काठमाण्डु, १२ असार-गत वैशाख १२ गतेपछि आएका भूकम्प तथा त्यसपछिका विभिन्न कम्पनबाट अहिलेसम्म मृत्युवरण गरेकाको आत्माको चिरशान्तिको कामना गरिएको छ । अन्नपूर्णपोस्ट दैनिकको आयोजना तथा विभिन्न सङ्घ संस्थाको सहआयोजनामा बसन्तपुरमा शनिबार भएको कार्यक्रममा कलाकार, साहित्यकार, पत्रकार, समाजसेवीलगायतले घटनामा ज्यान गुमाउनेप्रति सामूहिक श्रद्धाञ्जलि गर्दै...
रुपन्देही, १२ असार-नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले व्यक्ति परिवर्तनका लागि मात्रै हुने सरकार परिवर्तनले जनतालाई खासै फरक नपर्ने बताएका छन् । संविधान निर्माणपछि एमालेको नेतृत्वमा गठन हुने भनिएको सरकारको विषयमा समेत अनभिज्ञता प्रकट गर्दै नेता नेपालले जनताले सेवा सुविधा नपाउने...
प्युठान, १२ असार– जिल्लाको चुजाठाटीमा जंगली च्याउ खाएर पाँचजना बेहोस भएका छन् । चुजाठाटी गाविस–७ बस्ने ६८ वर्षीया गनी भुसाल, ३२ वर्षीया निर्मला भुसाल, ११ वर्षीया जुना भुसाल, १३ वर्षीय सुदन भुसाल र इमानसिंह थापाकी छोरी ८ वर्षीया लक्ष्मी थापा बेहोस भएका हुन् ।...
बागलुङ, १२ असार-कृषि र प्राकृतिक स्रोतसाधनका हिसाबले सम्पन्न मानिने तारा गाविसबाट ३१ किसिमका वस्तु निर्यात हुने गरेका छन् । त्यस गाविसवाट कृषि उपज, वनजन्य वस्तु, पशु, जडीबुटी, ढुङ्गा, काठका सामग्रीलगायतका वस्तु बिक्रीका लागि बजार पुग्ने गरेको छ । कानुनी प्रक्रिया पूरा गरी...
कपिलवस्तु, १२ असार– अदालतले तीन जना युवाविरुद्ध जबर्जस्ती करणी सम्बन्धी झुठा मुद्दा दिएकी थारु समुदायकी एक महिलालाई १५ दिन कैदको सजाय गरेको छ । हुँदै नभएको जाहेरी दिएर ती युवाहरुलाई फसाउन खोजेको भन्दै ३५ वर्षकी ती महिलालाई अदालतले सो सजाय गरेको जनाएको छ। जिल्ला...
दमक, १२ असार-उद्योगमन्त्री महेश बस्नेतले भूकम्पले पु¥याएको क्षतिको पुनःनिर्माण गर्नु नै अहिलेको प्रमुख आवश्यकता भएकामा जोड दिएका छन् । झापाको दमक–१५ स्थित पार्टी कार्यालयमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सबै मिलेर देश निर्माणमा जुट्न खाँचो रहेको औँल्याउँदै भने, ‘हाम्रासामु देखिएका...
काठमाण्डु, १२ असार– गत वैशाख १२ को महाभुकम्प पछि नेपाली आमाका भाडाको कोखबाट जन्मिएका १५ जना बच्चालाई गत वैशाख १५ गते इजरायल पु¥याइएको छ । ६ हप्ताको अन्तरालमा जन्मिएका ती बच्चालाई सरकारी तवरबाटै इजरायल पु¥याइएको हो । तर, तिनीहरुका आमालाई भने इजरायल भ्रमणको स्वीकृति...
काठमाण्डु, १२ असार-संविधान मस्यौदा समितिअन्तर्गतको कार्यदलले तयार पारेको एकीकृत मस्यौदाको विषयमा पूर्ण सहमति जुटाउनका लागि शनिबार बसेको प्रमुख चार राजनीतिक दलको बैठक बिनानिष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न भएको छलफलमा कार्यदलले समितिमा शुक्रबार पेस गरेको मस्यौदाका विषयमा छलफल भएपनि विवादित केही...
भक्तपुर, १२ असार-उच्चमाध्यमिक शिक्षा परिषद्ले असार १ गतेदेखि देशका ६८ जिल्लामा सञ्चालन गरेको कक्षा ११ को परीक्षा सम्पन्न भएको छ । परिषद्का उपाध्यक्ष चैतन्य शर्माले कक्षा ११ को परीक्षा सबैतिर शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताए । देशभरका ६८ जिल्लामा सञ्चालित परीक्षामा तीन लाख ८६...
काठमाण्डु, १२ असार-नेपालमा पाउरोटी उद्योगका अग्रणी कृष्णबहादुर राजकर्णिकारको अर्धकदको सालिक शनिबार कमलपोखरी सममार्गस्थित कृष्ण पाउरोटी भण्डार परिसरमा अनावरण गरिएको छ । ढलोटको उत्तराभिमुख सो मूर्ति करिब तीन फिट अग्लो छ । बौद्ध उपासक तथा समाजसेवी कर्णिकारले विसं २००५ मा नेपालमा कृष्ण पाउरोटी उद्योग स्थापना...
बर्दिया, १२ असार-पथ्थरबोझी गाउँको औरही खोला तर्ने क्रममा धौधरी गाविस वडा नं ९ बस्ने ३५ वर्षीया मीना चौधरी र सूर्यपटुवा गाविस वडा नं ७ बस्ने मानुकुमारी थापा शनिबार बिहान करिब ७।३० बजे बेपत्ता भएका छन् । उनीहरु काम गर्न जाने क्रममा बाँध निर्माण गरिराखिएको...
पर्सा, १२ असार-तराई–मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठीले जबर्जस्ती बहुमतको खेलमा संविधान जारी गर्ने प्रयास भए संविधानसभाबाट नै आफूहरु अलग हुने चेतावनी दिएका छन् । सो पार्टी पर्साले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता त्रिपाठीले सहमतीय आधारबाट पूर्ण संविधान जारी गर्नुपर्नेमा जोड दिए ।...