समाचार

कुन विषय पढ्दैछन् एसएलसीका टपरहरु ?

२०७२ असार ८ गते १४:१९

काठमाण्डु, ८ असार– एसएलसीको नतिजा आएको केही दिनमात्र भएको छ । नतिजाअनुसार यसवर्ष काठमाण्डुको पुरानो वानेश्वरस्थित भ्याली भ्यु स्कुलका दीक्षित पौडेल ९४ प्रतिशत नतिजा ल्याउँदै नेपाल टप भए । त्यस्तै छात्रातर्फ सामुदायिक स्कुलबाट बुटबलबाट शान्ति नमूना उच्च माविकी छात्रा भावना अर्यालले ८३.८७ प्रतिशत अंक...

संविधानसभाभन्दा उच्च अन्य कुनै निकाय छैन : नेपाल

२०७२ असार ८ गते १४:१८

जनकपुर, ८ असार–पूर्व प्रधानमन्त्री एवम् एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधानसभाभन्दा उच्च निकाय अन्य कुनै नभएको र संविधानका बारेमा चार शक्तिद्वारा गरिएको सहमतिका पक्षमा सबैलाई समेट्नु जरुरी रहेको बताएका छन् । प्रेस चौतारी नेपाल धनुषाद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले १६ बुँदे सहमतिका सन्दर्भमा...

जग्गासम्बन्धी विवादमा कुटपिट हुँदा अन्सारीको मृत्यु

२०७२ असार ८ गते १४:१७

सिरहा, ८ असार–जग्गासम्बन्धी बिबादमा भएको कुटपिटबाट सिरहा लहान नगरपालिका–४ बस्ने ७० वर्षीय महमद सबुर अन्सारीको मृत्यु भएको छ । सोमबार सप्तरी कुसाह–६ बस्ने ५५ बर्षीय महमद गुल्जार हक र उनको छोरा लहान नगरपालिका–४ बस्ने ३५ वर्षीय महमद आलमले कुटपिट गर्दा गम्भीर घाइते भएका अन्सारीको...

नेपाल–भारत सीमानाकामा नयाँ सीमास्तम्भको निर्माण

२०७२ असार ८ गते १३:४६

नवलपरासी, ८ असार–नेपाल–भारत सिमानामा पर्ने नवलपरासीको गेर्मी गाविसस्थित विष्णुपुरा नाकामा नयाँ सीमास्तम्भ निर्माण भएको छ । जिल्लाको सीमा क्षेत्रमा रहेका स्तम्भको मर्मत र निरीक्षण गर्न खटिएको नेपाल–भारत प्राविधिक टोलीले उक्त स्थानमा स्तम्भ निर्माण गरेको हो । नापी विभागका प्रमुख नापी अधिकृत निर्मल आचार्यका अनुसार नयाँ...

रामवरणलाई शितलनिवासबाट राजनीति नगर्न ओलीको चेतावनी

२०७२ असार ८ गते १३:३९

काठमाण्डु, ८ असार –नेकपा एमालेका अध्यक्ष केपी ओलीले सेरेमोनियल पद भएकाले राष्ट्रपति डा रामवरण यादवलाई अनावश्यक राजनीति नगर्न चेतावनी दिएका छन् । एक साता लामो उपचारपछि थाइल्याण्डबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले दलहरुले गरेको १६ बुँदे सहमति रोक्ने खेलमा...

लोकतन्त्र संस्थागत नहुँदा हामीले विकासको मुखै देख्न पाएनौं : प्रधानमन्त्री

२०७२ असार ८ गते १३:३२

काठमाण्डु, ८ असार–प्रधानमन्त्री सुशील कोइरालाले नेपाल संविधान निर्माणका साथसाथै पुनर्निमाणको मार्गमा अगाडि बढेको बताएका छन् । प्रधानमन्त्री कोइरालाले मंगलबार बिहान भूकम्प पीडितहरुका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम प्रदान गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आएको कान्तिपुर मिडिया ग्रुपको समूहको राहत रकम बुझ्दै आफू...

अदालतको काम राजनीति गर्ने होइन : ओली

२०७२ असार ८ गते १३:००

काठमाण्डु, ८ असार–एमाले अध्यक्ष केपी शर्मा ओलीले अदालतको काम राजनीति गर्ने नभएको बताएका छन् । नियमित स्वास्थ्य परीक्षणपश्चात थाइल्यान्डबाट फर्किएका ओलीले मंगलबार दिउँसो त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै राजनीतित गर्ने काम नेताहरुको भएको भन्दै अदालतले राजनीति गर्न नहुने बताए । संविधान निर्माणको वातावरण बनिरहेको...

गर्मीसँगै पाँचथर अस्पतालमा बिरामीको चाप बढ्यो

२०७२ असार ८ गते १२:१८

पाँचथर, ८ असार– गर्मी बढेसँगै जिल्ला अस्पताल पाँचथरमा बिरामीको चाप बढ्न थालेको छ । गर्मीका कारण ज्वरो, टाइफाइड, झाडापखाला, आँउ, हैजालगायत बिरामीको सङ्ख्यामा वृद्धि भएको जिल्ला अस्पताल पाँचथरले जनाएको छ । अस्पतालका मेडिकल अफिसर डा ओमप्रकाश यादवका अनुसार अहिले दैनिक एक सय ५० भन्दा...

थाइल्याण्डमा उपचार गराएर ओली आज फर्कंदै

२०७२ असार ८ गते १०:४९

काठमाण्डु, ८ असार– एमाले अध्यक्ष केपी शर्मा ओली बैंककमा नियमित स्वास्थ्य परीक्षणपछि आज स्वदेश फर्कंदै छन् । उपचारका लागि श्रीमती राधिकाका साथ गत असार २ गते बैंकक गएका ओली मध्याह्न १२ बजे थाई एयरको जहाजबाट काठमाण्डु आइपुग्ने कार्यक्रम छ । एमाले केन्द्रीय सदस्य सूर्य...

सक्कली प्रचण्डले गराइदिने भए भूकम्पका घाइते नक्कली प्रचण्डको उपचार

२०७२ असार ८ गते १०:२१

काठमाण्डु, ८ असार– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पमा परी घाइते भएका चर्चित हास्य टेलिऋंखला ‘मेरी बास्सै’ मा आफ्नै ‘क्यारिकेचर’ गर्ने कलाकार घनश्याम गौतमको उपचार गरिदिने भएका छन् । मेरी बास्सैमा ‘मने बा’ का नाममा प्रचण्डको रोल गर्दै आएका गौतमको भूकम्पमा परी...

आमाको नामबाट पाँच सय एकजनाको नागरिकता बन्यो

२०७२ असार ८ गते ९:५६

पाल्पा, ८ असार– जिल्ला प्रशासन कार्यालय पाल्पाद्वारा यस आर्थिक वर्षमा एक लाख २४ हजार १८६ वटा नागरिकताको प्रमाणपत्र जारी गरिएको छ । जेठ महिनामा प्रशासन कार्यालयबाट वंशजका आधारमा एक हजार ३९ वटा र वैशाख महिनासम्म एक करोड २३ हजार १४६ वटा नागरिकताको प्रमाणपत्र जारी...

रौतहटमा झाडापखालाको प्रकोप, पाँच बालबालिका बिरामी

२०७२ असार ८ गते ९:४०

रौतहट, ८ असार– रौतहटको उत्तरी भेगमा केही दिनयता झाडापखालाको प्रकोप देखापरेको छ ।  जिल्लाको चन्द्रपुर नगरपालिका–२ स्थित गैँडाटारमा झाडापखालाका कारण पाँच बालबालिका बिरामी भएका छन् । हाल ती बालबालिकाको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको छ । सो स्थानमा स्वच्छ खानेपानीको अभावमा यो वर्ष पनि झाडापखाला फैलिएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us