समाचार

हिमालमा देखापर्न थाले कालजारका परजीवि

२०७१ फागुन १६ गते ८:३७

काठमाण्डु,१६ फागुन– तराईमा मात्र देखापर्दै आएको कालाजार सार्ने भुसुना पहाड हुँदै हिमाल चढ्न थालेका छन् । नेपाल स्वास्थ अनुसन्धान परिषद्का सदस्यसचिव डा खेमबहादुर कार्कीले पहाडी जिल्ला भोजपुर र अर्ध हिमाली जिल्ला ओखलढुङ्गामा कालाजारको परजीवी देखापरेको जानकारी दिए । जलवायु परिवर्तनको असर स्वास्थ्य क्षेत्रमा देखाप¥यो,यसको...

राजधानीमा धोती पहिरनमा पदयात्रा

२०७१ फागुन १६ गते ८:१९

काठमाण्डु,१६ फागुन– डिभाइन इन्टरनेसनल युथ एसोसिएसन–मधेस ९डिया मधेस०ले सांस्कृतिक पहिचानलाई संरक्षण गर्ने उद्देश्यले धोती पहिरनमा पदयात्रा निकालेको छ । काठमाण्डुको सहिदढोकाबाट निकालिएको सो यात्रा भद्रकाली,माइतीघर,बिजुली बजार हुँदै नयाँबानेश्वरस्थित संविधानसभा भवन अगाडि सभामा परिणत भएको थियो । यात्रामा सहभागीले समुदायको पहिरन धोती लगाएका थिए ।...

हिमपातका कारण अवरुद्ध विद्युत् सेवा सुचारु

२०७१ फागुन १६ गते ८:०८

हुम्ला,१६ फागुन– हुम्लामा हिमपातका कारण अवरुद्ध विद्युत् सेवा गएरातिबाट सुचारु भएको छ । फागुन १३ गतेदेखि लगातार हिमपात हुँदा हेल्दुम साना जलविद्युत् केन्द्रका दुईवटा खम्बा ढली तार चुँडिएर विद्युत् सेवा अवरुद्ध भएको थियो । हिमपातले गर्दा सम्पूर्ण फोन सेवा पनि बन्द हुँदा सञ्चार सम्पर्क...

वैदेशिक अनुदानका काम असन्तोषजनक

२०७१ फागुन १६ गते ८:०३

काठमाण्डु,१६ फागुन– वैदेशिक सहायतामा सञ्चालित आयोजनाको काम सन्तोषजनक रुपमा नभएको पाइएको छ । सरकारले हालै सार्वजनिक गरेको मन्त्रालयगत मध्यावधि समीक्षामा वैदेशिक अनुदानमा सञ्चालित आयोजनाको काम लक्ष्यअनुसार नभएको पाइएको हो । चालु आवका लागि ७३ अर्ब ३८ करोड ५९ लाख विनियोजन भएकामा छ अर्ब १७...

राजधानीको यातायात आगगमन प्रभावित

२०७१ फागुन १६ गते ७:४८

काठमाण्डु,१६ फागुन– एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाको कार्यक्रमका कारण शनिबार राजधानीको सवारी आवागमन प्रभावित भएको छ । कार्यक्रमलाई लक्ष्य गरी शनिबार बिहान विभिन्न जिल्लाबाट राजधानी आएका कार्यकर्ताका कारण काठमाडौँका कलङ्की,तीनकुने, गौशालालगायत स्थानका मुख्य चोकमा बिहान ९ बजेदेखि चाप देखिन्थ्यो । सर्वसाधारणको चापलाई...

महरा भन्छन्, ‘कार्यकर्ता देखेर सरकार डरायो’

२०७१ फागुन १६ गते ७:२३

काठमाण्डु, १६ फागुन– एकीकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महराले शनिबारको प्रदर्शनबाट सरकार डराएको दाबी गरेका छन् । उनले आफूहरुले शान्तिपूर्ण प्रदर्शन गर्दा पनि सरकार आतंकित भएको दाबी गरे । काठमाण्डुको खुलामञ्चमा आज विहान पत्रकारहरुसँग कुरा गर्दै महराले आफूले प्रहरी प्रमुखलाई नै फोन गरेर शान्तिपूर्ण...

मोर्चाको जुलुस बढ्यो खुल्लामञ्चतर्फ

२०७१ फागुन १६ गते ७:०८

काठमाण्डु, १६ फागुन– सहमतीय संविधानका लागि दबाब दिने भन्दै एकीकृत माओवादीसहितका ३० दलीय मोर्चाले गरेको सभामा सहभागी हुन् विभिन्न ठाउँबाट जुलुसहरु खुल्लामञ्चतर्फ आउने क्रम जारी रहेको छ । राजधानीका विभिन्न ठाउँबाट नारा जुलुससहित मोर्चासम्बध कार्यकर्ता र समर्थक, सुभचिन्तकहरु ठूलो संख्यामा खुल्ला मञ्चतर्फ आइरहेका छन्...

किन घट्दै छन् कोसीमा डल्फिन ?

२०७१ फागुन १६ गते ६:०९

सुनसरी, १६ फागुन– सप्तकोसी नदीमा डल्फिन वार्षिक रुपमा घट्दै गएको छ । कोसी टप्पु वन्यजन्तु आरक्ष कार्यालय सुनसरीका अनुसार चतरादेखि कोसी ब्यारेजको मूलढोकासम्म डल्फिन घट्ने क्रम बढेको हो । स्थानीयवासीले प्रयोग गर्ने तयारी जाल, पानीको वेग पश्चिमी किनारा बगेर जानेलगायत कारण डल्फिनमा ह्वात्तै कमी...

राँगाको आक्रमणबाट गयो यादवको ज्यान

२०७१ फागुन १६ गते ६:०३

सप्तरी, १६ फागुन–देउरी भरुवा गाविस–७ का शिवनारायण यादवको राँगाको आक्रमणबाट मृत्यु भएको छ । यादव शुक्रबार राति गहुँ खाँदै गरेको राँगालाई धपाउन जाँदा आक्रमणमा परेका थिए । राँगाको आक्रमणबाट घाइते यादवलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरिए पनि शनिबार बिहान...

दुर्घटनामा एकको मृत्यु, १२ घाइते

२०७१ फागुन १६ गते ४:५९

इटहरी, १६ फागुन– सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका– ४ का विकास भण्डारीको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ । शुक्रबार साँझ इटहरी उपमहानगरपालिका दक्षिण टान्सपोर्ट लाइनमा तीव्र गतिमा रहेको को १ ख ९००४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमै पल्टिँदा भण्डारी गम्भीर घाइते भएका थिए ।...

बागलुङमा उपनिर्वाचनको चहलपहल सुरु, एमाओवादी र एमाले गरे उमेदवार सिफारिस

२०७१ फागुन १६ गते ४:४९

बागलुङ, १६ फागुन– बागलुङ क्षेत्र नं १ मा हुने संविधानसभा उपनिर्वाचन आउन अब डेढ महिना बाँकी छँदै निर्वाचनको चहलपहल बढेको छ । दलहरु उमेदवार छान्ने काममा व्यस्त हुन थालेका छन् भने कार्यकर्तामा पनि उपनिर्वाचनको चहलपहल सुरु भएको छ । निर्वाचनका लागि एमाओवादी र एमालेले...

एमाओवादी भन्छ ‘डण्डा होइन, झण्डा प्रदर्शन गर्छौं’

२०७१ फागुन १६ गते ४:२५

काठमाण्डु, १६ फागुन– एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आज राजधानीमा हुने शक्ति प्रदर्शनमा लाठी प्रयोग नगर्ने भएको छ । यसअघि एमाओवादीले आजैका लागि भन्दै लाठीसहितका युवाहरुको समूह बनाएको थियो । लाठी जुलुस नगर्न राष्ट्रिय मानवअधिकार आयोगले विपक्षी मोर्चाको ध्यानाकर्षण गराएको थियो । वाइसीएल कार्यबाहक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us