ताप्लेजुङ, २६ वैशाख–प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका ताप्लेजुङका मण्डेला लिम्बु प्रहरीलाई गोली प्रहार गरी परार भएका छन् । ताप्लेजुङको सावा गाविस घर भएका लिम्बूलाई पक्रन एकाबिहानै घर घेर्न पुगेको प्रहरी टोलीमाथि फायर गर्दै घरको माथिल्लो तलाबाट हाम फालेर भागेका थिए । प्रहरी नायव उपरीक्षक...
धादिङ,२६ वैशाख-पहाडलाई परेको दुःखमा तराईका आमाहरुले घर घरबाट सहयोग उपलब्ध गराएका छन् । सिरहा जिल्लाका गृहिणीले पहाडमा आइलागेको विपत्तिलाई सामना गर्नका लागि नुन,तेल,चिउरा,आलु,प्याज, कपडालगायत सामग्री सहयोग उपलब्ध गराएका छन् । तराईमा बस्ने गरिबहरुले समेत आफूले सकेको थोरै थोरै सामान पहाडका लागि पठाएका थिए...
काठमाण्डु, २६ वैशाख–एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले विपत्तिको सामना गर्ने आवश्यक तयारी हुन नसक्दा मुलुकले ठूलो विपत्तिको मार खेप्नुपरेको बताएका छन् । व्यवस्थापिका–संसद्को शनिबारको बैठकमा भाग लिँदै उनले मुलुकको भौगोलिक अवस्था र यातायातको कठिनाइका कारण तत्काल उद्धार र राहतका काम सोचेअनुरुप अघि...
काठमाण्डु,२६ वैशाख-प्रधानमन्त्री सुशील कोइरालालाई राष्ट्रिय प्रजातन्त्र पार्टीले महाभूकम्पबाट पीडितलाई राहत प्रदान गर्ने तथा भत्किएका पुनःस्थापना र पुनःनिर्माणलाई तीव्र बनाउनुपर्ने मागसहित एघारबुँदे ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार पार्टी अध्यक्ष पशुपतिशम्शेर जबराले भूकम्पबाट मुलुकले ठूलो धनजनको क्षति व्यहोर्नुपरेको,हजारौँ जनता हताहत हुनुपरेको र लाखौँ...
काठमाण्डु, २६ वैशाख– भूकम्पबाट क्षतिग्रस्त भक्तपुरका विभिन्न संरचनाका फोहरको शनिबार नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलको संयोजकत्वमा बृहत् सरसफाइ गरिएको छ । भक्तपुर नगरक्षेत्रका छ नाकाबाटै बिहान एकै समयमा सुरु भएको सरसफाइबाट भक्तपुर नगरक्षेत्रमा भत्किएका संरचनालाई व्यवस्थित गर्ने, तथा भत्किएर थुप्रिएका संरचना हटाउने कार्य...
म्याग्दी, २६ वैशाख– ढोरपाटन सिकार आरक्ष क्षेत्रमा पछिल्लो समय वन्यजन्तुको चोरी निकासी बढ्दै गएको छ । म्याग्दी, बाग्लुङ र रुकुम जिल्लामा एक हजार १ सय २५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएर रहेको उक्त आरक्षमा सयौँ विभिन्न संरक्षित प्रजातिका जीवजनावर तथा पशुपक्षी चोरी सिकारीको निसानामा पर्न...
कञ्चनपुर, २६ वैशाख – जिल्ला शिक्षा कार्यालय कञ्चनपुरको शुल्क निर्धारण समितिले आफू खुसी शुल्क वृद्धि गर्ने निजी तथा आवासीय विद्यालयलाई कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ । तोकिएको मापदण्डविपरीत आफू खुसी शुल्क वृद्धि गर्ने विद्यालयलाई कारबाही गरिने जिल्ला शिक्षा अधिकारी भीमबहादुर साउदले बताए ।...
काठमाण्डु, २६ वैशाख– यही वैशाख १२ गते विनासकारी महाभूकम्पबाट ७ हजार ९ सय १२ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयले शनिबार बिहान ९ : ५० बजे उपलब्ध गराएको विवरणअनुसार घाइतेको सङ्ख्या १७ हजार ८ सय ७१ पुगेको छ । यस अवधिमा १० हजार...
चितवन, २६ वैशाख– चितवनमा भएको सौराहा खाना महोत्सवबाट छुट्याइएको केही प्रतिशत रकम बालश्रम न्यूनीकरणका लागि जिल्ला बालकल्याण समितिलाई शुक्रबार हस्तान्तरण गरिएको छ । बाँकी बचत रकम भने उज्यालो सौराहा कार्यक्रमअन्तर्गत सोलारबत्ती र वातावरण संरक्षणमा खर्च गरिने कार्यक्रम संयोजक शिरलाल परियारले बताए । उक्त खाना...
पर्वत, २६ वैशाख– प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा पर्वत जिल्लाबाट रु ४२ लाख २१ हजार राहत रकम जम्मा गरिएको छ । जिल्लामा कार्यरत कर्मचारी र सुरक्षाकर्मीबाट राहत रकम जम्मा गरिएको कोष तथा लेखा नियन्त्रण कार्यालय पर्वतले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय, सीप विकास तालिम...
म्याग्दी, २६ वैशाख – शुक्रबार साँझ ५ः३० बजे परेको चट्याङ लागेर पश्चिम म्याग्दीको निस्कोट–६ बेर्नामा एक जनाको मृत्यु भएको छ । घरमै बसिरहेको अवस्थामा पानीसँगै परेको चट्याङले निस्कोट– ६ का १७ वर्षीय यामबहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी चट्याङ...
खोटाङ, २६ वैशाख – वैशाख १२ गतेको विनाशकारी भूकम्पले खोटाङका दुई हजारभन्दा बढी घर पूर्णरुपमा ध्वस्त भएका छन् । जिल्ला दैवीप्रकोप उद्धार समितिको तथ्याङ्कअनुसार हालसम्म दुई हजार ११० घर पूर्णरुपमा ध्वस्त भएको पाइएको छ । यो संख्या अझै बढ्न सक्ने समितिका संयोजक तथा प्रमुख...