
काठमाण्डू, १९ चैत– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति सभापति रवि लामिछाने सिंहदरवारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्ष पुगेका छन् ।
आफ्नो सांसद पद निलम्बनका लागि आग्रह गर्न उनी रास्वपाका नेताहरूसहित सभामुखलाई भेटन सभामुखको कार्यकक्षमा पुगेको स्रोतले जानकारी दिएको छ ।
यसअघि गत माघ १८ गते पनि सभामुखलाई भेटेर सभापति लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेका थिए । लामिछाने पुस ८ गतेदेखि सांसद पदबाट निलम्बित भएका थिए ।