समाचार

भूकम्पले पशुपंक्षी नष्ट भएपछि उत्पादन बढाउन औषधी वितरण

२०७२ जेठ २३ गते १६:३१

बनेपा, २३ जेठ-भूकम्पका कारण अझै पनि डर र त्रासमा रहेका पशु, चौपायाका लागि उपचार र औषधि वितरण सुरु भएको छ ।   काभ्रेपलाञ्चोकको चण्डेनीमण्डन गाविसको वडा नं १ देखि ९ सम्मका ६०० कृषकका ६०० पशु चौपायालाई उपचार र औषधि वितरण सुरु भएको जिल्ला पशु...

राजनीतिक नेतृत्व र कलाकारको मैत्रीपूर्ण खेल जारी, शीर्ष नेताहरु बाहिरिए

२०७२ जेठ २३ गते १६:०८

काठमाण्डु,२३ जेठ-भूकम्पपीडितको सहयोगार्थ राजनीतिक दलका शीर्ष नेता र कलाकारबीच मैत्रीपूर्ण फुटबल खेल जारी रहेको छ । राष्ट्रपति रामवरण यादवले बल रेफ्रीलाई दिएपछि खेल सुरु भएको थियो । करिब ३२ डिग्री सेल्सियस तापक्रम रहेको काठमोण्डुको अहिलेको स्थितिमा खेल चलिरहेको छ । सशस्त्र प्रहरी बलको मुख्यालय...

राहतमा र्‍याल चुहाउनेहरु विप्लव माओवादीको फन्दामा पर्ने

२०७२ जेठ २३ गते १५:४७

काठमाण्डु , २३ जेठ –नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले भूकम्प प्रभावित जनताका लागि आएको राहत रकम र सामाग्रीमा भ्रष्टाचार गर्ने जुनसुकै भ्रष्ट तत्वलाई पार्टीले कार्बाही गर्ने चेतावनी दिएका छन् । शनिबार भक्तपुरको नलिनचोकमा भूकम्प प्रभावित जनताको घर पुननिमार्णका लागि खटिएका पार्टीका स्वयसेवक कार्यकर्ताहरुलाई...

प्रचण्डले भने, ‘झन्डा हल्लाउने, मन्त्री बन्ने र प्रधानमन्त्री फेर्ने अभियानमा एमाओवादी छैन’

२०७२ जेठ २३ गते १५:२८

ललितपुर, २३ जेठ-  एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले भूकम्पबाट प्रभावित क्षेत्रको पुनःनिर्माणमा नेपालको आफ्नै साधन र स्रोतलाई प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् ।   भूकम्पले क्षतिग्रस्त ललितपुरको पथप्रदर्शक मावि बडीखेलमा एमाओवादीको राष्ट्रिय श्रम अभियानले तयार पारेको अस्थायी संरचना हस्तान्तरणका लागि शनिबार आयोजित कार्यक्रममा अध्यक्ष...

तीन दिनभित्र शुल्क लिने निर्णय फिर्ता लिन ११ विद्यार्थी संगठनको अल्टिमेटम

२०७२ जेठ २३ गते १५:१४

काठमाण्डु, २३ जेठ–नेनिसंघ अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायतका ११ विद्यार्थी संगठनले भूकम्पका कारण बिदा भएको अवधिको पनि शुल्क लिने निर्णय फिर्ता लिन तीन दिने अल्टिमेटम दिएका छन् । शनिबार बिहान राजधानीमा  बसेको ११ विद्यार्थी संगठनको संयुक्त बैठकले गत वैशाख ६ गते विद्यार्थी संगठनहरु, सरकार, प्याप्सन र...

सय वर्षीया बृद्धाले पाइन् ऋषि धमलाबाट यो स्नेह !

२०७२ जेठ २३ गते १४:५९

काठमाण्डु,२३ जेठ- नेपाली साझा समाज जापान तथा रिपोर्टर्स क्लब नेपालको संयुक्त आयोजनामा धादिङका १८६ भूकम्पपीडितलाई जस्तापाता वितरण गरिएको छ ।   यसअघि १९९० सालको भूकम्प समेत भोगिसकेकी १०० वर्षीया स्थानीयवासी पातली कामीलाई पहिलो जस्ता हस्तान्तरणबाट सुरु गरिएको त्यस कार्यक्रममा हरेक परिवारलाई सानो साइजका पाँच...

भूकम्पले क्षति पुगेका घर भत्काउँदा चापागाउँ–सातदोबाटो सडक अवरुद्ध !

२०७२ जेठ २३ गते १४:२५

ललितपुर, २३ जेठ-भूकम्पबाट आंशिक रुपमा क्षति पुगेका घर भत्काउने कार्यले तीव्र रुप लिँदा चापागाउँ–सातदोबाटो सडक अवरुद्ध भएको छ । ललितपुर उपमहानगरपालिका वडा नं २६ र २७ मा पर्ने सुनाकोठीमा क्षति भएका घर भत्काउँदा बाटो रोकिएको हो । साँघुरो सडक र भत्किएका घरबाट निस्किएका भग्नावशेष...

खाना खाने बेलामा विषाक्त च्याउ खाएपछि…

२०७२ जेठ २३ गते १३:५६

झापा, २३ जेठ-शनिबार बिहान १० बजे खाना खाने बेलामा विषाक्त च्याउ खाँदा झापामा चार जना बिरामी भएका छन् ।   इलाका प्रहरी कार्यालय बिर्तामोडले दिएको जानकारीअनुसार गरामनी–४ निवासी ३८ वर्षीय विकास राई, उनकी श्रीमती २६ वर्षीया सञ्जु राई, भतिजाद्वय १८ वर्षीय श्री राई र...

राजनीतिक दलहरुले भने, ‘छिटो सहमतिमा संविधान जारी गर्नुपर्छ’

२०७२ जेठ २३ गते १३:४७

काठमाण्डु, २३ जेठ-प्रमुख तीन राजनीतिक दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान निर्माणको विषयमा भइरहेको प्रगतिका बारेमा संविधानसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दललाई जानकारी गराएका छन् ।   प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको छलफलमा प्रमुख चार राजनीतिक शक्तिका बीचमा हालसम्म संविधान निर्माणका विषयमा भइरहेको...

गुलरियामा बसको ठक्करबाट एकजनाले ज्यान गुमाए

२०७२ जेठ २३ गते १३:२७

भीमदत्तनगर, २३ जेठ-पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कञ्चनपुरको कृष्णपुर–३ गुलरियामा शनिबार बिहान बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।   बाजुराबाट महेन्द्रनगर आउँदै गरेको म१ख ५५८ नम्बरको महाकाली यातायातको बसले सोही दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा कैलालीको धनगढी नगरपालिका–१३ कैलाली गाउँका ४७ वर्षीय मुरलीधर...

लाङटाङ गाउँमा ५३ जनाको मानव कङ्काल फेला

२०७२ जेठ २३ गते १३:१६

रसुवा, २३ जेठ-गत वैशाख १२ गतेको भूकम्पका कारण हिमपहिराले लाङटाङ गाउँ पुरिँदा हराइरहेकामध्ये थप ५३ जनाको मानव कङ्काल फेला परेको छ ।   जिल्ला प्रहरी प्रमुख प्रवीण पोखरेलका अनुसार पछिल्लो पटकको खोज उद्धारबाट फेला परेकामध्ये तीन जना विदेशी भएको अनुमान गरिएको छ । पहिलो...

२२ जिल्लाका २४ लाख बालबालिकालाई पोलियो थोपा खुवाइदै

२०७२ जेठ २३ गते १३:०९

नेपालगन्ज, २३ जेठ-तराईका २२ जिल्लाका पाँच वर्षमुनिका २४ लाख बालबालिकालाई शनिबारदेखि पोलियोविरुद्धको खोप खुवाउन सुरु गरिएको छ । सो खोप खुवाउने अभियानको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले नेपालगन्जस्थित प्रभात मेमोरियल विद्यालयमा शनिबार बिहान आयोजित समारोहमा बालबालिकालाई पोलियो थोपा खुवाएर शुभारम्भ गरे । आइतबारसम्म खुवाइने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us