समाचार

राजसंस्थाको माहोल छ, अन्तिम धक्का दिऔंः कमल थापा

२०८२ वैशाख १५ गते १६:४०

काठमाण्डू, १५ वैशाख– राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनर्स्थापनाको माहोल बनिरहेको भन्दै एकढिक्का हुन सबै नेताहरुलाई आग्रह गरेका छन । अब ‘अन्तिम धक्का’ आवश्यक रहेको भन्दै उनले केही समयका लागि मात्र भए पनि एकढिक्का हुन राजसंस्था पुनर्स्थापनाको पक्षमा भएका नेताहरुलाई आह्वान गरे ।...

पोखरा विमानस्थलको अध्ययन प्रतिवेदनमा गोकुल बास्कोटाको फरक मत

२०८२ वैशाख १५ गते १६:३३

काठमाण्डू, १५ वैशाख– एमाले सांसद गोकुल प्रसाद बास्कोटाले पोखरा विमानस्थलको अध्ययन प्रतिवेदनमा फरक मत राखेका छन् । संसद्को सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको अनियमितताबारे अध्ययन गर्न संसदीय उपसमिति बनाएको थियो । गत असार १४ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

दिल्लीमा बाबुरामले भनेः नेपालीको असन्तुष्टि ओली सरकारसँग हो, लोकतन्त्रसँग होइन

२०८२ वैशाख १५ गते १६:२८

काठमाण्डू, १५ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा देखिएको नागरिक असन्तुष्टि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति रहेको दाबी गरेका छन । भारत भ्रमणमा रहेका भट्टराईले सोमबार द हिन्दूसँगको अन्तर्वार्तामा नेपाली नागरिकको असन्तुष्टि लोकतन्त्रप्रति नभएर...

कमल थापाको सभामा पुगेर लिङ्देनले भनेः पूर्वाग्रह त्यागेर एक बनौं

२०८२ वैशाख १५ गते १६:१३

काठमाण्डू, १५ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सबै देशभक्त र राष्ट्रवादी समूह एकजुट हुनुको विकल्प नभएको बताएका छन । आज (सोमबार) कमल थापा नेतृत्वको राप्रपा नेपालले काठमाण्डूको शान्तिबाटिकामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन । साथै,...

राजावादीको कार्यक्रममा गंगा चौधरीको भड्काऊ भाषण

२०८२ वैशाख १५ गते १६:०४

काठमाण्डू, १५ वैशाख– एमाले पूर्व सांसद गंगा चौधरीले राजावादी मञ्चमा भड्काऊ भाषण दिएकी छन । आज (सोमबार) राप्रपा नेपालले आयोजना गरेको कार्यक्रममा चौधरीले ‘गोली ठोक्नुपर्ने’देखि रगत पिउन मन लाग्नेसम्मका भड्किला अभिव्यक्ति दिएकी हुन । चौधरीले भनिन्, ‘अहिले पनि मेरो परिवारबाट सय डेढ सय जना...

कमल थापाको आरोपः तीनकुनेको प्रदर्शनलाई हिंसात्मक बनाउने काम स्वयं सरकारबाट भएको हो

२०८२ वैशाख १५ गते १५:४६

काठमाण्डू, १५ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने अभियान नयाँ ढंगले अघि बढ्ने बताएका छन । आज (सोमबार) काठमाण्डूको शान्तिवाटीकामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन । सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित...

हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने अभियान नयाँ ढंगबाट बढ्ने छः कमल थापा

२०८२ वैशाख १५ गते १५:४३

काठमाण्डू, १५ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने अभियान नयाँ ढंगले अघि बढ्ने बताएका छन । आज (सोमबार) काठमाण्डूको शान्तिवाटीकामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन । सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित...

राजावादी सभामा पुगेर एमाले छाडेकी चौधरीले भनिन्ः मदन भण्डारीको हत्या भएसँगै जबज त्रिशूलीमा बगिसक्यो

२०८२ वैशाख १५ गते १५:३८

काठमाण्डू, १५ वैशाख– एमालेकी पूर्व सांसद गंगा चौधरीले मदन भण्डारीको हत्या भएसँगै त्रिशूली नदीमा जनताको बहुदलीय जनवाद (जबज) बगेको आरोप लगाएकी छन । आज सोमबार (राप्रपा) नेपालले काठमाण्डूको शान्तिबाटिकामा आयोजना गरेको सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आरोप लगाएकी हुन । चौधरीले शिवसेना नेपालको...

कमल थापाले आयोजना गरेको सभामा पुगे राजेन्द्र लिङ्देन

२०८२ वैशाख १५ गते १५:२९

काठमाण्डू, १५ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन काठमाण्डूको शान्तिवाटीकामा कमल थापा नेतृत्वको राप्रपा, नेपालले आयोजना गरेको सभामा सहभागी हुन भएका छन । उनी केहीबेरअघि मात्रै त्यहाँ पुगेको बताइएको छ । उनीसहित महामन्त्री कुन्ती शाही पनि कार्यक्रममा सहभागी हुन पुगेकी छिन् ।...

राजा नभएको भए प्रचण्ड हुँदैन थिएः केशरबहादुर विष्ट

२०८२ वैशाख १५ गते १५:१८

काठमाण्डू, १५ वैशाख– राष्ट्रिय शक्ति नेपालका अध्यक्ष एवं पञ्चायतकालीन नेता केशरबहादुर विष्टले देशमा राजा नभएको भए पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि नहुने दाबी गरेका छन । आज (सोमबार) काठमाण्डूकोको भृकुटिमण्डपमा राप्रपा नेपालले आयोजना गरेको सभालाई सम्बोधन गर्ने क्रममा...

राजेन्द्र लिङ्देनले बुझाए पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन

२०८२ वैशाख १५ गते १५:०८

काठमाण्डू, १५ वैशाख– पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन संसदीय उपसमिति संसद्को लेखा समितिमा बुझाएको छ । संसदीय उपसमितिका संयोजक एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई बुझाएका हुन । गत असार १४ गते प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले भैरहवा...

उपचारका लागि छुटेका धवल राजावादी आन्दोलनमा

२०८२ वैशाख १५ गते १५:००

काठमाण्डू, १५ वैशाख– स्वास्थ्य उपचारका लागि भन्दै हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवल शम्शेर राणा पनि राजसंस्था पुनर्स्थापनाको आन्दोलनमा सहभागी भएका छन् । उनी राप्रपा नेपालले सोमबार भृकुटीमण्डपमा आयोजना गरेको प्रदर्शन र सभामा सहभागी भएका हुन । गत १५ चैतमा राजावादी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us