काठमाण्डु, ९ असार-नेपाल नागरिक समाज (नेनास) ले सरकारले व्यवस्थापिका–संसद्मा पेस गरेको पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिइने विधेयक फिर्ता गर्न माग गरेको छ । सरकारले भर्खंरै पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख, पूर्वप्रधानन्यायधीशलगायत विशिष्ट पदाधिकारीलाई सरकारी आवास, सवारी साधन, सचिवालयसहितका सुविधा आजीवन प्रदान गर्ने विधेयक व्यवस्थापिका–संसद्मा पेस गरेको...
काठमाण्डु, ९ असार-भारतका विदेशमन्त्री सुष्मा स्वराजले भूकम्पपछिको पुनःनिर्माणका लागि आफ्नो मुलुक नेपाल सरकार र नेपाली जनताका साथ सदैव रहने बतएकी छन् । बाह्य सहायता जुटाउने उद्देश्यले बिहीबार आयोजना हुने ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ मा भारत सरकारको प्रतिनिधित्व गर्दै बुधबार साँझ काठमाण्डु आइपुगेकी उनले...
काठमाण्डु, ९ असार-बिहीबार हुने नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका विभिन्न देशका विदेशी पाहुनाले बुधबार दिउँसो हनुमान ढोका दरबार क्षेत्रको अवलोकन गरेका छन् । भूकम्पले सम्पदा क्षेत्रमा पारेको क्षतिको स्थलगत अवलोकन गर्न स्वीडेन, थाइलैन्ड, पाकिस्तानलगायत देशका विशिष्ट पाहुनाले दरबार क्षेत्रको अवलोकन...
सिन्धुपाल्चोक, ९ असार-जिल्लाको कुञ्चोक गाविसमा घरले पुरिएर बुधबार अपरान्ह दुई वृद्धको मृत्यु भएको छ । अर्का एक वृद्ध गम्भीर घाइते भएका छन् । यो घटनामा परेर कुञ्चोक गाविस–५ का ८२ वर्षीय डम्मरबहादुर न्यौपानेको घटनास्थलमै र अर्का ८६ वर्षीय गणेशबहादुर थापाको उपचारका लागि अस्पताल...
काठमाण्डु, ९ असार– नेकपा एमालेका अध्यक्ष केपी ओलीले संविधान बन्न नदिनेहरु राष्ट्रघाती भएको आरोप लगाएका छन् । बिहिबार पार्टीको राष्ट्रिय पुननिर्माण अभियान अन्तर्गत एमाले काठमाडौं क्षेत्र नम्बर ३ का स्वयंसेवकहरुले निर्माण गरेको गोकर्णेश्वर नगरपालिका–७ स्थित सुन्ताखान माविको अस्थायी टहरा हस्तान्तरण गर्दै अध्यक्ष ओलीले मुलुकमा...
रुपन्देही, ९ असार–बुटवल उपमहानगरपालिकाको मोतीपुरमा एक १७ वर्षीया युवती मृत अवस्थामा भेटिएकी छन् । उपमहानगरपालिका –१ बस्ने १७ वर्षीया गंगा थारु सोही उपमहानगरपालिका–१९ मोतीपुरमा बुधबार मृत अवस्थामा फेला परेकी हुन् । उनको के कारणले मृत्यु भयो भन्ने विषयमा अहिलेसम्म केही खुल्न सकेको छैन ।...
नुवाकोट, ९ असार–वैशाख १२ को भूकम्पमा परी चर्किएको एक घर भत्काउने क्रममा एकको मृत्यु भएको छ भने दुई जना घाइते बनेका छन् । बिदुर नगरपालिका–२ स्थित फाम हाउस होटेलको भवन भत्काउने क्रममा पुरिएर फाममा काम गर्ने नुवाकोट गेर्खु–७ की १८ वर्षीया संगीता तामाङको घटनास्थलमै...
मोरङ, ९ असार– विराटनगरको कोशी अञ्चल अस्पतालले एक करोड पाँच लाख विद्युत महसुल तिरेको छैन । बिगत दुई वर्षदेखि अस्पतालका विभिन्न बिभागमा प्रयोग गरिएको विद्युतको महसुल नतिरेको विद्युत प्राधिकरणले जनाएको छ । बिद्युत प्राधिकरण विराटनगरले शाखाले १५ दिन भित्र महसुल नबुझाए बिद्युत कटौती गर्ने...
काठमाण्डु, ९ असार– स्थानिय निकायको संरचना र प्रदेशको निर्वाचन प्रणालीको बारेमा विवाद भएपछि मस्यौदा समितिले अझै पहिलो मस्यौदा तयार पार्न सकेको छैन । दलहरुले गरेको १६ बुँदे सहमतिको मर्म अनुसार नै मस्यौदा तयार पार्न समितिले कार्यदल बनाएर केही दिनदेखि छलफल जारी राखेपनि प्रारम्भिक मस्यौदाको...
काठमाण्डु, ९ असार– बुधबार दुई दिनपछि सिन्धुपाल्चोक केन्द्रबिन्दु भएकर भूकम्पको पराकमपन गएको छ । दिउँसो २ बजेर ५९ मिनेट जाँदा ४ रेक्टर स्केलको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि सोमबार ४ रेक्टर स्केलको दोलखा केन्द्र भएको धक्का गएको थियो ।...
गौशाला, ९ असार-चर्को घामसँगै अत्यधिक गर्मीका कारण महोत्तरी जिल्लाका विभिन्न गाउँ–ठाउँमा दादुरा रोगको प्रकोप देखा परेको छ । जिल्लामा बदलिँदो मौसमसँगै आएको हावाहुरी र प्रचण्ड घामका कारण हावापानी दुषित भई विभिन्न गाविस तथा नगरपालिकामा दादुराका रोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको...