
काठमाण्डू, १५ वैशाख– स्वास्थ्य उपचारका लागि भन्दै हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवल शम्शेर राणा पनि राजसंस्था पुनर्स्थापनाको आन्दोलनमा सहभागी भएका छन् ।
उनी राप्रपा नेपालले सोमबार भृकुटीमण्डपमा आयोजना गरेको प्रदर्शन र सभामा सहभागी भएका हुन । गत १५ चैतमा राजावादी समुहले काठमाण्डूको तीनकुनेमा आयोजना गरेको हिंसात्मक आन्दोलनमा सहभागी धवलशम्शेरलाई प्रहरीले पक्राउ गरेको थियो ।
उनलाई स्वास्थ्य उपचारका भन्दै उनी यही वैशाख ७ गते हाजिरी जमानीमा छुटेका थिए । उनीसँगै पक्राउ परेका राप्रपाका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने थुनामै रहेका छन । उनलाई भने स्वस्थ्य अवस्थाको कारण छाडिएको हो ।