समाचार

भुकम्पले काभ्रेमा २४ विद्यार्थीको ज्यान लियो

२०७२ वैशाख २५ गते ८:४७

बनेपा,२५ वैशाख-भूकम्पले काभ्रेपलाञ्चोकमा विभिन्न विद्यालयका २४ जना विद्यार्थीको मृत्यु भएको छ । भूकम्पका कारण ५९ वटा विद्यालय पूर्णरुपमा क्षति भएको जिल्ला शिक्षा कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।   मृत्यु हुनेमा देवीटार निम्नमाध्यमिक विद्यालय,देवीटारमा कक्षा ६ मा अध्ययनरत हीरालाल लामा, महाकाली माध्यमिक विद्यालय बालुवापाटी,कक्षा १...

राहत सामग्री बोकेर विप्लव भूकम्पको केन्द्रविन्दु बारपाकतर्फ

२०७२ वैशाख २५ गते ८:३१

काठमाण्डु, २५ वैशाख–नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ भूकम्प पीडितका लागि राहत सामग्री खाद्यान्न र लत्ताकपडासहित गोरखाको बारपाकतर्फ लागेका छन् । महासचिव विप्लवसहित प्रवक्ता खड्कबहादुर विश्वकर्मा, उमा भूजेललगायतको टोली शुक्रबार काठमाण्डुबाट गोरखाको बारपाक हिँडेको हो । विप्लव नेतृत्वको टोलीले भूकम्पको केन्द्रविन्दु बारपाकका पीडितका लागि...

हराइरहेका सैनिकसहित २ जना मृत फेला परे

२०७२ वैशाख २५ गते ८:०७

रसुवा,२५ वैशाख-मैलुङ इलाका क्षेत्रमा हराइरहेका एक सैनिकको शव फेला परेको छ ।   नारायण दल गणका अनुसार माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सडक निर्माण गर्ने क्रममा ल्याइएको विस्फोटक पदार्थको सुरक्षामा तैनाथ कञ्चनपुर घर भएका सिपाही केशव विष्टको शव फेला परेको हो । लाङ्टाङ गाविसमा पहिरोले...

गच्छादारले भने, ‘वर्षायाम लाग्यो, छिटो पीडितलाई राहत देऊ’

२०७२ वैशाख २५ गते ७:५८

विराटनगर,२५ वैशाख-मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले भूकम्पपीडित परिवारबीच राहत प्रदान गर्नेलगायत कार्यका लागि सबै राजनीतिक दल ऐक्यबद्ध भएर लाग्नुपर्ने बताएका छन् । भूकम्पपीडित परिवारको उद्धार र राहत वितरणमा विदेशी मुलुकका साथै विभिन्न दातृनिकायको भूमिका प्रशंसनीय रहेको र प्राप्त सहयोगलाई व्यवस्थित ढङ्गले...

नेपाल दुःखमा हुँदा हामीलाई पनि दुख्छ : भारतीय राजदूत

२०७२ वैशाख २५ गते ७:४५

काठमाण्डु, २५ वैशाख– नेपालका लागि भारतीय राजदूत रञ्जित रेले नेपाल दुःखमा हुँदा भारतीय जनताहरुलाई पनि दुख्ने बताएका छन । वैशाख १२ गते गएको महाविनासकारी भूकम्पमा परेर ज्यान गुमाएकाहरुलाई श्रद्धान्जली दिन स्थानीयले आयोजना गरेको दीप प्रज्वलन तथा श्रद्धाञ्जलि समारोहलाई सम्बोधन गर्दै राजदूत रेले छिमेकी नेपाललाई...

भूकम्पले सगरमाथा हल्लाएको त्यो क्षण

२०७२ वैशाख २५ गते ७:४५

काठमाण्डु,२५ वैशाख-दोलखा गौरीशङ्खर–१ रोल्वालिङका पासाङ तेन्जिङ शेर्पालाई आजकल मोटरसाइकलको आवाज सुन्नासाथ विनाशकारी भुइँचालो आएजस्तै अनुभूति हुन्छ । झन्डै १२ वर्षदेखि पर्वतीय पथप्रदर्शकको काम गर्दै आउनुभएका आरोही शेर्पाको मानसपटलबाट गत वैशाख १२ गते गएको भूकम्पको त्रासदी अझै हटेको छैन । नौ पटक सगरमाथा आरोहण गरिसकेका...

संसदमा राहत र पुनर्वासम्बन्धी सङ्कल्प प्रस्ताव पेस हुँदै

२०७२ वैशाख २५ गते ७:२०

काठमाण्डु,२५ वैशाख-भूकम्पबाट प्रभावित क्षेत्रका जनतालाई राहत दिने र पुनर्वासको व्यवस्था गर्न व्यवस्थापिका–संसद्को शुक्रबार बस्ने बैठकमा सङ्कल्प प्रस्ताव पेस हुने भएको छ । भूकम्पपीडितलाई अल्पकालीन र दीर्घकालीन रुपमा राहत तथा पुनर्वासको व्यवस्थासहित सङ्कल्प प्रस्ताव तयारीका लागि शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार बसेको संसदमा प्रतिनिधित्व गर्ने सबै...

त्रिपालमा पढाउने तयारी, २९ स्वास्थ्य भवन ध्वस्त

२०७२ वैशाख २५ गते ५:५७

गजुरी, २५ वैशाख । भूकम्पले विद्यालय ध्वस्त भएपछि विद्यार्थीको पठनपाठन प्रभावित हुने भएकाले जिल्ला शिक्षा कार्यालयले त्रिपालमुनि भए पनि विद्यालय सुरु गर्ने जनाएको छ ।   जिल्लाका अधिकांश विद्यालय भवन भत्केका छन् । जिल्लाका ५८७ विद्यालयका पाँच हजार ३७३ कक्षा कोठामध्ये दुई हजार ७४६...

माओवादीले लुकाएको बन्दुक भूकम्पले भत्किएको घरको भग्नावशेषमा भेटिएपछि ८० वर्षीय वृद्ध जेल चलान

२०७२ वैशाख २५ गते ५:१८

दोलखा, २५ वैशाख– सशस्त्र द्वन्द्वका क्रममा एमाओवादी लडाकुले लुकाएर राखेको हतियारका कारण दोलखामा एक ८० वर्षीय वृद्ध जेल जाने भएका छन् ।   बुलुङ–८ मुङ्लासाका दिलबहादुर खड्का प्रहरी फन्दामा परेका हुन् । भूकम्पका कारण भत्किएको खड्काको घरमा उद्धरका क्रममा चरिकोटस्थित बर्दबहादुर गणबाट गएको नेपाली...

भूकम्पमा भत्केका पुरातात्विक सामग्री सुरक्षित राख्न आग्रह

२०७२ वैशाख २५ गते ४:१९

  काठमाण्डु, २५ वैशाख – लोटस रिसर्च सेन्टरले वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण भत्केका धार्मिक सम्पदामा रहेका देवमूर्तिलगायत विविध पुरातात्विक सामग्रीलाई सुरक्षित साथ राख्न सहयोग पु¥याउन सबैमा आग्रह गरेको छ । सेन्टरका अध्यक्ष डा भद्ररत्न वज्राचार्यले भत्केका पुरातात्विक मठमन्दिरमा विभिन्न देवमूर्तिलगायत त्यससँग...

छोराले खुर्पाले हान्दा बाबुको मृत्यु

२०७२ वैशाख २५ गते ३:३७

चितवन, २५ वैशाख – पश्चिम चितवनको पटिहानीमा छोराको खुर्पा प्रहारबाट बाबुको मृत्यु भएको छ । मदिरा पिएर आएका मिनबहादुर भण्डारीले हिजो साँझ ७२ वर्षीय बाबु शमशेरबहादुर भण्डारीलाई खुर्पाले हान्दा उनको मृत्युभएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । खुर्पा प्रहारबाट गम्भीर घाइते भण्डारीको भरतपुर अस्पतालमा...

तीन हजार पीडित बस्न रेडक्रसद्वारा अस्थायी आवास निर्माण

२०७२ वैशाख २५ गते ३:३०

भक्तपुर, २५ वैशाख – वैशाख १२ गते आएको विनाशकारी भूकम्पबाट घर भत्किएर घरवारविहीन भएका भक्तपुरका तीन हजार जनालाई आश्रय दिन नेपाल रेडक्रस सोसाइटी भक्तपुरले अस्थायी आवास निर्माण गरेको छ । चिनियाँ रेडक्रसको सहयोगमा भूकम्पबाट बस्ने घरै नहुनेहरूका लागि भक्तपुर रेडक्रसले टेन्टको अस्थायी आवासका निर्माण...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us