पूर्वराजा ज्ञानेन्द्रलाई कारबाही गर्न एमाले सांसद गैरेको माग

काठमाण्डु टुडे २०८२ वैशाख १४ गते १२:१२ मा प्रकाशित

काठमाण्डू, १४ वैशाख– एमाले सांसद ठाकुर गैरेले पूर्वराजा ज्ञानेन्द्र शाह र संवाद सचिव डा. फणिन्द्रराज पाठकलाई कारबाही गर्न माग गरेका छन । शनिबार संवाद सचिवको रुपमा पाठकले संवेदना वक्तव्य जारी गरेको एमाले सांसद गैरेले बताएका छन ।

उक्त वक्तव्यमा ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट बक्सेको संवेदना सन्देश’ लेखिएको भनेर उनले सरकारको ध्यानाकर्षण गरे । ‘हिजो १३ गते अत्यन्तै लज्जास्पद र संविधानविपरीतको एउटा वक्तव्य आयो ।

डा. फणिन्द्रराज पाठक संवाद सचिवको नामबाट प्रकाशित भएको वक्तव्य । त्यस वक्तव्यको हेडलाइनमना लेखिएको छ, श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट बक्सेको संवेदना सन्देश’, आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गैरेले भने । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा यस्तो लेख्न नपाइने उनको आग्रह छ ।

‘म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु । नेपालको संविधान र नेपालको आजको व्यवस्थामा श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव भन्ने कहाँ छ ?’ गैरेले प्रश्न गरे, ‘यो लेख्न कसरी सकिन्छ ? यो कसरी सम्भव भयो ? यो पाइन्छ कि पाइँदैन ?’ जो कोहीले संविधानको सर्वोच्चताको ख्याल गर्नुपर्ने उनको आग्रह छ ।

अगाडि भन्छन्, ‘यो संसदको सर्वोच्चता, संविधानको सर्वोच्चता र कानुनी राज्यको उपहास गर्न पाइन्छ कि पाइँदैन । त्यो गरेर यहाँ बस्न पाइन्छ कि पाइँदैन ?’

पूर्वराजा ज्ञानेन्द्र शाह र संवाद सचिव डा. फणिन्द्रराज पाठकलाई कारबाहीको दायरामा ल्याउनुपर्ने सांसद गैरेको आग्रह समेत गरेका छन । ‘यो संवाद सचिवको रुपमा नाम रहेका डा. फणिन्द्रराज पाठक र संवेदना लेख्नका लागि बक्सिने ज्ञानेन्द्र विरविक्रम शाहलाई नेपालको संविधान र कानुन तत्काल कारबाही गरियोस् भन्ने् कुरा यो सदनमार्फत ध्यानाकर्षण गर्न चाहन्छु’, उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us