विराटनगर, ९ असार– एमाले नेता सुरेन्द्र पाण्डेले दलहरुबीचको १६ बुँदे सहमति सत्ताकै लागि गरिएको स्विकार गरेका छन् । बुधबार विराटनगरमा आयोजित एक कार्यक्रममा पाण्डेले राजनीति गर्नेले सत्ताको आकांक्षा वा भागबण्डा गनुलाई स्वभाविक ठान्न आग्रह गरे । ‘राजनीति भनेकै सत्ताका लागि गर्ने हो’, पाण्डेले भने,...
प्यूठान, ९ असार– मध्यपश्चिम तथा सुदूरपश्चिमको राजस्व अनुसन्धान कार्यालयले जिल्लाका प्रमुख व्यापारिक केन्द्रमा अनुगमन र कारोबारको आर्थिक हिसाबको छानबिन सुरु गरेसँगै यहाँका मुख्य व्यापारिक केन्द्र दुई दिनदेखि बन्द भएका छन् । राजस्व अनुसन्धान कार्यालयले व्यवसायीले करको दायराभन्दा बाहिरबाट कारोबार गरेको र कर छलि गरेको...
काठमाण्डु, ९ असार–पूर्वअर्थमन्त्री डा. प्रकाश चन्द्र लोहनीले सरकारले प्रस्तुत गर्ने प्रतिवेदनबाटै दाता सम्मेलनमा छलफल सुरु हुने भएकोले सरकारले कसरी खर्च गर्छ र त्यसको संयन्त्रको विषयमा विश्वास दिलाउन सक्नु पर्ने धारणा राखे । उनले राजनीतिक स्थिरता भएको भागबण्डा नहुने मुलुकमा पुनर्निर्माण सफल हुने उदाहरण प्रस्तुत...
काठमाण्डु, ९ असार–पूर्वअर्थमन्त्री वर्षामान पुन अनन्तले १६ बुँदे सम्झौतापछि संविधान बनाउँदै पुनर्निर्माणमा गर्ने भन्ने प्रतिवद्धता आएकोले यसले विश्वास बढाउने दावी गर्दै दाता सम्मेलनको लागि तयारी भने पूरा हुन नसकेको गुनासो गरे । बुधबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै अनन्तले सरकारका मन्त्रीहरुबीच तालमेल नहुँदा समस्या उत्पन्न...
काठमाण्डु, ९ असार-पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीले दाता सम्मेलनमार्फत नेपाल लगानी र पर्यटनको लागि सुरक्षित छ भन्ने सन्देश सम्मेलनमार्फत दिन सक्नुपर्ने बताएका छन् । दाता सम्मेलन अन्तर्राष्ट्रिय मानवताको सम्मेलन भएकाले यसमा माग्न सम्मेलन गरेको भनेर हीनताबोध गर्नुपर्ने आवश्यकता नभएको अधिकारीको भनाई थियो । बुधबार रिपोटर्स कल्बमा...
कठमाण्डु, ९ असार-बिहीबार आयोजना हुने नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन चीनका विदेशमन्त्री वाङ यी बुधबार अपराह्न विशेष विमानबाट काठमाण्डु आइपुेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री वाङलाई नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताई, परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव शङ्करदास वैरागी, उक्त मन्त्रालय...
चितवन, ९ असार-चितवनको विभिन्न क्षेत्रका भूकम्पपीडितको स्थानान्तरणका लागि धमाधम घर निर्माण सुरु भएको छ । काउले– ९ गोछिवाङका २४ घरपरिवारलाई चितवनको शक्तिखोर र जुटपानी सिमानामा पर्ने स्कुलको चौरमा राख्ने निर्णय भएसँगै धर निर्माणले तीव्रता पाएको हो । गाउँले आफैँ घर निर्माणमा सक्रिय...
काठमाण्डु, ९ असार– भर्खरैमात्र ट्वीटरमा जोडिएका प्रधानमन्त्री सुशील कोइरालाको ट्वीटर एकाउन्ट ह्याक भएको छ । बुधबार बिहान प्रधानमन्त्रीका प्रेस सल्लाकार प्रतीक प्रधानले सो एकाउन्ट ह्याक भएको जानकारी दिएका हुन् । पछिल्लो समय ट्वीटरमा आफ्ना गतिबिधि सार्वजनिक गरिरहेका कोइरालाको ट्वीकार किन र कसले ह्याक गर्यो...
महोत्तरी, ९ असार-महोत्तरीको सिमरदही–९ बहुअर्वाका खुरसैद कवारीको श्रीमती सविना खातुन आफ्नै देवर र देउरानीबाट बोक्सीको आरोप लागी मरणासन्न हुने गरी मङ्गलबार कुटिएकी छिन् । भैँसीले दूध नदिएको निहुँमा मङ्गलबार पीडितका देवर जीवरइल कवारी देउरानी जैलम खातुन र अमिना खातुनले पीडितलाई लाठी र बन्चरोले...
काठमाण्डु, ९ असार– लिपुलेकको सम्बन्धमा चीन र भारतका बीचमा भएको सहमतिप्रति नेकपा मसाल, नेकपा–माओवादीलगायतका १२ दल एक ठाउँमा उभिएका छन् । बुधबार यी १२ पार्टी एक ठाउँमा उभिएर लिपुलेकका सम्बन्धमा भएको सम्झौताप्रति आफूहरुको ध्यानाकर्षण भएको बताएका छन् । लिपुलेक ऐतिहासिक तथ्यका आधारमा र नेपाल र...
काठमाण्डु, ९ असार– विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा दुई दर्जन भन्दा बढी कार्यकर्ता प्रहरीले नियन्त्रणमा लिएको छ । लिपुलेक संझौता खारेज गर्न माग गर्दै शान्तिपूर्ण प्रर्दशनीमा उत्रिएका नेकपा माओवादीका कार्यकर्ताको जुलुसलाई रोक्न खोज्दा प्रहरीसँग झडप भएको थियो । झडपमा ८...
झापा,९ असार-आफ्नै अभिभावकले एक बालकलाई जबर्जस्ती विद्यालय पठाउने प्रयास गर्दा अपहरण भएको आशङ्कामा प्रहरी र अन्य अभिभावकले बुधबार तीन घन्टा हैरानी व्यहोर्नु प¥यो । झापाको भद्रपुर—१२ का लक्ष्मण कपुरीका १३ वर्षीय छोरा विशाललाई चन्द्रगढीस्थित प्रज्ञा एकेडेमीमा बुधबार विहान ८ बजे स्कुल पु¥याउन मोटरसाइकलमा लानेक्रममा...