कञ्चनपुर, २६ चैत–बाजुरामा रुखमुनि च्यापिएर एक युवकको मृत्यु भएको छ । बुधबार एक्कासि चलेको हावाहुरीपछि रुख ढल्दा च्यापिएर जिल्लाको बडिमालिका नगरपालिका–९ का ३२ वर्षीय डम्मर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । गाउँ नजिकैको जङ्गलमा दाउरा लिन गएको बेला हावाहुरी चलेपछि...
चितवन, २६ चैत– स्वाइन फ्लुका बिरामी घटेपछि चितवनको भरतपुर अस्पतालमा स्थापना गरिएको हेल्प डेस्क हटाइएको छ । बिरामी घटेर हेल्प डेस्क प्रभावविहीन जस्तै भएपछि हटाइएको जनस्वास्थ्य कार्यालय चितवलने जानकारी दिएको छ । सुरुमा अत्यधिक मात्रामा बिरामी आउने गरेकाले उनीहरुको सहजताका लागि फागुनको अन्तिम साता...
इलाम, २६ चैत – आगलागी पीडितका लागि इलाममा सङ्कलन गरिएको राहत रकम बुधबार सम्बन्धित जिल्ला पठाइएको छ । दुई साताअघि ताप्लेजुङ, सप्तरी र उदयपुरमा भएको आगलागी पीडितका लागि सङ्कलित करिब रु सात लाख एक हजार राहत रकम सम्बन्धित जिल्लामा पठाइएको हो । नेपाल...
लहान, २६ चैत – सिरहाको विभिन्न भागमा पति तथा परिवारका सदस्यबाट हुने महिला हिंसाको घटना बढेको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० सिरहाद्वारा बुधबार दिउँसो सिरहाको लहानमा आयोजित मानवअधिकार वर्ष पुस्तक त्रैमासिक पूर्व समीक्षा कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवेदनमा घरेलु महिला हिंसा बढेको...
सिरहा, २६ चैत–सिरहा प्रहरीले अटोमेटिक पेस्तोलसहित एक युवकलाई बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया ५ बस्ने पहलमान मण्डलका २० वर्षीय छोरा घुस्का भन्ने सञ्जय मण्डल रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । मिर्चैयाका प्रहरी निरीक्षक हरी खतिवडाको कमान्डमा खटिएको गस्ती टोलीले...
दोलखा, २५ चैत– दोलखामा एक दम्पत्तिले आफ्नै बुहारीको हत्या गरेका छन् । भुषाफेदा गाविस-६ की १७ वर्षीया लालुमाया तामाङको सासु र ससुरा मिलेर हत्या गरेकी हुन् । लालुमाया आठ महिनाकी गर्भवती थिइन् । प्रहरीका अनुसार हत्यामा ससुरा ५९ वर्षीय असलमान तामाङ र उनकी श्रीमती...
काठमाण्डु, २५ चैत –एमाओवादीका नेता टोपबहादुर रायमाझी र प्रभु साहले बुधबार बिहानै एमाले नेता माधवकुमार नेपाललाई उनकै निवास कोटेश्वरमा भेटेका छन् । तीन दिने आम हड्ताल पहिलो दिन बाटै फिर्ता लिएर भोलिपल्टै नेता नेपाललाई भेट्नुलाई अर्थपुर्णरुपमा हेरिएको छ । त्यति मात्र होईन, एमाओवादीभित्र यो...
ताप्लेजुङ, २५ चैत– पेदाङ–५ बस्ने डिल्ली थुम्दिनकी ९ बर्षीया छोरी विमला थुम्दिन कावेली खोलाले बगाएर बेपत्ता भएकी छन् । मंगलबार दिउसो घरबाट गोठतर्फ जाँदा बाँसको पुल तर्ने क्रममा अचानक पुलबाट खोलामा खस्दा उनी बेपत्ता भएकी थिइन् । प्रहरीले उनको खोजतलास गर्नुको साथै यस सम्बन्धमा...
काठमाण्डु, २५ चैत– अम्बिकादेवी लुइँटेल स्पेन र ग्रीसका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्त भएका छन् । राष्ट्रपति रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषद्को सिफारिस बमोजिम उनलाई नियुक्त गरेका हुन् । यस सम्बन्धमा राष्ट्रपतिको कार्यालयले बुधबार जनाएको छ ।...
काठमाण्डु, २५ चैत–एमाओवादी नेतृ एवं नेता बाबुराम भट्टराई पत्नी हिसिला यमीलाई प्रहरीले पक्राउ गरेको फोटोले अहिले फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा भाईरलको रुप लिएको छ । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले मंगलबार गरेको आम हड्ताल सफल बनाउन बिजुली बजारमा आर्क बनाएर बसेका आन्दोलकारीसँग प्रहरीको झडप...
काठमाण्डु, २५ चैत– विश्व शान्ति र मित्रताको भावना जनाउने उद्देश्यले विश्वको सर्वोच्च शिखर सगरमाथाबाट विश्वका झण्डाहरू फहराइने भएको छ । विश्व शान्ति मितेरी मञ्च नेपालको ‘विश्वशान्ति र मित्रताको लागि सगरमाथा आरोहण–२०१५’ नामक अभियानअन्तर्गत संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूका राष्ट्रिय झण्डा सगरमाथाको सर्वोच्च बिन्दुबाट फहराउन लागिएको...
काठमाण्डु, २५ चैत–नेपालको राजनाीतिका ‘बलात्कार’ शब्द बढी नै प्रयोग हुन थालेको छ । राजनीतिमा जोडिएर आउने ‘बलात्कार’ लाई खास गरी वैचारिक स्खलनको प्रतिबिम्बको रुपमा प्रयोग गर्ने गरिएको छ । एमाले महासचिव ईश्वर पोखरेलले मंगलबार सामाजिक सञ्जाल फेसबुक मार्फत एमाओवादी नेता बाबुराम भट्टराइलाई ‘बलात्कारी’को आरोप...