तनहुँ, ९ असार-सेती नदीको कटानले बर्सेनि तनहुँको शुक्लागण्डकी नगरपालिका क्षेत्र अन्तर्गत वडा नं ३ र १३ स्थित सेतीनदी किनारमा बसोबास गर्ने बासिन्दा आकाश गड्गडाउन थालेपछि सुरक्षित स्थानमा भाग्नु कुनै नौलो होइन । जब आकाशमा बादल मडारिन थाल्छ अनि उनीहरुको भागदौड सुरु हुन्छ ।...
काठमाण्डु, ९ असार– भखैरैमात्र एसएलसीको नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार देशभरबाट ४७.४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यसवर्ष काठमाण्डुबाट दीक्षित पौडेल ९४ प्रतिशत अंक ल्याउँदै नेपाल टप भए । त्यस्तै भावना अर्याल सामुदायिक विद्यालयबाट ९३.८७ प्रतिशत अंक ल्याउँदै छात्रा तर्फ नेपाल...
भीमदत्तनगर, ९ असार-श्रीमतीले मादकपदार्थ सेवन गरी घरमा आएका श्रीमान्लाई आँगनमा धकेल्दा डोटीमा एक जनाको मृत्यु भएको छ । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मङ्गलबार डोटीको छतिवन गाविस–२ का २८ वर्षीय हरिना विकले धकेल्दा उनका श्रीमान् ३३ वर्षीय बलबीर विकको मृत्यु भएको हो...
काठमाण्डु, ९ आसार–प्रधानमन्त्री सुशील कोइरालासँग संयुक्त राष्ट्रसंघका उपमहासचिव ज्ञानचन्द्र आचार्यले बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेका छन् । आचार्य बिहीबार हुने नेपालको पुनर्निर्माण सम्मेलन (२०७२) मा सहभागिता जनाउन नेपाल आएका हुन् । भेटमा गत वैशाख महिनामा गएको भूकम्प, भूकम्पपछिको खोजी, उद्धार, राहत, पुनस्थापना...
काठमाण्डु, ९ असार–सरकारले पर्याप्त तयारी बिना भूकम्पपछि पुननिर्माण र नव निर्माणका लागि अन्तर्राष्ट्रिय दातृ सम्मेलनको आयोजना गर्दैछ । बिहिबार हुने दात सम्मेलनको सम्पूर्ण तयारी पूरा गरेर सरकार सहभागीहरुलाई स्वागत गर्न तयार भएर बसेको छ । तर सरकारले दातृ निकायहरुबाट आउने यावत प्रश्न र आशंकाहरु...
काठमाण्डु, ९ असार– पूर्व प्रधानमन्त्री एवम् एमालेका नेता माधवकुमार नेपालले दलहरुबीच भएको १६ बुँदे सहमति कार्यान्वयन नगर्नु भन्ने सर्वोच्च अदालतको फैसला अदालतको सीमाभन्दा बाहिरबाट आएको बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्द्वारा काठमाण्डुमा आयोजित कार्यक्रममा नेता नेपालले पछिल्लो समय अन्य निकायको अधिकारमा अतिक्रमण गर्ने प्रवृत्ति...
काठमाण्डु, ९ असार– नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेपाल आएका विशिष्ट पाहुनाले भूकम्पबाट क्षति भएको विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमानढोका क्षेत्रको आज अवलोकन गरेका छन् । भूकम्पले सो क्षेत्रका करिब ८० प्रतिशत ऐतिहासिक एवम् पुरातात्विक भवनलाई क्षति पु¥याएको छ । काष्ठमण्डप,...
काठमाण्डु, ९ असार–आगामि बिहीबार काठमाण्डुमा आयोजना हुने नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन बंगलादेशका अर्थमन्त्री अबुल माल अब्दुल बुधबार बिहान काठमाण्डु आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री अब्दुललाई नेपालका लागि बंगलादेशका राजदूत मासफी बिन्टे शाम्स तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका...
धनगढी, ९ असार– धनगढी नगरपालिका–५ को जाँई चोकमा मङ्गलबार दिउँसो गोली प्रहार गरेर फरार भएका व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गोली प्रहारपछि फरार रहेका दिनेश बोहरालाई घटनास्थलदेखि झन्डै चार किलोमिटरको दूरीमा रहेको अत्तरिया नगरपालिका–६ बेला गाउँस्थित आफन्तको घरबाट मङ्गलबार राति...
रौतहट, ९ असार– रौतहटमा ड्युटीमा खटिएका एक प्रहरी जवानले आफैंलाई गोली हानेका छन् । जिल्लाको राममुर खाप प्रहरी चौकीमा कार्यरत जवान लालबाबु चौहानले बुधबार बिहान आफैंले बोकेको राइफलले गोली हानेका हुन् । टाउकोमा गोली लागेका उनको अवस्था गम्भीर छ । स्थानीय स्वास्थ्य संस्थामा सामान्य...
लमजुङ, ९ असार – लमजुङका २० वटा सामुदायिक विद्यालय मर्ज गरिने (गाभ्ने) भएको छ । जिल्ला शिक्षा समिति लमजुङको मङ्गलबार बसेको बैठकले सो निर्णय गरेको हो । शिक्षा समितिले प्राथमिक तहको १ देखि ३ कक्षासम्म सञ्चालन भएका विद्यालयमा १० विद्यार्थी हुनुपर्ने र १ देखि...
गोरखा, ९ असार – गोरखाका भूकम्पपीडितले हालै गएको भूकम्पपछि बजारभाउ आकाशिएको भन्दै महँगी नियन्त्रणको पहल गर्न व्यवस्थापिका–संसद् उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिलाई आग्रह गरेका छन् । गत वैशाख १२ गते अघि कै भाउमा खाद्यान्नलगायत सामग्रीको मूल्य कायम गर्नुपर्ने भन्दै सरोकारवालाले तत्कालै बजार...