काठमाण्डु, ११ असार– परीक्षा नियन्त्रण कार्यालयले यसपटकको प्राविधिकतर्फको परीक्षाफल आइतबार प्रकाशित गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार आइतबार नतिजा निकाल्ने अन्तिम तयारी अन्तिम चरणमा पुगेको छ, तर सोही दिन नतिजा निस्कने अझै निश्चित भइसकेको छैन । यसपटक प्राविधिकतर्फका परीक्षार्थीहरुको नतिजा...
म्याग्दी– म्याग्दीको बरंजा–२ मा जङ्गली च्याउ खाँदा एकै घरका चारजना बिरामी भएका छन् । बिहीबार दिउँसो गाउँ नजिकैको जङ्गलबाट ल्याएको च्याउ पकाएर खाजा खाएका ७० वर्षीय तुलबहादुर थापा, उनका नातिहरु ११ वर्षीय योगेश, आठ वर्षीय अमन र सात वर्षीय राहुल थापा बिरामी भएका हुन्...
रौतहट, १० असार– रौतहट बिर्ती प्रस्टोका गाविसमा एक महिला सामूहिक बलात्कारको शिकार भएकी छन् । स्थानीय बडेरवा टोलकी ३० वर्षीया ती महिलालाई मंगलबार राति शौच गर्न निस्किएका बेला दुई युवाले सामूहिक बलात्कार गरेका थिए । इलाका प्रहरी कार्यालय गरुडाका अनुसार राति करिब...
बाँके, १० असार– बाँकेको चिसापानीमा दाजुले आफ्नै सुत्केरी बहिनी बलात्कार गरेका छन् । सुत्केरीपछि माइत आएकी बहिनी बलात्कार गरेको आरोपमा चिसापानी–५ का २२ वर्षीय पदमबहादुर सुनार पक्राउ परेका हुन् । सुनारले बुधबार राति सुनारले बुधबार राति बहिनीमाथि बलात्कार गरेका थिए । स्थानीयको सूचनाका आधारमा...
झापा, १० असार-झापाको बिर्तामोडबाट प्रहरीले बिहीबार अपराह्न आपत्तिजनक अवस्थामा १६ सहित २४ जनालाई नियन्त्रणमा लिएको छ । बिर्तामोडमा सञ्चालित विभिन्न होटलबाट होटल सञ्चालकसहित आठ जोडीलाई आपत्तिजनक अवस्थामा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिए । झापामा...
सिन्धुली, १० असार– जिल्लाको पोखरी गाविसमा आफ्नै श्रीमानले श्रमतीको हत्या गरेका छन् । पोखरी गाविस–६ बस्ने २९ वर्षीया गंगा बि.क.को उनकै लोग्ने केदारबहादुर बि.क.को कुटपिटबाट बिहिबार मृत्यु भएको हो । सामान्य विवादमा केदारले कुटपिट गर्दा मृत्यु भएकी श्रमितीलाई आफु जोगिनको लागि गोठमा शव...
लम्जुङ, १० असार– जिल्लाको चितीमा पहिरोमा परेर एकजना पुरुषको मृत्यु भएको छ । चिती गाविस–७ स्थित आमडाँडा भीरमा ढुंगा निकाल्ने क्रममा करापे–५ घर भई बेशीशहर नगरपालिका–१ उदीपुर बस्ने ४१ वर्षीय रामबहादुर गुरुङ्गको मृत्यु भएको हो । ढुंगा निकालिरहेका उनलाई माथिबाट पहिरो झर्दा ढुंगाले...
कठमाण्डु, १० असार-भूकम्पका कारण प्रभावित बसन्तपुर दरबारलाई थप क्षति हुन नदिन अधिकांश स्थानमा टेको दिएर सुरक्षित राखिएको छ । मध्यकालको सो दरबार १९९० सालको भूकम्पपछि तत्कालिन प्रधानमन्त्री जुद्ध शम्शेरको पालामा जिर्णोद्वार गरिएको थियो तर गत वैशाख १२ मा आएको भूकम्पले पुनः क्षति बनाएपछि...
काठमाण्डु, १० असार-नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा बहुपक्षीय तथा द्विपक्षीय दातृ निकायबाट अहिलेसम्म चार खर्ब बराबरको सहयोगको घोषणा भएको छ । नेपालको पुनःनिर्माणका लागि आवश्यक पर्ने प्राविधिक सहयोगसहित ती घोषणा दाताहरुबाट आएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले जानकारी दिए ।...
काठमाण्डु, १० असार- मुलुकमा गणतन्त्र आएको आठ वर्ष पूरा भइसकेको छ । लामो राजनीतिक संघर्षपछि आएको परिवर्तन र त्यसलाई संस्थागत गर्ने क्रममा सहिद र घाइतेहरुको सम्मानमा गण्तन्त्र स्मारक बनाउने सरकारको महत्वकांक्षी योजनाको चर्चा चल्न थालेको धेरै वर्ष भयो । गणतन्त्र स्थापना भएपछि मुलुकमा पाँच...
काठमाण्डु, १० असार– सरकारले भूकम्पपछिको पुननिर्माण र नव निर्माणका लागि सहयोग जुटाउन गरेको अन्तर्राष्ट्रिय दाता सम्मेलनमा विभिन्न राष्ट्रहरुले ठुलो रकम सहयोगको घोषणा गरेका छन् । भारत, चीन, अमेरिका, जापान, नर्वे र युरोपेली युनियन, विश्व बैंकलगायत विभिन्न मुलुक र निकायका प्रतिनिधिहरुले नेपालको पुननिर्माणमा सहयोग गर्ने...
काठमाण्डु, १० असार-युवा तथा खेलकुद मन्त्री एवम् राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष पुरुषोत्तम पौडेलले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य–सचिवमा केशव विष्टलाई बिहीबार नियुक्त गरेका छन् । मन्त्री पौडेलले विष्टलाई राष्ट्रिय खेलकुद विकास ऐन, २०४८ अनुसार नयाँ सदस्य–सचिवमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।...