समाचार

नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्नेविरुद्ध मुद्दा

२०७२ असार ११ गते १९:२९

काठमाण्डु, ११ असार-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका एक प्रहरी निरीक्षकले पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएको भन्दै शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।   प्रहरी प्रधान कार्यालयअन्तर्गत जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत नैनबहादुर साउदले बढुवाका लागि पेस गरेको विहार इन्टरमिडिएट...

विवादित विषयलाई टुंगो लगाएर मस्यौदा जारी गर्नुपर्छः एमाओवादी

२०७२ असार ११ गते १९:१८

काठमाण्डु, ११ असार-एकीकृत नेकपा माओवादीले संविधान निर्माणमा देखिएका विवादित विषयमा असहमति राखेरनै भए पनि संविधान लेखन प्रक्रियालाई पूर्णता प्रदान गर्ने निर्णय गरेको छ ।   एमाओवादीको शुक्रबार बसेको ‘वैचारिक बहस व्यवस्थापन समिति’को बैठकले असार १३ गतेभित्रै संविधान लेखन प्रक्रियामा देखिएका सबै विवादित विषयलाई टुङ्गो...

वामदेवले भने, ‘नेपाल प्रहरी र शसस्त्र प्रहरीबीच विवाद छैन’

२०७२ असार ११ गते १९:०१

कठमाण्डु, ११ असार-व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिको शुक्रबारको बैठकले सशस्त्र प्रहरी नियमावलीलाई टुङ्गोमा पु¥याउनुअघि समितिमा पर्याप्त छलफल गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।   समितिका सभापति दिलबहादुर घर्तीको अध्यक्षतामा बसेको बैठकले अघिल्लो वर्ष बाढीबाट प्रभावित र हालै आएको भूकम्पबाट प्रभावित जनतालाई उपलब्ध गराइएको राहतका...

माइक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०७२ असार ११ गते १८:४२

चितवन, ११ असार-दारेचोक गाविस–३ कुरिनटारमा माइक्रोबसको ठक्करबाट शुक्रबार एक पैदलयात्रीको मृत्यु भएको छ ।   काठमाण्डुबाट मुग्लिङतर्फ आउँदै गरेको बा३ख २३९० नंको माइक्रोबसले दारेचोक–८ बस्ने नौ वर्षीय समिर चेपाङलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ठक्कर...

उद्योगमन्त्रीले भने,‘अदालतले गरेको फैसलाले वाधा गर्दैन’

२०७२ असार ११ गते १८:२८

झापा, ११ असार-उद्योगमन्त्री महेश बस्नेतले भूकम्पले पु¥याएको क्षतिको पुनः निर्माण गर्नु नै अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन् ।   बिर्तामोडमा नेपाल राष्ट्रिय वाणिज्य सङ्घ बिर्तामोड नगर कमिटीले शुक्रबार आयोजना गरेको ‘व्यावसायिक क्षेत्रका अवसर र चुनौती’ विषयको कार्यक्रममा उनले सक्षम नेतृत्वले मात्रै भूकम्पले पु¥याएको...

प्रस्तावित प्रधानन्यायाधीशले लागुऔषध कारोबारी चिनियाँबाट घुस खाएको आरोप !

२०७२ असार ११ गते १८:१९

काठमाण्डु, ११ असार-प्रधानन्यायाधीशका लागि सिफारिस हुनुभएका सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश कल्याण श्रेष्ठविरुद्ध संसदीय सुनुवाइ विशेष समितिमा चार उजुरी परेका छन् । वरिष्ठतम न्यायाधीश श्रेष्ठले मुद्दाको किनारा लगाउँदा मुद्दाको गम्भीरतालाई विचार तथा नियमकानुनको ख्याल नै नगरी गत भदौ १६ मा बिनाप्रमाणको एक रिट निवेदन खारेज...

पोख्रेलले भने,‘संविधान बन्न नदिने खेलका विरुद्ध एक होऔं’

२०७२ असार ११ गते १८:०८

बुटवल, ११ असार-नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अहिले संविधान बन्ने अवस्था आएपछि अनेक किसिमले व्यवधान थापेर संविधान बन्न नदिने खेल सुरु भएकाले त्यसविरुद्व देशप्रेमीहरु एक हुनुपर्ने बताएका छन् । यस वर्षको प्रवेशिका परीक्षामा उत्कृष्ट विद्यार्थीलाई अनेरास्ववियु रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको विद्यार्थी सम्मान कार्यक्रमलाई...

उत्पीडित विद्यार्थी संगठनले बुझायो शिक्षामन्त्रीलाई ज्ञापनत्रप

२०७२ असार ११ गते १७:५६

काठमाण्डु, ११ असार-शिक्षामन्त्री चित्रलेखा यादव समक्ष नेकपा एमाले निकट नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी सङ्गठनले ज्ञापनपत्र प्रस्तुत गरेको छ ।   सिंहदरबारस्थित शिक्षा मन्त्रालयको कार्यालयमा शुक्रबार दिउँसो भेट गरी दलित समुदायका विद्यार्थीको अध्ययनको सम्बन्धमा ११ बुँदे मागसहितको ज्ञापनपत्र प्रस्तुत गरेको हो ।   सङ्गठनले उच्च...

सशस्त्रलाई पक्राउ पुर्जी जारी गर्ने अधिकार नदिन संसदीय समितिको निर्देशन

२०७२ असार ११ गते १७:४२

काठमाण्डु, ११ असार– व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले सशस्त्र प्रहरीलाई पक्राउ पुर्जी जारी गर्ने अधिकार दिने कानुनी व्यवस्था नगर्न सरकारलाई निर्देशन दिएको छ । समितिको शुक्रबार बसेको बैठकले सशस्त्र प्रहरीलाई पनि पक्राउ पुर्जी जारी गर्ने अधिकार दिँदा दुइ निकायबीच विवाद हुुने भन्दै तत्काल कुनै...

जेलले पनि सुधार्न सकेन यी ठगलाई

२०७२ असार ११ गते १७:३५

काठमाण्डु, ११ असार– मकवानपुर घर भइ काठमाण्डुमा बस्दै आएका एक युवा  जेलबाट छुटेको केही समयमै पुनः जेलमा पुगेका छन् । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा हुनमानढोकाको टोलीले मकवानपुरका दीपक क्षत्रीलाई बाफलबाट पक्राउ गरेको हो । क्षत्रीले गोंगबुका लेखा क्षत्रीलाई जडबिुटी व्यवसायको साझेदारी बनाउछु भनी...

नयाँ ट्याक्सी खरिद गर्नुहुन्छ ? मन्त्रालयले दर्ता खोल्यो

२०७२ असार ११ गते १७:२४

काठमाण्डु, ११ असार- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १५ वर्षपछि नयाँ ट्याक्सी दर्ता खुल्ला गर्ने निर्णय गरेको छ ।   वि.सं २०५७ मा सात हजार ५०० ट्याक्सी रहेका बेला मन्त्रालयले नयाँ दर्तामा रोक लगाएको थियो । रोक लगाएपछि १५ वर्षको समयमा एक हजार ८५०...

महिला साथीको अश्लील भिडियो बनाएर वेवसाइटमा राख्ने थापा पक्राउ

२०७२ असार ११ गते १७:०८

काठमाण्डु, ११ असार–आफूले भनेजस्तो गर्न नमानेको भन्दै आफ्नै महिला साथीको अश्लील भिडियो बनाएर सार्वजनिक गर्ने एक युवा पक्राउ परेको छन् । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा हनुमानढोकाले दार्जिलिङघर भइ हाल गोंगबु बस्ने २९ वर्षीय  बरुण थापालाई शुक्रबार दिउँसो पक्राउ गरी आवश्यक कारबाहीका लागि काठमाण्डु...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us