
काठमाण्डू, १९ चैत– सुनसरीमा बसको ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको हरिनगर गाउँपालिका–३ का ४६ वर्षीय महेशकुमार मेहता रहेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जानकारी दिएको छ ।
यस्तै मोटरसाइकलमा सवार एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार पूर्व–श्चिम राजमार्गको सुनसरीको इनरुवा नगरपालिका– ६ खण्डमा विराटनगरबाट विरगञ्जतर्फ जाँदै गरेको ना ६ ख २९३१ नम्बरको बसले इनरुवाबाट धरानतर्फ जाँदै गरेको को २५ प ३३७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
मोटरसाइकलमा सवार सुनसरी देवानगंज गाउँपालिका-२ का ५७ वर्षीय गुगली मेहता घाइते भएको पनि प्रहरीले जानकारी दिएको छ । बस चालक सिरहाको लाहान नगरपालिका–१५ का ३४ वर्षीय सुर्यनारायण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।