समाचार

इन्जिनियरहरु भन्छन्, ‘भवन निर्माण आचारसंहिता कडाइका साथ लागू गर्नुपर्छ’

२०७२ जेठ १५ गते ७:५९

काठमाण्डु, १५ जेठ– संरचना निर्माणका क्षेत्रमा क्रियाशील विभिन्न देशका इन्जिनियरको समूह ग्लोबल टिम अफ स्ट्रक्चरल इन्जिनियर्सले नेपालमा भवन निर्माण आचारसंहिता कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिएका छन् । नेपालमा भूकम्पपश्चात्को क्षतिग्रस्त संरचना सम्बन्धमा अध्ययन गर्न आएको अमेरिका, न्युजिल्यान्ड, अस्ट्रेलियालगायतका देशका इन्जिनियरको समूहले भवन निर्माण...

फेरि ४.८ रेक्टर स्केलको भूकम्पको पराकम्पन

२०७२ जेठ १५ गते ७:५३

काठमाण्डु, १५ जेठ– लगातार भूकम्पको पराकम्पन जाने क्रममा शुक्रबार पनि ४.८ रेक्टर स्केलको पराकम्पन गएको छ ।   शुक्रबार मध्यान्ह १२ बजेर ३० मिनेटमा गोरखा र धादिङ केन्द्रबिन्दु भएको परकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।   विहान ४ रेक्टर स्केल माथिका...

चिसो रसुवाका भूकम्प पीडित बेत्रावतीको तातोमा छट्पटाउँदै

२०७२ जेठ १५ गते ७:४४

नुवाकोट, १५ जेठ– विनाशकारी भूकम्पका कारण गाउँबाट विस्थापित भएर आएका रसुवाका बासिन्दा अहिले बेत्रावतीमा आश्रय लिइरहेका छन् । चिसो बस्तीबाट आएका उनीहरु बेत्रावतीका गर्मीमा सकसपूर्ण दैनिकी बिताउँदैछन् । रसुवाको हाकु–८ र ९ तिरु, गोगने र मैलुङ बेँसीका वासिन्दा भूकम्पले गाउँ उजाड बनाएपछि गेर्खुको बेत्रावतीमा...

भारतमा १५ सय बढीको मृत्यु भएको ‘लु’बाट यसरी बचौँ

२०७२ जेठ १५ गते ७:०८

1. गर्मीमा तरार्यमा लु तातो हावा चल्दा सस्थ्यमा असर पर्न सक्छ । यसको लक्षण देखिए तुरुन्त प्राथमिक उपचार गराउनुपर्छ ।   2. विरामीलाई शीतल तथा छहारीमा राख्ने ।   विरामीको टाउकोमा पानीपट्टी लगाइदिने वा भिजेको कपडाले पुछिदिने ।   3. विरामीको लुगा फुकालेर शरीलाई...

परीक्षा केन्द्रित सामान्यज्ञान प्रश्नोत्तर

२०७२ जेठ १५ गते ६:४०

  १। त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको अवकाश उमेर कति वर्ष हो ? (६३ वर्ष)   २। आठौ च्याम्पीयनसीपको सवॉत्क्रष्ट खेलाडी को हुनर ? (मन्सुर फगिस्यार)   ३। विर अस्पतालले कहिलेबाट जेष्ट नागरिकलाई नि स् शूल्क उपचार सेवा प्रदान गर्न थालेको हो ? (वि.स २०७० वैशाख...

बन्द गरे मृतकका परिवारले यातायात

२०७२ जेठ १५ गते ६:२८

रोल्पा, १५ जेठ– यहाँ बिहीबार भएको जिप दुर्घटनामा ज्यान गुमाएकाका परिवार तथा आफन्तले शुक्रबार बिहानैदेखि यातायात सेवा ठप्प पारेका छन् । चालक र सहचालकको लापर्बाहीका कारण दुर्घटना भएको भन्दै मृतकका आफन्तले विभिन्न माग राख्दै जिल्ला बाहिरिने र जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण यातायातका साधन सञ्चालनमा...

बसन्तपुरको सफाइ गर्न पुगे प्रधानमन्त्री

२०७२ जेठ १५ गते ५:४८

काठमाण्डु, १५ जेठ–प्रधानमन्त्री सुशील कोइराला भूकम्पबाट क्षति भएको विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा भइरहेको सरसफाइ अभियानमा आज सरिक भएका छन् । । भूकम्पबाट पूर्ण रुपमा क्षति भएका त्यस क्षेत्रको पुरातात्विक मठ, मन्दिर, देवालय र दरबारबाट निस्किएका फोहर हटाएर सरसफाइ गर्ने कार्य तीव्रताका...

आज सातौं गणतन्त्र दिवस, भएनन् कुनै औपचारिक कार्यक्रम

२०७२ जेठ १५ गते ५:२०

काठमाण्डु, १५ जेठ – आज जेठ १५ नेपालमा गणतन्त्र स्थापना भएको  ७ वर्ष पुगेको छ ।  गत वैशाख १२ गते आएको विनाशकारी भूकम्पले ठूलो क्षति पु¥याएपछि   आजका दिन  गणतन्त्र दिवसमा औपचारिक तथा अनौपचारिक कार्यक्रम नहुने भएको छ । २०६२र६३ को ऐतिहासिक जनआन्दोलनपछि  २०६५ जेठ...

केपी ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेको छैनः प्रचण्ड

२०७२ जेठ १५ गते ४:३५

काठमाण्डु, १५ जेठ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री प्रस्ताव नगरेको दाबी गरेका छन् । उनले भूकम्पले निम्त्याएको संकट व्यवस्थापन र संविधान जारी गर्ने प्रमुख दुई राष्ट्रिय कार्यभार पुरा गर्न राष्ट्रिय सरकारको आवश्कयतामाथि बहस सुरु भए पनि...

भूकम्पबाट प्रभावित सुत्केरी र किशोरीलाई सहयोग

२०७२ जेठ १५ गते ३:५१

नुवाकोट, १५ जेठ – महिला मानव अधिकार रक्षक र ओरेक नेपालको सहयोगमा नुवाकोट जिल्लाका विभिन्न स्थानमा सुत्केरी र किशोरीलाई विभिन्न सामग्री वितरण गरिएको छ । विनाशकारी भूकम्पले प्रभावित भएका सुत्केरी, गर्भवती र किशोरीलाई स्वास्थ्यसम्बन्धी परामर्शसहित खाद्यान्न, पौष्टिक आहार, लत्ताकपडालगायतका सामग्री वितरण गरिएको हो ।...

म्याग्दीमा बाढीले १० लाखको क्षति

२०७२ जेठ १५ गते ३:४४

म्याग्दी, १५ जेठ – म्याग्दीको सदरमुकाम बेनीसँग सिमाना जोडिएको पर्वत बेनीको गुफाटोलमा पसेको बाढीका कारण रु १० लाख बराबरको भौतिक क्षति भएको छ । गत आइतबार म्याग्दीको राम्चे–९ काफलडाँडाको पहिरोले भगवती–२ बैंसरीमा कालीगण्डकी थुनिएपछि नदी एक्कासी खोलिएर पानीको सतह बढेर आउँदा भौतिक सम्पतिमा क्षति...

भूकम्पबाट क्षतिग्रस्त भवन भत्काउन समस्या

२०७२ जेठ १५ गते ३:२१

काठमाण्डु, १५ जेठ – विनाशकारी भूकम्पबाट राजधानी उपत्यकामा भत्किएका र क्षतिग्र्रस्त भएर जोखिममा रहेका घर भत्काउन अनेक समस्या देखिएका छन् । गत वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका ठूला पराकम्पनबाट मुलुकभर झै काठमाडौँ उपत्यकामा पनि हजारौँ घर क्षतिग्रस्त छन् । यतिखेर घरधनी तथा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us