काठमाण्डु १४ असार –काठमाडौँ उपत्यकाका अधिकांश विद्यालयमा पुरानै भवनमा पढाइ सञ्चालन भइरहे पनि ३२ प्रतिशत विद्यालय भवन मात्र सुरक्षित भएको अध्ययनले देखाएको छ । ‘गोरखा भूकम्प’का कारण मुलुकका १४ भन्दा बढी जिल्लाका करिब २० हजार विद्यालय भवनमा क्षति पुगे पनि कतिपय विद्यालयमा प्राविधिक मूल्यांकन...
ललितपुर, १४ असार–अन्तरपार्टी महिला सञ्जालले भूकम्पपीडित महिला तथा बालबालिकाले बसोबास गरिरहेका पालमा यौनजन्य हिंसा भइरहेको जनाएको छ । सञ्जाल ललितपुरद्वारा सोमबार यहाँ आयोजित कार्यक्रममा सञ्जालका केन्द्रीय उपाध्यक्ष एवम् सभासद् ममता गिरीले महिला तथा बालबालिका रहेका स्थानमा सुरक्षाका लागि राज्यको ध्यानाकर्षण गराइन् । भूकम्पको मौका...
काठमाण्डु, १४ असार – राप्रपा नेपालले हिन्दु राष्ट्र, संवैधानिक राजतन्त्रलगायत विषयमा आफूहरुलाई मत विभाजन गर्न नदिए संविधानसभामा अवरोध गर्ने चेतावनी दिएको छ । सोमबार राप्रपा नेपालको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले संघीयताभन्दा पनि स्थानीय स्वायत्त शासन विधिलाई अगाडि बढाउन माग गरेको हो ।...
काठमाण्डु १४ असार –सार्वजनिक प्रशारण सेवा गठनसम्बन्धी गठित कार्यदलले नेपाल टेलिभिजन र रेडियो नेपाललाई समायोजन गरी सार्वजनिक प्रशारण सेवा सञ्चालनका लागि कार्य्विधिको मस्यौदा तयार पारेको छ । चालु आर्थिक वर्ष २०७१÷७२ को बजेटमार्फत ती दुवै सञ्चार संस्थालाई समायोजन गरी सार्वजनिक प्रसारण सेवा गठन गर्ने...
काठमाण्डु, असार १४ – एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चाले प्रदेशको सिमाकंन टुंग्याएर पूर्ण संविधान जारी गर्ने केन्द्रित हुने निर्णय गरेको छ । सोमबार एमाओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको मोर्चाको बैठकले यसअघि प्रमुख तीन दलबीच भएको सहमति अनुसार पहिचानका ५ र समाथ्र्यका ४ आधारमा...
काठमाण्डु, १४ असार–राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोख्रेलले आगामि आर्थिक वर्षको लागि ८४१ अर्बको बजेट ल्याउन तयारी भइरहेको खुलासा गरेका छन । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले दाताहरुले सम्मेलनमार्फत ब्यक्त गरेको प्रतिबद्धताको रकम बाहेक नै सो परिमाणको बजेट ल्याउने तयारी...
काठमाण्डु १४ असार – कृषि विकास बैंक स्वयम्भु शाखामा कार्यरत कर्मचारी केदार गौतमको नेतृत्वको गिरोहले बैंकको ३४ करोड रुपैयाँ रकम अपचलन गरी फरार भएको छ । बैंकको साझा आइडी प्रयोग गरेर उक्त रकम अपचलन गरेको बैंक स्रोतले जनाएको छ । बैंकले गौतम र उनीसँग...
काठमाण्डु, १४ असार–राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त सदस्य सचिव केशव विष्टले आफूमाथि दक्षिण कोरियामा खेलाडी लुकाएको भनी लगाइएको आरोपमा कुनै सत्यता नभएको दाबी गरेका छन् । सोमबार पत्रकारसँग कुरा गर्दै उनले अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि गएका खेलाडी लुक्ने विषयमा कसैले ग्यारेन्टी लिन नसक्ने र आफूले कुनै...
धनगढी, १४ असार –नेपाल विद्युत प्राधिकरण धनगढी शाखाको विद्युत महसुल बाफतको बाँकी बक्यौता रकम चालु आर्थिक वर्षको जेठ महिनासम्म आठ करोड २९ लाख ९४ हजार रुपैयाँ पुगेको छ । विभिन्न शीर्षकमा विद्युत महसुल बाफतको बाँकी बक्यौता रकम मध्ये सबैभन्दा बढी सडक बत्तीको तीन करोड...
भीमदत्तनगर, १४ असार – सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा यार्सागुम्बा टिपेर फर्किने क्रममा सेती नदीमा बगेर चार जना बेपत्ता भएका छन् । काँडा गाविसको यार्सा टिप्ने स्थान श्यानवन र चाल्लावनबाट यार्सा टिपेर घर फर्किने क्रममा सेती नदी तर्दा चार जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय...
सप्तरी, १४ असार–सप्तरी जिल्लाको रौतहट–४ बस्ने अशोक दासको ३ वर्षीया छोरी नन्दनी दास आइतबार रौतहट–५ स्थित पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेकी छिन् । घरमा केही नभएको अवस्थामा बाहिर निस्केकी नन्दनी मृत अवस्थामा भेटिउकी हुन् । प्रहरीले घटनाको बारेमा आवश्यक अनुसन्धन जारी रहेको...
काठमाण्डु, १४ असार – व्यवस्थापिका–संसद्को विकास समितिले आवश्यक ऐन नियमको संशोधन र थप गरी छिटो स्थानीय निकाय निर्वाचनको मिति तोक्न सरकारलाई निर्देशन दिएको छ । समितिको सोमबारको बैठकले आवश्यक ऐन नियम तर्जुमा गरी प्रबन्धकीय व्यवस्थासमेत गरेर निर्वाचनको मिति तोक्न निर्देशन दिएको हो । बैठकमा...