समाचार

विद्यार्थी संगठनले प्याब्सन र एनप्याब्सनका पदाधिकारीकै विद्यालयबाट शुल्कबारे अनुगमन सुरु गर्ने

२०७२ असार १० गते १२:३७

काठमाण्डु, १० असार–वैशाख महिनाको आधा शुल्क मिनाहा गर्ने सहमति निजी विद्यालयले कार्यान्वयन नगरेको पाइएको भन्दै विद्यार्थी संगठनहरुले बिहीबारदेखि आफैँ अनुगमन सुरु गरेका छन् । भूकम्पका कारण बन्द भएकाले एक महिनाको आधा शुल्क मिनाहा गर्ने यसअघिको सहमति कार्यान्वयन गराउन अनुगमन गर्न थालिएको नेविसंघका प्रवक्ता युपी...

घट्दै छन् सरकारी विद्यालयमा पढ्ने, ५५ विद्यार्थी पाँच शिक्षक

२०७२ असार १० गते १२:०८

दाङ, १० असार–सरकारी विद्यालयमा पढ्ने विद्यार्थीको सङ्ख्यामा निकै कम रहेको तुलसीपुर नगरपालिका–१० क्वाङीमा रहेको जनकल्याण प्राविले पुष्टि गरेको छ । विसं २०५७ मा स्थापना भएको सो विद्यालयमा अहिले ५५ जना मात्र अध्ययनरत छन् । तुलसीपुर नगरपालिकाले सो विद्यालयमा भौतिक पूर्वाधार निर्माणका लागि रु एक...

पुनर्निर्माण र पुनस्र्थापनाको यात्रामा सघाउन अन्तर्राष्ट्रिय समुदायलाई प्रधानमन्त्रीको आग्रह

२०७२ असार १० गते ११:५७

काठमाण्डु, १० असार–प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पबाट भएको अकल्पनीय क्षतिपछिको पुनर्निर्माण एवम् पुनस्र्थापनाको यात्रामा नेपाल लम्किएको बताउँदै त्यसमा सक्दो सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् । भूकम्पबाट उत्पन्न विषम परिस्थिति तथा देशलाई पुनर्निर्माण एवम् विकासको बाटोमा अझ प्रभावकारी ढङ्गले अघि बढाउने नेपालको अभियानमा सहभागिताका...

प्रधानमन्त्रीले आधा घण्टा कुराए पाहुनालाई

२०७२ असार १० गते ११:३०

काठमाण्डु, १० असार– नेपालका नेताहरु समयको ख्याल गर्दैनन् । जतिसुकै महत्वपूर्ण कार्यक्रम भएपनि नेताहरुले समयको ख्याल नगर्दा सहभागीहरुले अनावश्यक तनाव भोग्नुपर्छ । सानातिना देखि अन्तर्राष्ट्रिस्तरका फोरमहरुमा सहभागी हुदाँ पनि नेपाली नेताहरुले समयको ख्याल नगर्दा धेरै मानिसको समय खेर जान्छ । बिहिबार बिहान ८ बजे शुरु...

भारतद्वारा नेपालको पुनर्निर्माणमा दुई खर्ब सहुलियत ऋण र एक खर्ब अनुदान सहायता घोषणा

२०७२ असार १० गते १०:५०

काठमाण्डु, १० असार–भारतले भूकम्पपछिको नेपालको पुनःनिर्माण, पुनःस्थापना र नवनिर्माणमा सघाउन करिब रु तीन खर्ब प्रदान गर्ने घोषणा गरेको छ । राजधानीमा जारी ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ को उद्घाटन समारोहमा भारतका विदेशमन्त्री सुष्मा स्वराजले उक्त घोषणा गरेकी हुन् । भारत–नेपाल सम्बन्धलाई ‘रोटी–बेटी’ का रुपमा...

चीनले दिने भयो नेपाललाई ६७ अर्ब

२०७२ असार १० गते १०:४०

काठमाण्डु, १० असार– उत्तर छिमेकी चीनले भूकम्पछिको पुनर्निर्माण र पुनस्र्थापनाका लागि नेपाललाई ६७ अर्ब रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । राजधानीमा बुधबार सुरु दाता सम्मेलनलाई सम्बोधन गर्दै चिनिया विदेशमन्त्री  वाङ यी ले ४.७ अर्ब युनान अर्थात करिब ७६ अर्ब रुपैयाँ सहयोग घोषणा गरेका हुन् । उनले...

भूकम्पका कारण अमेरिकाले दियो गैरकानुनी नेपालीलाई काम गर्ने अधिकार

२०७२ असार १० गते ९:२०

काठमाण्डु, १० असार– अमेरिकाले गैरकानुनी रुपमा अमेरिका छिरेका र भिसा अवधि जुगारेर बसेका नेपालीहरुका लागि काम गर्ने अनुमति दिने भएको छ । गैरकानुनी रुपमा बसेका नेपालीलाई काम गर्न पाउने गरी त्यहाँको सरकारले ‘टेम्पोरेरी प्रोटेक्टेड स्टेटस’ प्रदान गर्ने घोषणा गरेको छ ।   त्यहाँस्थित नेपाली...

पाँचथरमा एक नगरपालिकासहित ३० गाविस साक्षर घोषणा

२०७२ असार १० गते ९:११

  पाँचथर, १० असार – पाँचथर जिल्लामा अहिले धमाधम साक्षर गाविस घोषणा गर्न थालिएको छ । अहिलेसम्म एक नगरपालिकासहित ३० वटा साक्षर गाविस घोषणा भइसकेको जिल्ला शिक्षा कार्यालय पाँचथरले जनाएको छ । जिल्लामा भएका १५ देखि ५९ वर्ष उमेरका १४ हजार ८०३ निरक्षरलाई अहिले साक्षर घोषणा...

भूकम्पमा मरेकाको सम्झना गर्दै सुरु भयो दाता सम्मेलन

२०७२ असार १० गते ९:०५

काठमाण्डु, १० असार– भूकम्पपछि भत्किएको संरचना पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय दाता सम्मेलन राजधानीमा बुधबार सुरु भएको छ ।     सोल्टी होटलमा सुरू सम्मेलनको प्रधानमन्त्री सुशील कोइरालाले उदघाटन गरे । सम्मेलन आरम्भमा भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो ।    ...

विदेशी संस्थाको सहयोगमा म्याग्दीमा बन्यो भूकम्प प्रतिरोधात्मक विद्यालय

२०७२ असार १० गते ८:५५

म्याग्दी, १० असार – विदेशी संस्थाको सहयोगमा म्याग्दीको बेग–९ तिप्ल्याङमा पाँचकोठे विद्यालय भवन निर्माण भएको छ । तिप्ल्याङको कालिका निमाविमा (बेलायतको ह्यान्डस टुगेडर तिप्ल्याङ) परियोजनाको सहयोगमा भूकम्प प्रतिरोधात्मक क्षमताको भवन निर्माण भएको हो । बेलायतका नागरिकले सञ्चालन गरेको परियोजनाले भवन बनाउन रु ३१ लाख सहयोग...

हिंसापीडित दुई महिलालाई आर्थिक सहयोग

२०७२ असार १० गते ८:५१

खोटाङ, १० असार – जिल्लाका हिंसापीडित दुई महिलालाई आर्थिक सहयोग गरिएको छ । हिंसामा परी सामाजिकरुपमा बहिस्करणमा परेका दुई महिलालाई महिला तथा बालबालिका कार्यालय खोटाङले आर्थिक सहयोग गरेको हो । जबर्जस्ती करणीमा परेकी बाक्सिलाकी एक महिलालाई रु १० हजार र घरेलु हिंसापीडित दिक्तेल–७ की सविता...

सिके राउत फेरि प्रहरी फन्दामा

२०७२ असार ९ गते २०:०३

सिराह, ९ काठमाण्डु– तराई स्वतन्त्र हुनु पर्छभन्दै कडा अभिव्यक्ति दिदै आएका डा. सिके राउतलाई बुधबार प्रहरीले लहानबाट पक्राउ गरेको छ । भूकम्पले तराईमा पारेको असरबारेको कार्यक्रममा भाग लिन जान लागेको अवस्थामा राधाकृष्ण अतिथी सदनबाट उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us