समाचार

मोरङमा एक पुरुषको शव फेला

२०७२ असार ८ गते ९:३०

विराटनगर, ८ असार – मोरङमा एक पुरुषको शव फेला परेको छ । बेलबारी नगरपालिकाको ८ र ९ नम्बर वडाको बीचमा पर्ने सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरमा अन्दाजी ४५ वर्षीय पुरुषको फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । नाम र वतन नखुलेका उक्त...

सर्वोच्चको आदेशले संविधान रोकिँदैनः शर्मा

२०७२ असार ७ गते २०:२७

भक्तपुर, ७ असार– एमाओवादी प्रवक्ता दिनानाथ शर्माले सवोच्च अदालतको हतारको निर्णयले संविधान निमार्णमा असर नपार्ने बताएका छन् । रफत सञ्चार क्लबले सोमबार गरेको साक्षात्कारमा शर्माले संविधान निर्माणका क्रममा अदालतले हस्तक्षेपकारी भूमिका खेल्नु गलत भन्दै चार दलले संविधान निमार्णलाई नरोक्ने बताए । संविधान निर्माण गर्ने...

लावतीको श्रद्धान्जलीमा किन गएनन् कमल थापा ?

२०७२ असार ७ गते २०:२२

काठमाण्डु, ७ असार– राप्रपा नेपालका अध्यक्ष कमल थापा वरिष्ठ नेता पद्मसुन्दर लावतीको १३ पुण्य तिथीमा भएको श्रद्धान्जली सभामा उपस्थित भएनन् । पछिल्लो समय लावतीले थापाको शैलीप्रति असंतुष्टि जनाउँदै समानान्तर कमिटी गठन गरेपछि लावती र थापाबीच पानी बाराबारको स्थिति उत्पन्न भएको थियो । त्यसको प्रत्यक्ष...

उपचार गर्दागर्दै कैदीको मृत्यु

२०७२ असार ७ गते २०:१६

चितवन, ७ असार-जिल्ला कारागार चितवनमा सोमबार एक कैदीको मृत्यु भएको छ ।   मृत्यु हुनेमा सिराहा जिल्ला रामपुर गाविस–९ निवासी २७ वर्षीय अनिल थापा रहेको कारागार प्रशासनले जनाएको छ ।   लामो समयदेखि एचआइभी–एड्स सङ्क्रमित थापाको उपचारका क्रममा सोमबार कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा...

सर्वोच्चले संविधान नलेख भनेको छैनः प्रचण्ड

२०७२ असार ७ गते १९:५७

भक्तपुर, ७ जेठ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतले संविधान निर्माण प्रक्रिया रोक्न नभनेको स्पष्ट गरेका छन् । भूकम्प प्रभावितको अवस्था बुझ्न सोमबार भक्तपुरको कटुञ्जे पुगेका उनले सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा अदालतले संविधान बनाउन नरोकेको बताए । यद्यपि सर्वोच्चले गरेको फैसला सार्वभौम संविधानसभाको...

एसएलसी परीक्षाफल नआउँदा विद्यालयमा तालाबन्दी

२०७२ असार ७ गते १९:२८

कालीकोट, ७ असार-जिल्लाको एक विद्यालयका तीन विद्यार्थीको एसएलसीको परीक्षाफल प्रकाशित नभएपछि विद्यालयमा तालाबन्दी गरेका छन् । सदरमुकामसँग जोडिएको सरस्वतीमा मावि सिकुका तीन छात्राको प्रवेशपत्रमा सिम्बोल नम्बर कायम भएको तर परीक्षा पुस्तिकामा छुट भएका कारण विद्यार्थीको परीक्षाफल प्रकाशित नभएपछि विद्यालयमा तालाबन्दी गरेका हुन् ।  ...

राष्ट्रपति–सभाध्यक्ष भेटवार्ता

२०७२ असार ७ गते १८:४२

काठमाण्डु, ७ असार –संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति डा रामवरण यादवसँग भेटवार्ता गरेका छन् । सोमबार बिहान राष्ट्रपति कार्यालय पुगेका नेम्वाङले दलहरुबीच भएको १६ बुँदे संझौताका विषयमा सर्वोच्च अदालतबाट भएको आदेशपछि उत्पन्न राजनीतिक परिस्थितिका बारेमा राष्ट्रपति यादवलाई जानकारी गराएका थिए । अध्यक्ष नेम्वाङले दलहरुले...

भूकम्पबाट प्रभावित सञ्चार माध्यमलाई सहुलियत दिइने

२०७२ असार ७ गते १८:३४

काठमाण्डु, ७ असार-सूचना विभागले भूकम्पबाट प्रभावित सञ्चार माध्यमको वर्गीकरण र सरकारले उपलब्ध गराउने लोककल्याणकारी विज्ञापनमा सहुलियत दिने तयारी गरेको छ ।   नेपाल पत्रकार महासङ्घ काठमाण्डु शाखाका पदाधिकारीसँग सोमबार छलफल गर्दै सूचना विभागका महानिर्देशक लक्ष्मीविलास कोइरालाले भूकम्पका कारण रेडियो तथा टेलिभिजनलगायतका सञ्चार माध्यमलाई सहयोग...

काठमाण्डु आइपुगे राष्ट्रसङ्घका उपमहासचिव

२०७२ असार ७ गते १८:२८

काठमाण्डु, ७ असार-नेपालको पुनःनिर्माणका लागि आगामी बिहीबार राजधानीमा हुने दाता सम्मेलनमा भाग लिन एसिया–प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घका उप महासचिव हाओलिङ सु सोमबार काठमाण्डु आइपुगेका छन् । चारदिने भ्रमणका क्रममा उनले भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोकको निरीक्षण गर्नुका साथै स्थानीय अधिकारी, समुदायका सदस्य, मानवीय सहायताकर्मी र...

मस्यौदा समितिको बैठक स्थगित

२०७२ असार ७ गते १८:०८

काठमाण्डु, ७ असार-संविधान मस्यौदा समिति प्रारम्भिक मस्यौदा कार्यदलमा मस्यौदा लेखनको काम नसकिएकाले सोमबार बस्ने भनिएको समितिको बैठक स्थगन भएको छ ।   संविधानको मस्यौदा गर्ने क्रममा सबैको राय सुझाव र भावनालाई बुझेर संविधानको सरल भाषामा लिपीबद्ध गर्नुपर्ने भएकाले सोचेअनुसार तीव्र तुल्याउन कठिनाइ हुने समितिका...

पुननिर्माण प्राधिकरण गठनप्रति कांग्रेस–एमाले नै असंतुष्ट

२०७२ असार ७ गते १७:२७

काठमाण्डु, ७ असार –सरकारले हालै गठन गरेको पुनःनिर्माण प्राधिकरणप्रति सरकारमै रहेका दलका नेताहरुले बिरोध गरेका छन् । रिपोर्टर्स क्लब नेपालले सोमबार काठमाण्डुमा गरेको साक्षात्कारमा सरकारले अन्य दलहरुसँग छलफल नगरी एकलौटी ढंगबाट प्राधिकरण गठन गरेको भन्दै कांग्रेस एमालेका नेताहरुले नै विरोध गरेका हुन् । कांग्रेस...

हेलिकोप्टरभित्र रहेका आचार्यले भने, ‘जल्दै गर्दा क्याप्टेनले छिटो ढोका खोल्न भ्याएकोले मात्र बाँच्यौ ’

२०७२ असार ७ गते १७:२५

गोरखाबजार, ७ असार-चालकले ठाउँ नचिन्दा उत्तरी गोरखाको सामागाउँ गाविस–९ स्थित साम्दो गाउँ नजिकै सिम्रिक एअरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको खुलेको छ । ९एन एकेएफ० कलसाइन भएको हेलिकप्टर पल्टेपछि आगलागी भएको थियो ।   सामागाउँ बजारमा अवतरण गर्नुपर्ने हेलिकप्टर साम्दो गाउँ नजिकै भिरालो चौरमा अवतरण भएपछि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us