काठमाण्डू, १४ वैशाख– देशको संघीय राजधानी काठमाण्डूमा हल्का असिनापानी परेको छ । केहीबेरअघिदेखि बानेश्वर, बबरमहल लगायतका क्षेत्रमा पानीसँगै हल्का असिना पनि परेको हो । पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभावका कारण काठमाण्डू उपत्यका लगायतका धेरै ठाउँमा पानी परिरहेको...
काठमाण्डू, १४ वैशाख– पछिल्लो केहि दिन यता आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँ बानेश्वरमा झडप हुँदा १५ जना शिक्षक घाइते भएका छन् । काठमाण्डूको बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो । आन्दोलनको क्रममा घाइते भएका शिक्षकलाई उपचारको...
काठमाण्डू, १४ वैशाख– प्रतिनिनिधि सभाको बैठकमा सांसद माया राई पक्राउ परेको सूचना सुनाएको छ । सहकारी ठगीमा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएर फरार रहेकी सांसद राई शनिबार पक्राउ परेकी थिइन् । उनी पक्राउ परेको सूचना शनिवार नै संघीय संसद् सचिवालय पुगेको थियो...
काठमाण्डू, १४ वैशाख– ललितपुरको बाँडेगाउँमा रहेको एक सुधार गृहमा राखिएका व्यक्तिको मृत्यु भएपछि प्रहरीले तीन जनालाई पक्राउ गरि अनुसन्धान कार्य सुरु गरेको छ । सिन्धुपाल्चोक स्थायी घर भएका दावा घिसिङको मृत्यु भएपछि प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी...
काठमाण्डू, १४ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले वर्तमान सत्ता गठबन्धन नढलोस् भन्ने आफूहरूको चाहना रहेको बताएका छन । आज (आइतबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपा सांसद झाले यस्तो बताएका हुन । उनले सरकारमा रहेका सत्ता गठबन्धनले गरेका गलत कार्य कतिसम्म...
काठमाण्डू, १४ वैशाख– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारले आफ्नै प्रतिबद्धता अनुसार काम गर्न नसकेको दाबी गरेका छन । आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी सांसद सापकोटाले यस्तो बताएका हुन । सुशासन दिने, सार्वजनिक सेवा प्रवाहमा चुस्तता ल्याउने, संविधान कार्यान्वयन गर्ने...
काठमाण्डू, १४ वैशाख– केहि दिन यता आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँबानेश्वरमा झडप भएको छ । काठमाण्डूको बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो । शिक्षकहरुले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले रोक्न खोजेको थियो । सोही क्रममा...
काठमाण्डू, १४ वैशाख– कांग्रेस सांसद माया राई पक्राउ परेको सूचना संघीय संसद् सचिवालयमा पुगेको छ । आइतबार उक्त सूचना सभामुखले प्रतिनिधि सभामा सुनाउँदैछन् । सांसद राई शनिवार पक्राउ परेकी थिइन् । सांसद राईलाई काठमाण्डूको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको २ अर्ब ६५ करोड रकम हिनामिनामा...
काठमाण्डू, १४ वैशाख– एमाले सांसद ठाकुर गैरेले पूर्वराजा ज्ञानेन्द्र शाह र संवाद सचिव डा. फणिन्द्रराज पाठकलाई कारबाही गर्न माग गरेका छन । शनिबार संवाद सचिवको रुपमा पाठकले संवेदना वक्तव्य जारी गरेको एमाले सांसद गैरेले बताएका छन । उक्त वक्तव्यमा ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर...
काठमाण्डू, १४ वैशाख– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेको जानकारी संसद्लाई गराउँदै छन् । सांसद राई शनिबार साँझ पक्राउ परेकी थिइन् । उनी पक्राउ परेको सूचना संघीय संसद सचिवालय पुगिसकेको छ । सोही सूचना आइतबार सभामुख घिमिरेले सभामा...
काठमाण्डू, १३ वैशाख– इलाममा जेठी सासूको हत्या गरेको आरोपमा प्रहरीले ज्वाइँ पक्राउ गरेको छ । पक्राउ पर्नेमा माई नगरपालिका–४ सिंजालीटारका ४२ वर्षीय शान्तिराम दुलाल रहेको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । उनलाई धारिलो हतियार खुकुरी प्रहार गरी सोही स्थानकी ५२ वर्षीया भूमिका...
काठमाण्डू, १३ वैशाख– प्रहरीले आकर्षक तलबवैदेशिक रोजगारीमा चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डू महानगरपालिका–९ बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका–६ घर भएका ३१ वर्षीय नारायण बस्नेतलाई रहेको प्रहरीले जानकारी दिएको छ । बस्नेतलाई शुक्रबार प्रहरीले...