शोक प्रस्ताव पारित गर्दै संसद् बैठक सकियो

काठमाण्डु टुडे २०८१ चैत १८ गते १२:५३ मा प्रकाशित

काठमाण्डू, १९ चैत– आज (मंगलबार) बसेको प्रतिनिधिसभाको बैठकले सांसद दीपक बोहराको निधनमा शोक प्रस्ताव पारित गरेको छ । संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको हो ।

०७९ मंसिर ४ गते भएको निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट उम्मेदवार बन्दै निर्वाचित भएका बोहराको आज निधन भएको थियो ।

यसैगरी, राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को चैत १८ गते बसेको बैठकको सिफारिसमा मंगलबार राति १२ बजेबाट लागु हुने गरी अन्त्य गरेकोबारे पनि बैठकमा जानकारी गराइयो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us