समाचार

कर नतिर्ने १९ इलामका व्यवसायीमाथि कारबाही

२०७२ असार ९ गते ८:४६

इलाम, ९ असार– करदाता सेवा कार्यालय इलामले कर तिर्न अटेर गर्ने १९ जना व्यवसायीमाथि कारबाही प्रक्रिया अघि बढाएको छ । बारम्बार कर तिर्न लिखित तथा मौखिक पत्राचार गरे पनि अटेर गर्ने व्यवसायीलाई कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय भद्रपुर झापामा पठाइएको कार्यालयले जनाएको छ । एक...

निजी कलेजको शुल्क, तरकारीको मूल्य जस्तै

२०७२ असार ९ गते ८:३५

काठमाण्डु, ९ असार– एसएलसीको नतिजा सार्वजनिक भएलगत्तै निजी कलेजहरु विद्यार्थी आकर्षित गर्ने विभिन्न कार्यक्रमका साथ बजारमा निस्केका छन् । गुणस्तरीय शिक्षा दिनेदेखि विद्यार्थीलाई विभिन्न किशिमका सुविधा दिने घोषणा गर्र्दै कलेजहरु विद्यार्थी तान्न मैदानमा छ । कलेजहरुमा बढेको अस्वस्थ प्रतिस्पर्धाले कलेजको शुल्क तरकारी बजारमा हुने तरकारीको...

विराटनगर पुगेर गगनले भने, ‘ राष्ट्रिय सरकार काम छैन’

२०७२ असार ८ गते २०:२९

विराटनगर, ८ असार– काँग्रेस युवा नेता गगन थापाले मुलुकका लागि राष्ट्रिय सरकार आवश्यक नरहेको बताएका छन् । gagan प्रेस युनियनले मंगलबार विराटनगरमा गरेको पत्रकार भेटघाटमा थापाले संविधान जारी भएपछि राष्ट्रिय सरकार नचाहिने बताएका हुन् । प्रतिपक्षबिनाको सरकार हुन नहुनेमा उनको जोड थियो । दलहरुले...

योजना बिनाको पुननिर्माण प्राधिकरणले काम गर्न सक्दैनः विज्ञहरु

२०७२ असार ८ गते १८:०२

काठमाण्डु, ८ असार– सरकारले बिना योजना गठन गरेको उच्चस्तरिय पुननिर्माण प्राधिकरणले स्वतन्त्र रुपमा काम गर्न नसक्ने विज्ञहरुले धारणा राखेका छन् । एमाओवादी नेता डा बाबुराम भट्टरईले मंगलबार पुननिर्माणका बारेमा गरेको बहस कार्यक्रमका सहभागीहरुले सरकारले दाता सम्मेलन अघि गठन गरेको उच्चस्तरिय प्राधिकरणले स्वतन्त्र भएर काम...

नव जागृत बन्यो लगातार तेस्रोपटक पर्वत जिल्लाकै उत्कृष्ट विद्यालय

२०७२ असार ८ गते १७:२५

पर्वत, ८ असार–नवजागृत उमावि तिलाहार पर्वतले आफ्नो अब्बल नतिजा कायम राख्दै पर्वत जिल्लाको उत्कृष्ठ विद्यालयका रुपमा ह्याट्रिक गरेको छ । यस पटकको एसएलसीमा यस विद्यालयले ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । परीक्षामा सहभागी ५१ जना विद्यार्थीमध्ये २५ जना प्रथम श्रेणी र...

अन्तर्राष्ट्रिय समुदाय नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न तयार : ऊर्जा मन्त्री

२०७२ असार ८ गते १७:११

काठमाण्डु, ८ असार– नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारमा अन्तर्राष्ट्रिय समुदायले उल्लेख्य लगानी गर्ने वचन दिएका छन् । विश्व ऊर्जा परिषद्को बैठकमा भाग लिन अघिल्लो साता फिलिपिन्स पुगेकी ऊर्जा मन्त्री राधा ज्ञवालीसँग अन्तर्राष्ट्रिय समुदायले नेपालको ऊर्जा क्षेत्रको विकासमा सहयोग गर्ने वचनबद्धता व्यक्त गरेका हुन्...

सकेन काठमाण्डुका विद्यालयमा अझै भग्नावशेष हट्न

२०७२ असार ८ गते १६:२१

  काठमाण्डु, ८ असार– देशमा विनाशकारी भूकम्प आएको झन्डै दुई महिना बित्न लागिसक्दा पनि काठमाडौँका विद्यालयमा भग्नावशेष हट्न सकेको छैन भने पुनःनिर्माणका लागि सरकारले ठोसकदम पनि नचाल्दा यहाँका विद्यालयमा अध्ययनरत विद्यार्थी त्रासको वातावरणमा अध्ययन गर्न बाध्य छन् ।   काठमाडौँका नवआदर्श माध्यमिक विद्यालय, यटखामा...

प्रधानमन्त्रीलाई मुस्लिम गठबन्धनको पत्र

२०७२ असार ८ गते १६:००

काठमाण्डु, ८ असार– राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धनले संवैधानिक मुस्लिम आयोगको माग गर्दै मंगलबार  प्रधानमन्त्री सुशील कोइरालालाई ध्यानाकर्षण पत्र बुझाएको छ । गठबन्धनका संयोजक समिम अन्सारीको नेतृत्वमा प्रधानमन्त्री निवास गएको प्रतिनिधिमण्डलले सो समुदायको पृथक् राष्ट्रिय पहिचानका लागि संविधानका विभिन्न धारामा मुस्लिम शब्द लेख्ने गरी मौलिक हकमा...

पहिरोले नेपाली सेनाको ब्यारेक पुरियो

२०७२ असार ८ गते १५:१९

दोलखा, ८ असार– वर्षाका कारण गएको पहिरोले दोलखामा निर्माणाधिन माथिल्लो तामाकोशीको सुरक्षाका लागि खटिएको नेपाली सेनाको बर्द बहादुर गण अन्तर्गतको सुरक्षा बेश पुरेको छ । सैनिक सम्पर्क निर्देशनालयले जनाएअनुसार लामाबगरमा रहेको बेशमा पहिरोले तीन बंकर, अधिर्कत मेश, जवान लाइन, खाद्यान्न स्टोर र अपरेशन रुम...

धनगढीको जाली चोकमा दिउँसै गोली चल्यो, गोली लागेर एकको मृत्यु

२०७२ असार ८ गते १४:५६

धनगढी, ८ असार– धनगढी नगरपालिका—५ स्थित पुरानो बस्ती, जाली चोकमा मंगलबार मध्याह्न गोली चलेको छ । गोली लागेर भारतीय नम्बर प्लेटको मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकलको पछाडि सवार अपरिचित व्यक्तिले चालकलाई गोली हानी फरार भएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनास्थलमा अहिले वडा...

श्रीमानले पिर्काले हिर्काउँदा श्रीमतीको घटनास्थलमै मृत्यु

२०७२ असार ८ गते १४:४७

रुपन्देही, ८ असार– आफ्नै श्रीमानले पिर्का प्रहार गर्दा रुपन्देही सुर्यपुरा –९ बस्ने ३२ वर्षीया इन्द्रवती ठाकुरको घटनास्थलमै मृत्यु भएको छ । गएराति घरायसी झगडामा ३६ वर्षीय शिवनाथ ठाकुरले काठको पिर्काले टाउको र मुखमा प्रहार गर्दा उनको मृत्यु भएको हो । शिवनाथ ठाकुरलाई प्रहरीले पक्राउ...

श्रीमतीले मापासे गरेका श्रीमान्लाई धकेलेर लडाउँदा श्रीमान् ठहरै

२०७२ असार ८ गते १४:३३

डोटी, ८ असार– घरयासी झगडामा आप्mनै श्रीमतीले धकेल्दा डोटी छतिवन–२ बुडर बस्ने ३३ वर्षीय बलवीर विकको मृत्यु भएको छ । मादक पदार्थ सेवन गरेका विकले सोमबार राति २८ वर्षीया श्रीमती हरिना विकसँग झगडा गर्दा हरिनाले कोठाबाट बाहिर धकेल्दा आँगनमा पल्टेर विकको घटनास्थलमै मृत्यु भएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us