काठमाण्डु, १० असार- पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका चिनिया विदेशमन्त्री वाङ यीले भूकम्पपछिको पुनःनिर्माणमा नेपाललाई आफूहरु जस्तोसुकै सहयोग उपलब्ध गराउन तयार रहेको बताएका छन् । चिनिया सरकारले उपलब्ध गराएको पालमुनि सैनिक मञ्च टँुिडखेलमा आश्रय लिइरहेका भूकम्पपीडितसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सहयोग...
मोरङ, १० असार-प्रशासनले माग पूरा नगरिदिएपछि एक सातादेखि आन्दोलनमा रहेका नोबेल मेडिकल कलेजका प्रशिक्षार्थीहरुले बिहीबारदेखि अनिश्चितकालका लागि ओपिडी सेवा बन्द गरेका छन् । श्रम शोषणमा रोक र धरौटीबापतको रकम फिर्ताको माग गर्दै एक सातादेखि आन्दोलनमा रहेका नोेबेल मेडिकल कलेजका प्रशिक्षार्थी डाक्टरहरूले आफ्नो माग...
काठमाण्डु, १० असार–व्यवस्थापिका संसदको राष्ट्रिय विपद् व्यवस्थापन अनुगमन तथा निर्देशन समितिले विश्व खाध्य कार्यक्रमले गोरखाका भूकम्प पीडितलाई कुहिएको चामल वितरण गरेर स्वास्थ्यमा खेलवाड गरेको निष्कर्ष निकालेको छ । भूकम्पपछि गोरखाको स्थलगत अध्ययन गरी समितिले बिहिबार सभामुख सुवास नेम्वाङलाई बुझाएको प्रतिवेदनमा सडेको र डल्ला परेको...
काठमाण्डु, १० असार– दार्चुलाको लिपु लेकलाई व्यापारी नाका बनाउने भारत र चीनको संझौता सच्याउन माग गर्दै चिनियाँ दुतावासमा ज्ञापनपत्र बुझाउन गएको टोलीलाई प्रहरीले पक्राउ गरेको छ । भारत र चीनले गरेको संझौता सच्याउन माग गर्दै काठमाण्डुस्थित चिनियाँ दुतावासमा ज्ञापनपत्र बुझाउन गएको ग्रेटर नेपाल राष्ट्रवादी...
वीरगन्ज, १० असार-नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको अगुवाइमा बिहिबार यहाँ विरोध प्रदर्शन गरिएको छ । पत्रकार महासङ्घ पर्सा शाखाका अध्यक्ष श्याम बञ्जराको अगुवाइमा उक्त जुलुस निकालिएको हो । वीरगन्जको घन्टाघरबाट निस्किएको उक्त जुलुसले वीरगन्ज नगर परिक्रमा गरेको थियो । पछिल्ला दिनमा विभिन्न...
काठमाण्डु, १० असार– राष्ट्रपति डा रामवरण यादवले व्यवस्थापिका संसदको अधिवेसन असार १५ गते ३ बजेका लागि बोलाएका छन् । बिहिबार राष्ट्रपति कार्यलयले विज्ञप्ती जारी गरेर प्रधानमन्त्री सुशील कोइरालाको सिफारिसमा अन्तरिम संविधानको धारा ५१ को उपधारा १ बमोजिम संसदको अधिवेसन बोलाइएको जनाएको छ ।...
इलाम, १० असार-इलामको साङ्रुम्वा गाविस कार्यालय हप्तामा दुई दिनमात्र खुल्ने गरेको पाइएको छ । जिल्ला विकास समितिअन्तर्गत सञ्चारकर्मी, राजनीतिक दलसहितको अनुगमन टोली बुधबार कार्यालय पुग्दा बन्द रहेको भेटिएको हो । सार्वजनिक बिदाको दिनबाहेक हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अनिवार्य खुल्नैपर्ने...
काठमाण्डु, १० असार–पुनर्निर्माण र पुनस्र्थापनका लागि अन्तर्राष्ट्रिय सहयोग सम्मलेनमा विभिन्न दातृ राष्ट्र र अन्य निकायबाट नेपालले चार अर्बभन्दा बढीको सहगोग पाउने बचन पाएको छ । भूकम्पपछि क्षतिग्रस्त संस्कृति संरचनाको पुनर्निर्माण तथा अन्य विभिन्न क्षेत्रमा भएको क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि नेपालले यो रकम अनुदान पाउने...
कावासोती, १० असार-नवलपरासीको नारायणी–९ बाघखोरका ६८ वर्षीय जगतबहादुर खड्काको सर्पले डस्दा मृत्यु भएको छ । बुधबार साँझ घर नजिकै पछाडि कागती टिप्न जाँदा उनलाई गोमन सर्पले डसेको थियो । सर्पले डसेलगत्तै चितवनको भरतपुर अस्पताल लगिएका खड्काको उपचारको क्रममा बुधबार राति मृत्यु भएको...
काठमाण्डु, १० असार–वैशाख महिनाको आधा शुल्क मिनाहा गर्ने सहमति निजी विद्यालयले कार्यान्वयन नगरेको पाइएको भन्दै विद्यार्थी संगठनहरुले बिहीबारदेखि आफैँ अनुगमन सुरु गरेका छन् । भूकम्पका कारण बन्द भएकाले एक महिनाको आधा शुल्क मिनाहा गर्ने यसअघिको सहमति कार्यान्वयन गराउन अनुगमन गर्न थालिएको नेविसंघका प्रवक्ता युपी...
दाङ, १० असार–सरकारी विद्यालयमा पढ्ने विद्यार्थीको सङ्ख्यामा निकै कम रहेको तुलसीपुर नगरपालिका–१० क्वाङीमा रहेको जनकल्याण प्राविले पुष्टि गरेको छ । विसं २०५७ मा स्थापना भएको सो विद्यालयमा अहिले ५५ जना मात्र अध्ययनरत छन् । तुलसीपुर नगरपालिकाले सो विद्यालयमा भौतिक पूर्वाधार निर्माणका लागि रु एक...
काठमाण्डु, १० असार–प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पबाट भएको अकल्पनीय क्षतिपछिको पुनर्निर्माण एवम् पुनस्र्थापनाको यात्रामा नेपाल लम्किएको बताउँदै त्यसमा सक्दो सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् । भूकम्पबाट उत्पन्न विषम परिस्थिति तथा देशलाई पुनर्निर्माण एवम् विकासको बाटोमा अझ प्रभावकारी ढङ्गले अघि बढाउने नेपालको अभियानमा सहभागिताका...