनअघि भएको सहमतिअनुसार...

अपहरणकारीले जिउँदै खाल्डोमा पुरेका बालक रुँदै बाहिर निस्केपछि…

२०७२ जेठ २५ गते १५:११

काठमाण्डु, २५ जेठ– दश बर्षीय बालकलाई अपहरण गरी ५० लाख फिरौती माग्ने दुइजनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर कौशलटार सागबारी बस्ने दोलखा मार्बु–९ घर भएका २३ बर्षीय भिमबहादुर मगर र भक्तपुर बालकोट बस्ने दोलखा मार्बु–३ घर भएका २६ बर्षीय रुद्र खत्री (अभिषेक) लाई...

उपत्यकामा चहलपह बढ्यो

२०७२ जेठ २५ गते १४:३४

काठमाण्डु, २५ जेठ– वैशाख १२ गते गएको शक्तिशाली भूकम्पपछि आतंकित भएको काठमाण्डु उपत्यकाको जनजीवन बिस्तारै सामान्य हुँदै गएको छ । भूकम्पले सुनसान बनेको राजधानीमा मानिसहरुको आवतजावत बढेसँगै सवारी साधानको चाप बढ्न थालेको छ । भूकम्प गएलगत्तै राजधानी छाडेर आ आफ्नो घरमा गएका अधिकांस मानिसहरु...

भूकम्पमा परेर मर्नेको संख्या आठ हजार सात सय ७४ पुग्यो

२०७२ जेठ २५ गते १४:०९

काठमाण्डु, २५ जेठ-भूकम्पमा परी आठ हजार सात सय ७४ जनाको मृत्यु भएको छ भने बाइस हजार पाँचसय घाइते भएका छन् ।   केन्द्रीय प्रहरी समाचार कक्षबाट प्राप्त पछिल्लो विवरणअनुसार काठमाण्डु उपत्यकामा एक हजार सात सय ३२, पूर्वाञ्चलमा ५८, मध्यमाञ्चलमा छ हजार पाँच सय २१,...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

२०७२ जेठ २५ गते १३:५६

काठमाण्डु,२५ जेठ-मोटरसाइकल दुर्घटनामा परी भक्तपुरको जगातीस्थित महानगरीय प्रहरी वृत्तमा कार्यरत प्रहरी जवान बालकुमार कर्णको मृत्यु भएको छ ।   सोही कार्यालयमा कार्यरत प्रहरी जवान मानबहादुर महतोले चलाएको मोटरसाइकल गएराति कोटेश्वरमा दुर्घटना भएको जनाउँदै प्रहरी प्रधान कार्यालयले उनको सिभिल अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएको...

सुटकेसभित्र टुक्रा–टुक्रा फेला परेको शवको स्केच तयार, यस्तो छ स्केच

२०७२ जेठ २५ गते १३:५२

काठमाण्डु, २५ जेठ– नोपाल प्रहरीले जेठ १८ गते काठमाण्डुको मनहरा र हनुमन्ते खोलाको दोभानमा रहेको ढलभित्र सुटकेसमा भेटाएको शवको स्केच सार्वजनिक गरेको छ ।   शव टुक्रा–टुक्रा भएको र प्लाष्टिकमा बेरेर सुटकेसभित्र राखेको अवस्थामा प्रहरीले सो लास फेला पारेको थियो । प्रहरीले शव पुरुषको...

दलालहरुले यसरी फसाउँदैछन् युवती !

२०७२ जेठ २५ गते १३:४६

इलाम, २५ जेठ- होस् गर्नुस् है, नत्र दलालले फसाउलान् । आजभोलि भूकम्पको फाइदा उठाउँदै जताततै मानव तस्कर सल्बलाउन थालेका छन् । भूकम्प प्रभावित जिल्लाका चेलीबेटी दलालको प्रलोभनमा पर्न थालेको पाइएको छ ।   भूकम्प प्रभावित दोलखा, नुवाकोट, सिन्धुपाल्चोक, गोरखा, धादिङलगायत जिल्लाबाट अवैध तरिकाले इलामका...

संविधान बन्ने गरी सहमति भयो, आज पाँच बजे बालुवाटारमा पत्रकार सम्मेलन गरिँदै

२०७२ जेठ २५ गते १३:४०

काठमाण्डु, २५ जेठ– प्रमुख राजनीतिक दलहरुले संविधानका विवादीत विषय संघीय आयोगमार्फत समाधान गर्ने निष्कर्षमा पुगेका छन् । यो निष्कर्षले विगत आठवर्षदेखि अल्झिदै आएको संविधानको गाँठो फुकेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा राज्य पुनर्संरचनाको विषय संघीय आयोगको सिफारिसलाई परिवर्तित संविधानसभाले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us