समाचार

दाता सम्मेलन सफल भएको छ : प्रधानमन्त्री

२०७२ असार ११ गते १३:०७

काठमाण्डु, ११ असार–प्रधानमन्त्री सुशील कोइरालाले बिहीबार सम्पन्न नेपालको पुनर्निर्माणको लागि अन्तराष्ट्रिय सम्मेलन सफल भएको बताएका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भूकम्प पीडित नेपालीहरुको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम प्रदान गर्न आएका टोली र सञ्चारकर्मीका सामु कोइरालाले कुन रुपमा सहभागिता हुन्छ...

वर्षातको पानी पिउँन मिल्छ ?

२०७२ असार ११ गते १२:५०

एजेन्सी– खानेपानी अभावमा काठमाण्डुवासी काकाकुल छन् । काठमाण्डुका धेरै स्थानमा वर्षभर नै पानीको अभाव हुन्छ । यो वर्षातको मौसममा आकाशबाट निःशुल्क पानी झरिरहेको छ । तर धारामा पानी नभएर समस्या झेलिरहेका बासीन्दा पनि छन् । अहिले वर्षातको मौसम छ । दिनहुँ पानी परिरहेको छ । ...

द्वन्द्व पीडितलाई राहत वितरण

२०७२ असार ११ गते १२:४०

जुम्ला, ११ असार– जिल्ला प्रशासन कार्यालय जुम्लाले जिल्लाका द्वन्द्व पीडितलाई एक लाख रुपैयाँका दरले राहत वितरण गरेको छ । जिल्लास्थित २ सय ६१ जना द्वन्द्व पीडितमध्ये १ सय ४६ जनालाई राहत वितरण गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद न्यौपानेले जानकारी दिए । द्वन्द्वकालीन समयमा...

पूर्व सहायकमन्त्री कठायतको निधन

२०७२ असार ११ गते १२:३२

जुम्ला, ११ असार– पञ्चायतकालका कृषि तथा खाद्य आपूर्ति सहायकमन्त्री अदनसिंह कठायतको ९२ वर्ष उमेरमा बिहीबार बेलुका उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा निधन भएको छ । सोमबार एक्कासि मुटु दुख्ने रोग लागेपछि उनलाई उपचारका लागि अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा बिहिबार साँझ...

सम्पूर्ण शक्ति संविधान लेखनमा केन्द्रित गर्ने एमाओवादी निर्णय

२०७२ असार ११ गते १२:२५

काठमाण्डु, ११ असार– एकीकृत नेकपा माओवादीले संविधान निर्माणमा सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको छ । शुक्रबार अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बसेको पदाधिकारी बैठकले असार १३ गतेभित्र संविधानको पहिलो मस्यौदा तयार पार्नेगरी सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको हो । बैठकपछि एमाओवादी उपाध्यक्ष नारायणकाजी...

इलाममा पाँच हजार ४५ अपांग सेवासुविधा लिनबाट वञ्चित

२०७२ असार ११ गते १२:०३

इलाम, ११ असार –अपांगता भएका व्यक्तिका क्षेत्रमा कार्य गर्ने धेरै संघसंस्था भएपनि इलामका पाँच हजार ४५ जना अपांगहरुले राज्यको सेवा सुविधा लिनबाट पाएका छैनन् । राज्यले सञ्चालन गरेको कार्यक्रम लक्षित वर्गसम्म नपुग्दा उनीहरु सेवा सुविधा लिनबाट वञ्चित हुनुपरेको हो । उनीहरुमध्ये कतिपय अभिभावकका कारण...

महाकालीमा पानीको बहाव बढ्दै, दुई लाख २५ हजार क्युसेक पानी पुग्यो

२०७२ असार ११ गते ११:५१

कञ्चनपुर, ११ असार– महाकाली नदीमा पानीको बहाव बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार बिहान ८ बजे गरिएको मापनमा महाकालीमा पानीको बहाव दुई लाख २५ हजार तीन सय क्युसेक पुगेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अभिनारायण...

स्थानीय निकायको निर्वाचन र आमाको नामबाट नागरिकताको सुनिश्चितता गर्न गगन थापाको माग

२०७२ असार ११ गते ११:५०

काठमाण्डु, ११ असार–कांग्रेसका युवा नेता तथा सभासद् गगन थापाले अन्तरिम रुपमा भए पनि स्थानीय निकायको व्यवस्था र आमाको नामबाट नागरिकताको सुनिश्चितता गर्न माग गरेका छन् । शुक्रबार बिहान आफ्नो फेसबुक पेजमा स्टाट्स लेख्दै थापाले लोकतन्त्रलाई समावेशी बनाउन अनिवार्य रुपमा प्रत्यक तहको निर्वाचित निकायमा समाजका...

सर्वोच्चको फैसला आपत्तिजनकः ज्ञवाली

२०७२ असार ११ गते ११:४०

पोखरा, ११ असार –नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले प्रमुख दलहरुबीच भएको १६ बुँदे सहमतिप्रति सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश आपत्तिजनक भएको बताएका छन् । शुक्रबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै सचिव ज्ञवालीले सर्वोच्च अदालतको अन्तरिम आदेशले संविधान निर्माण प्रक्रियालाई अप्ठ्यारो पार्ने खोजेको टिप्पणी गरे ।...

नोबेल मेडिकल कलेजका २० प्रशिक्षार्थी प्रहरी नियन्त्रणमा

२०७२ असार ११ गते ११:१९

मोरङ, ११ असार– विभिन्न माग राख्दै नोबेल मेडिकल कलेजमा एक सातादेखि आन्दोलनरत २० प्रशिक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार २० जना आन्दोलनकारी विद्यार्थीलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । एमबिबिएस प्रशिक्षार्थी विद्यार्थीलाई न्यूनतम तलब...

वर्षा सुरु भएसँगै कैलालीले अप्नायो सतर्कता

२०७२ असार ११ गते ११:१३

कैलाली, ११ असार–दुई दिनदेखिको मनसुनी वर्षासँगै सम्भावित बाढी र डुवानको खतराबाट जोगिन कैलाली जिल्लामा सतर्कता अपनाइएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीअन्तर्गत बनेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले बिहीबार साँझ प्रेस विज्ञप्ति जारी गरी जिल्लावासीलाई वर्षाका कारण सम्भावित बाढी डुवान र पहिरोको खतराबाट सजग...

कस्ता हेडमास्टर ! विद्यार्थी बेहोस हुँदा उपचार हैन पुराण लगाउँछन्

२०७२ असार ११ गते १०:०३

उदयपुर, ११ असार– उदयपुरको पश्चिमी पहाडी गाविस सिरिसे–७ पटनाभञ्ज्याङ माविमा विद्यार्थीहरु एक पछि अर्को बेहोस हुन थालेपछि विद्यालय व्यवस्थापनले पुराणको लगाएको छ । पुराण लगाएपछि बिरामी बिसेक हुन्छन् भन्ने मान्यतामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनकुमार तामाङको नेतृत्वमा पुराण लगाइएको छ । बिरामीको उपचार पुराणबाट...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us