काठमाण्डु,११ असार– जिल्लाको गोकर्णेश्वर नगरपालिकामा एक युवा मृत भेटिएका छन् । गोकर्णेश्वर नगरपालिका– १२ नयाँबस्तीस्थित अनिल श्रेष्ठको गाडीको सामान बनाउने टिनको टहराभित्र सुतिरहेका काभ्रे कात्तिके–देउराली–३ का २० वर्षीय बिष्णुप्रसाद त्रिपाठी शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ...
मुस्ताङ, ११ असार-प्रयोगात्मक विषयको नम्बर हराउँदा स्थगित भएको मुस्ताङ जिल्लाको प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक भएको छ । ढिला गरी प्राप्त नतिजाअनुसार मुस्ताङमा ८६।५९ विद्यार्थी उत्तीर्ण भएका छन् । देशभर ४७ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा हिमाली जिल्लाको नतिजा भने देशकै दोस्रो उत्कृष्ट भएको जिल्ला...
पोखरा, ११ असार-असारको दोस्रो साता सुरु भइसक्दा पनि कास्कीमा १० देखि १५ प्रतिशत मात्रै रोपाइँ सकिएको छ । ‘मानो रोपेर मुरी उब्जाउने’ समयमा मनसुन भरर्खर मात्र सुरु भएकाले सिँचाइ सुविधा नपुगेको र आकासे पानीको भरपर्ने टारी खेतमा भने अझैँ रोपाइँ सुरु भएको छैन...
परासी, ११ असार-जिल्ला विकास समिति नवलपरासीले गत असार १ गतेदेखि खोलाजन्य सामग्रीको निकासीमा रोक लगाए पनि जिल्लाका खहरे खोलाबाट खोलाजन्य वस्तु निकासी रोकिएको छैन । जेठ मसान्तसम्म ठेक्का दिएका खोलाबाट असार दोस्रो सातासम्म पनि स्थानीय प्रशासनको मिलेमतोमा धमाधम निकासी भइरहेको स्थानीयवासीले आरोप लगाएका...
पाँचथर, ११ असार-ताप्लेजुङका अग्निपीडितलाई राहत वितरण गर्न क्षतिलाई आधार मानेर ६ भागमा वर्गीकरण गरिएको छ । आगलागी भएको तीन महिनापछि अग्निपीडितका प्रतिनिधि तथा जिल्ला विपद् व्यवस्थापन समितिमा प्रतिनिधित्व गर्ने रेडक्रसलगायतका संस्थाका प्रतिनिधि संलग्न टोलीले पीडितको सम्पत्ति क्षतिका आधारमा राहत पाउने प्राथमिकताक्रम निर्धारण गरेको...
कठमाण्डु, ११ असार-नेपाल पर्वतारोहण सङ्घले ३३ वटा हिमचुलीबाट लामो समयदेखि गैरकानुनी रुपमा राजस्व उठाइरहेको खुलेको छ । नेपालको अन्तरिम संविधानको धारा ८९मा कानुनबमोजिमबाहेक कर लगाउन नपाइने व्यवस्था र धारा ९० मा राजस्व सरकारको सञ्चित कोषमा जम्मा गर्नुपर्ने कानुनी प्रावधान भएपनि पर्वतारोहण सङ्घले राजस्व...
काठमाण्डु, ११ असार–ललितपुरलाई केन्द्र बनाएर शुक्रबार दिउँसो ४.१ रेक्टर स्केलको भूकम्पको पराकम्पन गएको छ । शुक्रबार दिउँसो २ बजेर ४५ मिनेट जाँदा ललितपुरलाई केन्द्र बनाएर ४.१ रेक्टर स्केलको भूकम्पको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पछिल्लो केही दिन यता भूकम्पको पराकम्पन...
कठमाण्डु, ११ असार-भूकम्पका कारण देशले भोग्नुपरेको विपत्तिका बेला बैठक भत्तालगायत अन्य खर्च कटौती गर्न सभासद् श्यामप्रसाद ढकालले प्रस्ताव गरेका छन् । व्यवस्थापिका–संसद् राज्य व्यवस्था समितिको शुक्रबारको बैठकमा सभास्दले पाँच वर्षसम्मका लागि सभासद्हरूको भत्ता कटौती गर्न प्रस्ताव गरेका हुन् । उनले यस अवधिमा...
कावासोती, ११ असार-बोक्सीको आरोपमा एक युवकले महिलालाई कुटेका छन् । नवलपरासी कोल्हुवा–८ ढेडाकी ६९ वर्षीय सोमकुमारी महतोलाई सोही ठाउँका युवक लालबहादुर थनेतले बोक्सीको आरोपमा कुटेर हात भाँचिदिएका हुन् । गएराति घरमा सुतिरहेकी महतोलाई ढोका खोल्न लगाइ एक्कासि हातपात गरेको सोमकुमारीका छोरा कुलबहादुर...
चितवन, ११ असार-चितवनका दुई गाविसमा भूकम्पको क्षतिबारे विवरण पुनः सङ्कलन गरिने भएको छ । स्थानीय तहबाटै जिल्लाले सङ्कलन गरेको विवरण अपूर्ण भएको र वैज्ञानिक नभएको भन्दै विरोध गरेपछि प्राविधिक टोली खटाएर पुनः विवरण सङ्कलन गर्न लागिएको हो । चितवनको विकट काउले र कोराक...
कञ्चनपुर, ११ असार-तीन दिनदेखिको अविरल वर्षासँगै कञ्चनपुरका महाकाली र दोदा नदीमा पानीको बहाव खतराको बिन्दुभन्दा माथि बग्न थालेपछि उच्च सतर्कता अपनाइएको छ । नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन लगाइएको छ । महाकाली नदीमा पानीको बहाव दुई लाख क्यूसेक भन्दा माथि पुगेपछि...
काठमाण्डु, ११ असार-आफूहरूले पाउँदै आएको पाँचसय वृद्ध भत्ता बढाएर तीन हजार पु¥याउनुपर्ने माग गर्दै ज्येष्ठ नागरिक धर्नामा बसेको २९ महिना बित्दा पनि सम्बन्धित निकायले त्यसको सुनुवाइ गरेको छैन । धर्नामा बस्दाबस्दै १२ जना ज्येष्ठ नागरिकको मृत्यु भइसकेको छ । ‘विसं २०६९ फागुन...