समाचार

डोल्पामा यार्सागुम्बा व्यापारी असुरक्षित,एक हप्तामा दुई वटा लुटपाट !

२०७२ असार १३ गते १७:००

जाजरकोट, १३ असार- उपल्लो डोल्पामा पर्ने भिजेर गाविसको कु पाटनमा यार्सागुम्बा व्यापारी लुटिएका छन् । शनिबार साँझ कु गाउँ नजिकै पर्ने कु पाटनमा यार्सागुम्बा खरिद गर्न गएका व्यापारीलाई १० जनाको समूहमा आएका हतियारसहितका लुटेराहरुले यार्सा लुटेर लगेका हुन् ।   यार्सा खरिदका लागि पुगेका...

ओलीको निर्णयप्रति नेपालको आपत्ति

२०७२ असार १३ गते १६:५४

काठमाण्डु, १३ असार– पार्टी अध्यक्ष केपी ओलीले एकलौटी निर्णय गरेर युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई फिर्ता बोलाएको भन्दै माधव नेपाल पक्षधर नेताहरुले असंतुष्टि जनाएका छन् । नेता नेपालले मन्त्री फिर्ता बोलाउने विषयमा पार्टीमा पर्याप्त छलफल नभइ अध्यक्ष ओलीले एकलौटी रुपमा निर्णय गरेको आरोप...

पैँतीस वर्षपछि खुल्यो ‘नेचुङ’ भन्सार

२०७२ असार १३ गते १६:५३

मुस्ताङ, १३ असार-पैँतीस वर्षपछि जिल्लाको छोसेर गाविसमा रहेको ‘नेचुङ’ भन्सार सञ्चालनमा आएको छ ।   असार ७ गतेदेखि नेपाल र तिब्बतको सीमा क्षेत्रमा सुरु भएको साताव्यापी अन्तर्देशीय व्यापार मेलाको पूर्वसन्ध्यामा छोसेर गाविसमा भन्सार कार्यालय खुलेको हो । व्यापार मेलामा हुने कारोबारलाई करको दायरामा लिन...

एसिड प्रकरणका घाइतेलाई युवा संघको सहयोग

२०७२ असार १३ गते १६:०४

काठमाण्डु, १३ असार– युवा संघ नेपालले एसिड प्रहारबाट घाइते भएका सिमा बस्नेत, संगिता थापा मगरलाई नगद सहयोग गरेको छ । आइतबार युवा संघले जनही २५ हजार रुपैयाँ सहयोग गरेको छ । केही महिनाअघि काठमाण्डुको वसन्तपुरमा एसिड प्रहारबाट घाइते भएका बस्नेत र थापालाई प्रोत्साहन स्वरुप...

अखिल क्रान्तिकारीद्वारा स्कुल बस तोडफोड

२०७२ असार १३ गते १५:५०

दमक, १३ असार-भर्ना शुल्क नलिने सहमति कार्यान्वयन नगरेको भन्दै अखिल क्रान्तिकारीका एक समूहले आइतबार दमकको ग्लोबल उच्च माविको बसमा तोडफोड गरेका छन् । तोडफोडबाट बसको करिब एक लाखको भौतिक सामग्रीमा क्षति पुगेको छ ।   विद्यार्थी लिनजान लाग्दा अखिल क्रान्तिकारीको एक समूहले बस तोडफोड...

धनकुटामा प्रधानाध्यापकको हत्या !

२०७२ असार १३ गते १५:४१

धनकुटा, १३ असार-धनकुटाको खुवाफोकमा आइतबार बिहान एक विद्यालयका प्रधानाध्यापकको हत्या भएको छ ।   खुवाफोक–९ स्थित श्रीपञ्चमी प्राथमिक विद्यालयका प्रधानाध्यापक नरेश लिम्बूको हत्या भएको प्रहरीले जनाएको छ ।   बिहान करिब ७ बजे खुकुरी, भालालगायत धारिलो हतियार प्रहार गरेर छरसातजनाको समूहले लिम्बूको हत्या गरेको...

सहमति कार्यान्वयनका लागि सरकारलाई शिक्षक महासंघको पाँच दिने अल्टिमेट

२०७२ असार १३ गते १५:२१

काठमाण्डु १३ असार– नेपाल शिक्षक संघले विगतमा भएका सहमति कार्यान्वयन गर्न सरकारलाई पाँच दिने अल्टिमेटम दिएको छ । महासंघले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर आगामि असार १९ गतेसम्म आफूहरुले अघि सारेको माग र विगतमा सरकारले गरेको सहमति कार्यान्वयन नगरे त्यसपछि कडा आन्दोलनको चेतावनी दिएको...

संविधानको पहिलो मस्यौदा आइतबारनै टुङ्ग्याउने सहमति

२०७२ असार १३ गते १५:१४

काठमाण्ड, १३ असार-चार प्रमुख दलबीच संविधानसभाको मस्यौदा समितिबाट आइतबार सहमति जुटाई संविधानसभामा नयाँ संविधानको पहिलो मस्यौदासहितको प्रतिवेदन बुझाउने समझदारी भएको छ ।   संविधान निर्माणका मुख्य विवादका विषयमा गत जेठ २५ मा राजनीतिक सहमति गरेका चार दलले मस्यौदा समितिमा मिल्न बाँकी नयाँ विषयमा समान...

संविधान निर्माणको काम एक सेकेण्ड पनि रोकिँदैनः नेम्वाङ

२०७२ असार १३ गते १५:०४

काठमाण्डु, १३ असार– संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले अब संविधान निर्माणको प्रक्रिया नरोकिने बताएका छन् । आइतबार आफ्नै कार्यकक्षमा पुगेको प्रेस चौतारी नेपालको ज्ञापनपत्रु बुझ्दै सभाध्यक्ष नेम्वाङले संविधान निर्माणको काम अब एक सेकेण्ड पनि नरोकिने दावी गरे । उनले सर्वोच्च अदालतलको पूर्ण इजलासले अघिल्लो संविधानसभामा...

चितवनमा नौ विद्यालय गाभियो !

२०७२ असार १३ गते १४:४६

चितवन, १३ असार-जिल्ला शिक्षा कार्यालय चितवनले यस वर्ष जिल्लामा सञ्चालित विद्यालयहरुमध्ये नौवटा विद्यालयलाई गाभेको छ । अन्य २० विद्यालयको भने कक्षा घटाएको छ ।   विद्यार्थी कम भएका र भौतिक पूर्वाधार नपुगेका नौवटा विद्यालय गाभेको र २० विद्यालयको कक्षा घटाएको जिल्ला शिक्षा अधिकारी दामोदर...

नाका खोल्न आग्रह गर्दा राष्ट्रपति,प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुले गरे बेवास्ता !

२०७२ असार १३ गते १४:३६

गोरखाबजार, १३ असार-तिब्बतसँग सिमाना जोडिएको छेकम्पार र सामागाउँ गाविसस्थित सिमानाको नाका नखुल्दा भूकम्पपीडितले खाद्यान्नलगायतका सामग्री ल्याउन नपाएको गुनासो गरेका छन् ।   तिब्बतको सीमा खुलाउनका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला दैवी प्रकोप उद्धार समितिले परराष्ट्र मन्त्रालयलाई लिखित पत्र पठाएको थियो । यस्तै प्रमुख...

सत्ताइस विद्यालयको नतिजा शुन्य

२०७२ असार १३ गते १३:४७

भीमदत्तनगर, १३ असार-एसएलसी परीक्षाको नतिजामा सुदूरपश्चिमका छ जिल्लाका २७ विद्यालयले शुन्य नतिजा ल्याएका छन् ।   डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, बाजुरा र बझाङका गरी २७ विद्यालयको नतिजा शुन्य रहेको सुदूरपश्चिम क्षेत्रीय शिक्षा निर्देशनालय दीपायलले जनाएको छ ।   शुन्य नतिजा ल्याउनेमा सबैभन्दा बढी डोटीमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us