कमल थापाले आयोजना गरेको सभामा पुगे राजेन्द्र लिङ्देन

काठमाण्डु टुडे २०८२ वैशाख १५ गते १५:२९ मा प्रकाशित

काठमाण्डू, १५ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन काठमाण्डूको शान्तिवाटीकामा कमल थापा नेतृत्वको राप्रपा, नेपालले आयोजना गरेको सभामा सहभागी हुन भएका छन ।

उनी केहीबेरअघि मात्रै त्यहाँ पुगेको बताइएको छ । उनीसहित महामन्त्री कुन्ती शाही पनि कार्यक्रममा सहभागी हुन पुगेकी छिन् । शान्तिवाटीकामा राजसंस्था पुनर्स्थापनालगायतका माग राख्दै राप्रपा नेपालले प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागी हुन राप्रपाका महामन्त्री धवल शमशेर जबरालगायत पुगिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us