काठमाण्डु १४ असार – मुलुकमा प्रत्येक वर्ष प्राकृतिक वा गैरप्राकृतिक विपद् बढ्दै गएपनि विपद् व्यवस्थापनसम्बन्धी नयाँ ऐनको मस्यौदा पारित गर्नमा कसैको ध्यान गएको छैन । गृह मन्त्रालयका अनुसार विपद् व्यवस्थापनका लागि एकीकृत र समन्वयात्मक व्यवस्था गर्न नयाँ ऐनको मस्यौदा पहिलो संविधानसभा व्यवस्थापिका–संसदमा नै पेस...
काठमाण्डु, १४ असार– श्रम तथा रोजगारमन्त्री टेकबहादुर गुरुङले खाडी मुलुकमा वैदेसिक रोजगारीमा जाने युवाहरुलाई सहुलीयत दिन न्यूनतम शुल्क मात्र तिर्नुपर्ने व्यवस्था गरेको बताएका छन् । सोमबार व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा मन्त्री गुरुङले सरकारले लामा समयदेखि गृहकार्य गरेर बहराइन, कतार, साउदी,...
म्याग्दी, १४ असार–म्याग्दीको ग्रामीण क्षेत्रका महिलाले बालविवाह विरोधी अभियान चलाएका छन् । सानै उमेरमा हुने विवाहका कारण महिलाको स्वास्थ्यमा असर पर्नुका साथै आर्थिक, शैक्षिक तथा सामाजिकरुपमा पछाडि परेपछि बालविवाहको समस्या न्यूनीकरणका लागि महिला आफैं जागरुक बनेका हुन् । म्याग्दीको विभिन्न गाविसमा गठन भएको युवा...
खोटाङ, १४ असार– जिल्लाको दक्षिणी गाविस लिकुवापोखरी–७ स्थित वीणा माविलाई बेलायतबाट आर्थिक सहयोग प्राप्त भएको छ । खोटाङको बुइपा–१ कट्टी घर भई हाल बेलायत बस्ने हिमालशेर राईले विद्यालयको भवन निर्माणका लागि दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । भवन अभावका कारण पठनपाठनमा समस्या...
काठमाण्डु १४ असार – सोमबार बिहान ५ बजेर ४२ मिनेट जाँदा ५ रिक्टर स्केलको भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार रामेछापलाई केन्द्रबिन्दु बनाएर पराकम्प आएको हो । आइतबार राति १० बजेर १ मिनेट जाँदा पनि सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४.३...
सिन्धुपाल्चोक, १४ असार – भूकम्पबाट अति प्रभावित जिल्लामध्ये सिन्धुपाल्चोकमा पनि सोमबारबाट कक्षा १२ को परीक्षा सुरु भएको छ । जिल्लाबाट कक्षा १२ मा परीक्षा दिने परीक्षार्थी दुई हजार ६ सय १२ रहेको उच्च माध्यमिक शिक्षा परिषद्का परीक्षा नियन्त्रक सन्तोषकुमार अर्यालले जानकारी दिए । उनका...
मुस्ताङ, १४ असार – गत वैशाख १२ गतेको भूकम्पपछि देशमा पर्यटक आगमन घटदै गएको सन्र्दभमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले नेपाल घुम्नलाई सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न अभियान सञ्चालन गरेको छ । बेल्जियम, अमेरिका र जर्मनीका भूगर्भ्विद, इञ्जिनियर र सञ्चारकर्मी सहितको पर्यटक टोली बनाएर...
भीमदत्तनगर, १४ असार – भारतीय जङ्गलमा च्याउ टिप्न गएका कञ्चनपुरको दोधाराचादनी नगरपालिकाका एक स्थानीयको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । आइतबार दोधाराचादनी नगरपालिका–३ बडुवाल टोलका ६५ वर्षीय बलबहादुर थापाको हात्तीले आक्रमण गरेको सशस्त्र प्रहरी सीमा सुरक्षा बल दोधाराचादनीका प्रहरी निरीक्षक शङ्कर सिंह धामीले बताए...
ललितपुर, १४ असार – रोजगारका लागि विदेसिएका युवालाई स्वदेशमा नै रोजगारी दिने उद्देश्यअनुरुप सरकारले ल्याएको युवा लक्ष्यित कार्यक्रमको प्रभावकारिता बढ्दै गएको छ । कृषि क्षेत्रमा आधारित उक्त कार्यक्रमले युवा जमातलाई उत्साहित बनाएको देखिएको छ । चालु आर्थिक वर्षमा जिल्ला कृषि विकास कार्यालयले प्रदान गरिँदै...
सल्यान, १३ असार-विगत तीन दिनदेखिको अविरल वर्षाका कारण जिल्लाका ग्रामीण सडक अवरुद्ध भएका छन् । अविरल वर्षाका कारण सडक चिरा पर्ने र ठाउँठाउँमा पहिरो जाने भएपछि ग्रामीण सडक अवरुद्ध भएका हुन् । वर्षाका कारण खलङ्गा–कालीमाटी, खलङ्गा–वालुवा–सङ्ग्रही र थारमारे चौरजहारी सडक अवरुद्ध भएका...
काठमाण्डु, १३ असार– संविधानसभाको मस्यौदा समितिले भावी संविधानको पहिलो एकीकृत मस्यौदा पारित गरेको छ । समितिको कार्यालय सिंहदरबारमा आइतबार बसेको बैठकले मस्यौदा पारित गरेको हो । समिति सभापति कृष्ण सिटौलाले मस्यौदा आइतबारै सभाध्यक्ष सुवास नेम्वाङलाई बुझाएका छन् । सभाध्यक्षले मस्यौदा सोमबार संविधानसभामा पेस गर्नेछन...
भक्तपुर, १३ असार-परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७१ सालको प्राविधिकतर्फको एसएलसी परीक्षाको नतिजा आइतबार सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएकामध्ये १५० जना छात्र र ६५ जना छात्रा गरी २१५ जनाले ग्रेड ‘ए प्लस’ हासिल गरेको परीक्षा नियन्त्रक विष्णुबहादुर...