काठमाण्डू, १९ चैत– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् । औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली आज (मंगलबार) बैंकक प्रस्थान गरेका हुन् ।...
काठमाण्डू, १९ चैत– पूर्व मन्त्री एवं एमाले नेता गोकुल बास्कोटाले नेकपा राजावादी आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईंलाई भस्मासुरको संज्ञा दिएका छन् । उनले मंगलबार सामाजिक सञ्जालमा लेख्दै प्रसाईंलाई भस्मासुरको संज्ञा दिएका हुन् । भस्मासुरले जस्तै सबैको टाउकोमा हात राख्न खोज्ने प्रसाईं अहिले मन्दिरतिर नाच्दै गरेको...
काठमाण्डू, १९ चैत– आज (मंगलबार) बसेको प्रतिनिधिसभाको बैठकले सांसद दीपक बोहराको निधनमा शोक प्रस्ताव पारित गरेको छ । संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको हो । ०७९ मंसिर ४ गते भएको निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय प्रजातन्त्र...
काठमाण्डू, १९ चैत– सुनसरीमा बसको ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको हरिनगर गाउँपालिका–३ का ४६ वर्षीय महेशकुमार मेहता रहेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जानकारी दिएको छ । यस्तै मोटरसाइकलमा सवार एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय...
काठमाण्डू, १९ चैत– सरकारले नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चुडामणि चापागाईं नियुक्त गरेको छ । हिजो (सोमबार) बसेको मन्त्रिपरिषदको सोमबार बैठकले उनलाई नेप्से सीईओमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिएका छन । झापाका चापागाईंले लामो समय सानिमा बैंक तथा सानिमा रिलायन्स लाइफ...
काठमाण्डू, १९ चैत– राष्ट्रपति रामचन्द्र पौडेलले आज (मंगलबार) बाट लागू हुने गरी संसद्को हिउँदे अधिवेशन अन्त्य भएको छ । रास्ट्रपति पौडेलले आज राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । सोमबार बसेको क्याबिनेटले अधिवेशन अन्यका लागि राष्ट्रपतिसमक्ष...
काठमाण्डू, १९ चैत– डोटीमा जीपबाट खसेर एक जनाको मृत्यु भएको छ । सिलगढी नगरपालिका–१ को तिखामा दिपायलबाट आदर्श गाउपालिकातर्फ जाँदै गरेको सुपप्र०१–००१ च ४११८ नम्बरको बोलेरो जिपबाट ३४ वर्षीय ज्ञानेन्द्र बहादुर बोहराको मृत्यु भएको प्रहरीले जानकारी दिएका छन । बोहरा सोही जीपका धनी हुन्...
काठमाण्डू, १९ चैत– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर आफ्नो सांसद पद निलम्बन फुकुवाका लागि आग्रह गरेका छन् । आज मंगलबार बिहान सभामुख घिमिरेलाई भेटेर सभापति लामिछानेले यस्तो माग गरेका हुन् । यसअघि...
काठमाण्डू, १९ चैत– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति सभापति रवि लामिछाने सिंहदरवारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्ष पुगेका छन् । आफ्नो सांसद पद निलम्बनका लागि आग्रह गर्न उनी रास्वपाका नेताहरूसहित सभामुखलाई भेटन सभामुखको कार्यकक्षमा पुगेको स्रोतले जानकारी दिएको छ...
काठमाण्डू, १९ चैत– प्रतिनिधि सभाका सदस्य दीपक बोहराको निधन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाण्डूको ओम अस्पतालमा निधन भएको उनका स्वकिय सचिव तारामणि चन्दले जानकारी दिएका छन । ०७९ को प्रतिनिधिसभा निर्वाचन मा...
काठमाण्डू, १८ चैत- केहि समय अधिमात्रै सत्ताको प्रमुख घटक दल नेकपा (एमाले) ले बाट निष्कासित नेता डा. भीम रावल सोमबार नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा देखिएका छन् । गत पुस १० गते एमालेबाट निष्काशनमा परेपछि एकीकृत समाजवादी प्रवेश गर्ने वा नयाँ पार्टी खोल्ने चर्चा...
काठमाण्डू, १८ चैत- पूर्व मन्त्री समेत रहेका एमाले सांसद योगेश भट्टराईले पूर्व राजा ज्ञानेन्द्र शाहले निर्मल निवासबाट केही व्यक्तिलाई माला लगाएर जनताको घर जलाउन पठाएको दाबी गरेका छन । आज (सोमबार)को प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद भट्टराईले यस्तो आरोप लगाएका हुन । एमाले...