समाचार

दोदा नदीमा युवक बेपत्ता !

२०७२ असार १३ गते १३:३८

भीमदत्तनगर,१३ असार-कञ्चनपुरका बेलौरी नगरपालिकाका एक युवक दोदा नदीमा डुबेर बेपत्ता भएका छन् ।   जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार शनिबार गोरु चराउन घरबाट हिँडेका बेलौरी नगरपालिका–७ रामनगरका १९ वर्षीय धनबहादुर चौधरी दोदा नदीमा बेपत्ता भएका हुन् । दुई दिनअघिसम्म यहाँ भएको वर्षाका कारण...

खेलकुद मन्त्री पौडेलले भने, ‘मलाई फिर्ता बोलाएको मलाई नै थाहा छैन’

२०७२ असार १३ गते १३:३२

काठमाण्डु, १३ असार– खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले आफूलाई पार्टीले सरकारबाट फिर्ता बोलाएको कुनै जानकारी नपाएको बताएका छन् । काठमाण्डु टुडेसँग कुरा गर्दै पौडेलले भने,‘मन्त्री पौडेल राजीनामा बुझाउन बालुवाटार जाँदै भनेर फ्ल्यास न्यूज हेरेँ । तर म अहिले संविधानसभामा छु । माधव कमरेडले छलफलका लागि...

सदस्यसचिव नियुक्तिको विवादले पौडेलको मन्त्री पद खुस्क्यो

२०७२ असार १३ गते १३:२७

काठमाण्डु, १३ असार–राष्ट्रिय खेलकुद परिषदको सदस्य–सचिवमा केशव विष्टलाई नियुक्ति गरेर विवादमा मुछिएका खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई एमालेले सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ । पौडेलले केहीदिन अघि पार्टी सहमतिविपरीत राखेपको सदस्य सचिवमा केशव विष्टलाई नियुक्ति गरेका थिए । पार्टी अध्यक्ष केपी ओलीले विष्टलाई तुरुन्त हटाउन...

प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ मंगलबार

२०७२ असार १३ गते १३:०५

काठमाण्डु, १३ असार– संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस भएका सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश कल्याण श्रेष्ठको सुनुवाई मंगलबार गर्ने भएको छ । समितिको आइतबार बसेको बैठकले श्रेष्ठलाई मंगलबार सुनुनवाइका लागि समितिमा बोलाउने निर्णय गरेको हो । समितिले श्रेष्ठ विरुद्ध उजुरी दिने व्यक्तिलाई सोमबारको बैठकमा...

राहत दुरुपयोगको सूचना तुरुन्तै दिनुहोला : प्रधानमन्त्री

२०७२ असार १३ गते १२:५८

काठमाण्डु, १३ असार–प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पीडितहरुको निमित्त स्वदेश तथा विदेशबाट आएको राहत रकम र सामग्रीको दुरुपयोग भएको जानकारी पाएमा तुरुन्त प्रधानमन्त्रीको कार्यालय तथा सरकारी निकायमा खबर गर्न दाताहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री कोइरालाले सो कुरा आइतबार बिहान भूकम्प पीडितको लागि प्रधानमन्त्री दैवी...

भजन मण्डल बस्ने घरबाटै लागुऔषधको कारोबार

२०७२ असार १३ गते १२:४२

काठमाण्डु, १३ असार–प्रहरीले ललितपुर, कुपण्डोलनको भजन मण्डल बस्ने एक घरबाट ठूलो मात्रामा लागुपदार्थको बरामद गरेको छ । शनिबार लागुऔषध ब्युरो पुल्चोकबाट खटिएको प्रहरी टोलीले कुपण्डोलमा रहेको रुकमणि श्रेष्ठको घरमा खानतलासी गर्दा एक सय ५० थान जाइगा पान, एक सय ५२ थान थेरागन, एक सय...

भूकम्पको त्रासले काठमाण्डु जाने विद्यार्थी घटेपछि मोरङका उच्च माविमा बढ्यो विद्यार्थीको चाप

२०७२ असार १३ गते ११:४९

मोरङ, १३ असार–पूर्वाञ्चलका विभिन्न जिल्लाबाट अध्ययनका लागि काठमाण्डु जाने विद्यार्थीको सङ्ख्या घट्दा विराटनगरका उच्च माविमा विद्यार्थीको चाप बढेको छ । गत वैशाख १२ गतेको भूकम्प र त्यसपछि काठमाण्डुमा आइरहेका परकम्पका कारण प्रवेशिका दिएपछि काठमाण्डुमा पढ्न गएका पूर्वका धेरै विद्यार्थी घर फर्किएका र काठमाण्डुसँग प्रतिस्पर्धा...

छोरीले पनि काजकिरिया गर्न पाउनुपर्ने माग

२०७२ असार १३ गते ११:०१

विराटनगर, १३ असार– नेपाल महिला संघले महिलामैत्री निर्वाचन क्षेत्रको घोषणा हुनुपर्ने मागसहितको १६ बुँदे ‘विराटनगर घोषणापत्र’ जारी गरेको छ । सो संघद्वारा शनिबार साँझ विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष डिला संग्रौलाले पाँच विकास क्षेत्रबाट प्राप्त सुझाव समेटेर तयार पारिएको घोषणापत्रमा प्रथाका नाममा समाजमा...

२६ हेक्टर सार्वजनिक जग्गामा रुख रोप्ने तयारी

२०७२ असार १३ गते ८:३८

सर्लाही, १३ असार – जिल्ला वन कार्यालयले वन दशक कार्यक्रमअन्तर्गत सर्लाहीको २६ हेक्टर सार्वजनिक जग्गालाई जङ्गल बनाउने तयारी गरेको छ । जङ्गल क्षेत्र नभएका पाँच गाविसका जमिनमा विभिन्न काठ जातका बिरुवा रोप्ने तयारी गरिएको जिल्ला वन अधिकृत केदार दाहालले जानकारी दिए । दाहालका अनुसार किसनपुर,...

बिहानै असाममा ५.८ रेक्टरको भूकम्प, पूर्वी नेपाल पूरै हल्लियो

२०७२ असार १३ गते ८:१६

काठमाण्डु, १३ असार– भारतको असामपश्चिम र थिम्पुको दक्षिणी भागलाई केन्द्र बनाएर आइतबार बिहानै ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका सिस्मोलोजिस्ट मुकुन्द भट्टराईका अनुसार बिहान ६ बजेर ५० मिनेटमा गएको भूकम्पले नेपालको पूर्वीभागमा धक्का महसुस भएको छ ।...

बिरामीलाई रगत जुटाउन रक्त समूहको पहिचान

२०७२ असार १३ गते ८:१३

खोटाङ, १३ असार – यहाँ १०३ जनाको रक्त समूह पहिचान गरिएको छ । जिल्ला अस्पताल खोटाङमा उपचार गराउने क्रममा बिरामीलाई आवश्यक पर्ने रगत तत्काल जुटाउन नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, जिल्ला जनस्वास्थ कार्यालय र उद्योग वाणिज्य सङ्घ खोटाङको आयोजनामा भएको रक्त परीक्षण कार्यक्रममा ६९...

लुटिए यार्सागुम्बुका व्यापारी

२०७२ असार १२ गते २०:०५

डोल्पा, १२ असार-उपल्लो डोल्पामा पर्ने भिजेर गाविसको कु भन्ने पाटनमा यार्सागुम्भुका व्यापारी लुटिएका छन् ।   बिहीबार साँझ कु गाउँमा पर्ने कु पाटनमा यार्चाकुन्भु खरिदका लागि गएका यार्चाकुन्भु व्यापारीबाट १० जनाको समूहमा आएका हतियारसहितका नकाबधारी लुटेराले लुटेर लगेका हुन् ।   यार्चा खरिदका लागि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us