समाचार

अमेरिका बस्ने सापकोटाले ध्वस्त जन्मभूमिलाई पठाए २६ लाख !

२०७२ जेठ २४ गते १४:२२

पर्वत, २४ जेठ-रोजगारीका सिलसिलामा लामो समयदेखि प्रवासमा रहेका यहाँका एक प्रवासीले आफ्नो जन्मगाउँलाई सम्झेर २६ लाख पठाएका छन् । विनाशकारी भूकम्पले आफू जन्मे हुर्केको गाउँ तहसनहस पारेको खबर पाएपछि पर्वतको ठूलीपोखरी गाविस–१ का भवानीशङ्कर सापकोटाले नगद २६ लाख पठाएका हुन् ।   विगत डेढ...

सुचना प्रविधिमा देशकै नमुना बन्दै इलाम !

२०७२ जेठ २४ गते १४:१०

इलाम, २४ जेठ-गाउँ विकास समितिको कार्यालयलाई स्रोत, साधन र प्रविधिले सुविधा सम्पन्न बनाउन जिल्ला विकास समिति इलामले विशेष पहल सुरु गरेको छ ।   जिल्लाका ४३ गाविस र तीन नगरपालिका सबैमा सम्पर्क गर्न सहज होस् र गाविसबाट प्रदान गरिने सेवा चुस्त दुरुस्त बनोस् भन्ने...

कानुनमन्त्रीले भने,‘द्वन्द्वकालमा बेपत्ता भएका नागरिकलाई पनि मृत्यु सरह मानेर राहतका कार्यक्रम ल्याउँदैछौ ’

२०७२ जेठ २४ गते १३:५९

  पोखरा, २४ जेठ-शान्ति तथा पुनःनिर्माण र कानुन तथा न्यायमन्त्री नरहरि आचार्यले द्वन्द्वकालमा बेपत्ता भएका नागरिकलाई पनि मृत्युसरह मानेर राहत दिइने बताएका छन् ।   स्थानीय शान्ति समिति कास्कीले आइतबार आयोजना गरेको भेटघाट र अन्तक्र्रिया कार्यक्रममा उनले त्यस समयमा ज्यान गुमाएका परिवारले पाउन बाँकी...

मारुती भ्यान दुर्घटनामा राईको मृत्यु

२०७२ जेठ २४ गते १३:३४

विराटनगर, २४ जेठ-मोरङमा आइतबार बिहान मारुती भ्यान कल्भर्टमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।   धरान– १८ बस्ने राजन राईकी श्रीमती ३५ वर्षीया मीना राई गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दामा बाटोमै मृत्यु भएको...

अधिकांश प्रहरी युनिट भाडाको घरमा

२०७२ जेठ २४ गते १३:३३

  भीमदत्तनगर, २४ जेठ– बैतडी जिल्लाको शान्ति सुरक्षाका लागि अहिले जिल्लाभरि प्रहरीका ३० वटा युनिट स्थापना भएका छन् । नागरिकको सुरक्षार्थ स्थापना भएका अधिकांश प्रहरी युनिट भाडामा सञ्चालन हुँदा प्रहरीले वार्षिक आठ लाख ४९ हजार घरभाडामा खर्च गर्नुपरेको छ ।   पछिल्लो समय प्रहरीलाई...

पूर्व सांसद् कोइरालाको निधन

२०७२ जेठ २४ गते १२:२९

दमक, २४ जेठ– पूर्व सभासद् तथा समाजसेवी डा गोपालप्रसाद कोइरालाको निधन भएको छ । गएराति विराटनगरमा ८२ वर्षको उमेरमा उनको निधन भएको हो । भोजपुरमा जन्मनुभएका डा कोइराला २०२८ सालदेखि दमकमा स्थायी बसोबास गर्दै आएका थिए । दमकलाई कर्मथलो बनाई चिकित्सा सेवाबाट जीवन सुरु...

आइतबार सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्पको पराकम्प

२०७२ जेठ २४ गते ११:४२

काठमाण्डु, २४ जेठ–आइतबार बिहान ११ बजेर २ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्पको पराकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । शनिबार बेलुका ८.४५ बजे  दोलाखालाई केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको पराकम्प गएको थियो । केहीदिन यता भूकम्पको पराकम्प कम महसुस...

एमाओवादीका प्रमुख सचेतक पोखरेल भन्छन्, ‘संविधान बनाउन अतिद्रुत विधि चाहिन्छ’

२०७२ जेठ २४ गते ११:११

महोत्तरी, २४ जेठ–एमाओवादीका सचिव तथा प्रमुख सचेतक गिरिराजमणि पोखरेलल नयाँ संविधान निर्माण गर्नका लागि प्रमुख दललाई द्रूत विधिभन्दा अतिद्रुत विधि अपनाउनुपर्ने बताएका छन् । गृह जिल्ला महोत्तरी आएका एमाओवादी नेता पोखरेलले आइतबार बिहान पत्रकारसँग कुरा गर्दै राष्ट्रिय सङ्कटसँग सामना गर्नका लागि राष्ट्रिय सहमतिको सरकारभन्दा...

न्यूरोडका व्यापारीले २३ लाखको राहत दिए

२०७२ जेठ २४ गते १०:३२

काठमाण्डु, २४ जेठ – न्युरोड व्यापार सङ्घ खिचापोखरीले भूकम्प प्रभावित विभिन्न जिल्लामा करिब २३ लाखको राहत सामग्री उपलब्ध गराएको छ । काठमाण्डुका शङ्खरापुर नगरपालिका–४ डाँडाकटेरी, काभ्रेपलान्चोकका नाला र टुकुचा, नुवाकोटका जिलिङ र रातामाटे गाविस तथा सिन्धुपाल्चोकका ठोकर्पा, फुल्पिङकट्टी, भोटेचौरलगायत विभिन्न ग्रामीण भेगका भूकम्पपीडितलाई चामल,...

महोत्तरीमा नागरिकताको प्रतिलिपि लिन पहिले सर्जमिन गर्नु पर्ने बाध्यता

२०७२ जेठ २४ गते ९:३३

महोत्तरी, २४ जेठ– महोत्तरीमा अभिलेख च्यातिएकाले सहज रूपमा सेवाग्राहीलाई नागरिकता र राहदानी बनाउन झन्झट हुने गरेको छ । जिल्ला प्रशासन कार्यालय जलेश्वर, इलाका प्रशासन कार्यालय गौशाला र एकीकृत सेवा केन्द्र बर्दिवासका नागरिकताका रजिस्ट्रर र फाइल च्यातिएको, केरमेट भएको, तस्बिर उप्किएको र अक्षर नबुझ्ने भएको...

मोफसलको साहित्यमा ध्यान दिन आग्रह

२०७२ जेठ २४ गते ८:४३

बुटवल, २४ जेठ – नेपाल प्रज्ञा–प्रतिष्ठान र सिद्धार्थ साहित्य परिषद्को आयोजनामा सम्पन्न विचारगोष्ठीले मुलुकको भाषासाहित्यमा भूमण्डलीकरणले नाङ्गो हस्तक्षेप गरेको निष्कर्ष निकालेको छ । ‘गणोतन्त्रोत्तरकालीन नेपाली कविताका प्रवृत्ति’ विषयको दुईदिने विचारगोष्ठीमा प्रज्ञा–प्रतिष्ठान साहित्य ९पद्य० विभागका संयोजक अमर गिरीले दृष्टिकोण स्पष्ट नभएको कविता उत्पादनमूलक नहुने बताए...

तीन गाविसका वृद्धलाई जनही ७ हजार नगद

२०७२ जेठ २४ गते ८:२२

नुवाकोट, २४ जेठ– भूकम्पबाट अति प्रभावित नुवाकोटका तीन गाविसका वृद्धलाई एक संस्थाले नगद राहत प्रदान गरेको छ । गोस्र्याङ, रातमाटे र गेर्खु गाविसका ६० वर्षमाथिका भूकम्प प्रभावित ज्येष्ठ नागरिकका ७८१ परिवारलाई जनही सात हजारका दरले वितरण गरिएको हो । हेल्पएज इन्टरनेसनल नेपालको सहयोगमा सामुदायिक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us