रौतहट, २० चैत– सेवा केन्द्र विस्तारको विरोधमा आन्दोलनमा उत्रिएका सर्वसाधारणमाथि रौतहटमा प्रहरीले दमन गरेको छ । प्रदर्शनकारीलाई लक्षित गरी प्रहरीले अश्रुग्यास र रबरको गोली प्रहार गरेको हो । घटनामा केही स्थानीय घाइते भएका छन् । सदरमुकाम गौरमा रहेको मालपोत, भूमिसुधार र नापी कार्यालय चन्द्रनिगहापुरमा...
भक्तपुर,२० चैत- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म दलहरुबीच सहमति जुटाएर संविधान निर्माण गर्न जोड दिइएको र सहमति जुटाउन दलहरु छलफलमा व्यस्त रहेको बताएका छन् । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव सुब्रमन्यम् जयशङ्करले व्यक्त गरेको चासोमा नेता ओलीले छिट्टै सहमति जुट्नेमा...
काठमाण्डु, २० चैत– अख्तियार दुरुपयोग अनुशन्धान आयोगले वहालवाला सचिवदेखि नेपाल पर्यटन बोर्डका उच्च तहका २३ पदाधिकारीविरुद्ध ६९ करोड भन्दा बढि रकम भ्रष्टाचार गरेको ठहर गर्दै मुद्धा दर्ता गरेको छ । अख्तियारले दायर गरेको मुद्धामा कानून आयोगका सविच रञ्जनकृष्ण अर्याल र वन मन्त्रालयका सचिव शरदचन्द्र पौडेल...
काठमाण्डु, २० चैत–एमालेको भातृसंगठन युवासंघले अरेबियन मुलुक यमनको गृहयुद्धमा फसेका नेपालीलाई उद्धार गरि नेपाल फर्काउन माग गर्दे परराष्ट्रमन्त्री महेन्द्र पाण्डेलाई ज्ञापन बुझाएको छ । युवा संघ काठमाण्डु शाखाका अध्यक्ष नितेश पौडेलको नेतृत्वका गएको टोलीले मन्त्री पाण्डेलाई बुझाएको ज्ञापनमा हाल यमनमा जताततै हवाई आक्रमण भैरहेको...
धादिङ,२० चैत- संयुक्त अनुगमन समितिले राजमार्गका होटलमा गरेको अनुगमनपछि २१ वटा होटललाई सरसफाइ गुणस्तर सुधार गर्न सातदिने चेतावनी दिएको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे नेतृत्वको टोलीले राजमार्गमा सञ्चालनमा ल्याइएका होटलको अनुगमन गरी उनीहरुलाई तत्काल गुणस्तर सुधार गर्न चेतावनीसहितको सातदिने पत्र थमाइएको...
काठमाण्डु, २० चैत– नेपाली कांग्रेसको महाधिवेसन भदौ २४ देखि २८ सम्म तोकिएको छ । अघिल्लो पटक सुशील कोइरालासंग ३३३ मतले सभापति पदमा पराजित भएका शेरबहादुर देउवाले यसपटक पनि उम्मेदवारी दिने पक्का छ । सभापति र अहिले त प्रधानमन्त्रीसमेत रहेको बेला सुशील कोइरालाको प्रभाव महाधिवेसनमा...
भीमदत्तनगर,२० चैत- बितेको १५ महिनामा कञ्चनपुरमा पाँच हजार बढी बेरोजगार युवायुवती विदेश पलायन भएका छन् । देशमा रोजगारीका अवसर नदेखेपछि उनीहरु विदेशिन बाध्य भएका हुन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा रहेको वैदेशिक रोजगार सूचना केन्द्रले दिएको जानकारीअनुसार विसं २०७० माघदेखि हालसम्म पाँच हजार...
काठमाण्डु,२० चैत- मन्त्रिपरिषद्को शुक्रबारको बैठकले सरकारका तर्फबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेल,मुख्यसचिव लीलामणि पौड्याल र प्राध्यापक डा गोविन्द केसी तथा नेपाल चिकित्सक सङ्घका अध्यक्ष प्राडा अञ्जनीकुमार झाबीच बिहीबार भएको सम्झौतालाई अनुमोदन गरेको छ । उक्त सम्झौताअनुसार कार्यान्वयनका लागि आवश्यक काम...
दमक,२० चैत- नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले दोस्रो संविधानसभा कुनै पनि हालतमा असफल हुन नदिने र जेठ १५ गतेभित्रमा लोकतान्त्रिक संविधान जारी हुने ठोकुवा गरेका छन् । झापाको दमकमा नेपाल प्रेस युनियन माईपश्चिम क्षेत्रीय समितिले शुक्रबार गरेको पत्रकार भेटघाट कार्यक्रममा महामन्त्री सिटौलाले वर्तमान...
अछाम,२० चैत- जिल्लाका विभिन्न ठाउँको करिब ३५० हेक्टर सार्वजनिक जग्गा अतिक्रमण भएको पाइएको छ । जिल्लामा सार्वजनिक जग्गा अतिक्रमणको अवस्था नियन्त्रण गर्न पहल भएपनि जिल्लाका कमल बजार,ढुङ्गाचाल्ला,साँफेबगर कुन्तीको सुवाखाद बजार,पुनेपाटा बजार,बतासेखाद बजारलगायत स्थानमा व्यक्तिगत र संस्थागत सार्वजनिक जग्गा अतिक्रमण भएको जिल्ला वन कार्यालय अछामका...
काठमाण्डु, २० चैत– एकीकृत माओवादीको बागलुङ जिल्ला कमिटीले प्रवक्ता दीनानाथ शर्मालाई कारबाही सिफारिस गरेको छ । केही दिनअघि बसेको जिल्ला कमिटी बैकठले शर्मालाई कारबाही सिफारिस गरेको हो । प्रवक्ता र केन्द्रीय समिति दुवैबाट हटाउन आग्रह गर्दै जिल्ला कमिटीले एकमतले निर्णय गरेको एमाओवादी बागलुङ संयोजक...
इलाम,२० चैत-नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले मुलुकमा बढ्दै गइरहेको अस्थिरता अन्त्य गर्न छिटो संविधान निर्माण गर्नाको विकल्प नरहेको बताएकी छन् । नेपाल प्रेस युनियन इलामद्वारा शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा नेत्री कोइरालाले संविधान निर्माणमा जुटेर शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउनुृपर्नेमा जोड दिइन् । ...