काठमाण्डु, ८ असार–प्रधानमन्त्री सुशील कोइरालाले नेपाल संविधान निर्माणका साथसाथै पुनर्निमाणको मार्गमा अगाडि बढेको बताएका छन् । प्रधानमन्त्री कोइरालाले मंगलबार बिहान भूकम्प पीडितहरुका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम प्रदान गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आएको कान्तिपुर मिडिया ग्रुपको समूहको राहत रकम बुझ्दै आफू...
काठमाण्डु, ८ असार–एमाले अध्यक्ष केपी शर्मा ओलीले अदालतको काम राजनीति गर्ने नभएको बताएका छन् । नियमित स्वास्थ्य परीक्षणपश्चात थाइल्यान्डबाट फर्किएका ओलीले मंगलबार दिउँसो त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै राजनीतित गर्ने काम नेताहरुको भएको भन्दै अदालतले राजनीति गर्न नहुने बताए । संविधान निर्माणको वातावरण बनिरहेको...
पाँचथर, ८ असार– गर्मी बढेसँगै जिल्ला अस्पताल पाँचथरमा बिरामीको चाप बढ्न थालेको छ । गर्मीका कारण ज्वरो, टाइफाइड, झाडापखाला, आँउ, हैजालगायत बिरामीको सङ्ख्यामा वृद्धि भएको जिल्ला अस्पताल पाँचथरले जनाएको छ । अस्पतालका मेडिकल अफिसर डा ओमप्रकाश यादवका अनुसार अहिले दैनिक एक सय ५० भन्दा...
काठमाण्डु, ८ असार– एमाले अध्यक्ष केपी शर्मा ओली बैंककमा नियमित स्वास्थ्य परीक्षणपछि आज स्वदेश फर्कंदै छन् । उपचारका लागि श्रीमती राधिकाका साथ गत असार २ गते बैंकक गएका ओली मध्याह्न १२ बजे थाई एयरको जहाजबाट काठमाण्डु आइपुग्ने कार्यक्रम छ । एमाले केन्द्रीय सदस्य सूर्य...
काठमाण्डु, ८ असार– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पमा परी घाइते भएका चर्चित हास्य टेलिऋंखला ‘मेरी बास्सै’ मा आफ्नै ‘क्यारिकेचर’ गर्ने कलाकार घनश्याम गौतमको उपचार गरिदिने भएका छन् । मेरी बास्सैमा ‘मने बा’ का नाममा प्रचण्डको रोल गर्दै आएका गौतमको भूकम्पमा परी...
पाल्पा, ८ असार– जिल्ला प्रशासन कार्यालय पाल्पाद्वारा यस आर्थिक वर्षमा एक लाख २४ हजार १८६ वटा नागरिकताको प्रमाणपत्र जारी गरिएको छ । जेठ महिनामा प्रशासन कार्यालयबाट वंशजका आधारमा एक हजार ३९ वटा र वैशाख महिनासम्म एक करोड २३ हजार १४६ वटा नागरिकताको प्रमाणपत्र जारी...
रौतहट, ८ असार– रौतहटको उत्तरी भेगमा केही दिनयता झाडापखालाको प्रकोप देखापरेको छ । जिल्लाको चन्द्रपुर नगरपालिका–२ स्थित गैँडाटारमा झाडापखालाका कारण पाँच बालबालिका बिरामी भएका छन् । हाल ती बालबालिकाको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको छ । सो स्थानमा स्वच्छ खानेपानीको अभावमा यो वर्ष पनि झाडापखाला फैलिएको...
विराटनगर, ८ असार – मोरङमा एक पुरुषको शव फेला परेको छ । बेलबारी नगरपालिकाको ८ र ९ नम्बर वडाको बीचमा पर्ने सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरमा अन्दाजी ४५ वर्षीय पुरुषको फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । नाम र वतन नखुलेका उक्त...
भक्तपुर, ७ असार– एमाओवादी प्रवक्ता दिनानाथ शर्माले सवोच्च अदालतको हतारको निर्णयले संविधान निमार्णमा असर नपार्ने बताएका छन् । रफत सञ्चार क्लबले सोमबार गरेको साक्षात्कारमा शर्माले संविधान निर्माणका क्रममा अदालतले हस्तक्षेपकारी भूमिका खेल्नु गलत भन्दै चार दलले संविधान निमार्णलाई नरोक्ने बताए । संविधान निर्माण गर्ने...
काठमाण्डु, ७ असार– राप्रपा नेपालका अध्यक्ष कमल थापा वरिष्ठ नेता पद्मसुन्दर लावतीको १३ पुण्य तिथीमा भएको श्रद्धान्जली सभामा उपस्थित भएनन् । पछिल्लो समय लावतीले थापाको शैलीप्रति असंतुष्टि जनाउँदै समानान्तर कमिटी गठन गरेपछि लावती र थापाबीच पानी बाराबारको स्थिति उत्पन्न भएको थियो । त्यसको प्रत्यक्ष...
चितवन, ७ असार-जिल्ला कारागार चितवनमा सोमबार एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहा जिल्ला रामपुर गाविस–९ निवासी २७ वर्षीय अनिल थापा रहेको कारागार प्रशासनले जनाएको छ । लामो समयदेखि एचआइभी–एड्स सङ्क्रमित थापाको उपचारका क्रममा सोमबार कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा...
भक्तपुर, ७ जेठ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतले संविधान निर्माण प्रक्रिया रोक्न नभनेको स्पष्ट गरेका छन् । भूकम्प प्रभावितको अवस्था बुझ्न सोमबार भक्तपुरको कटुञ्जे पुगेका उनले सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा अदालतले संविधान बनाउन नरोकेको बताए । यद्यपि सर्वोच्चले गरेको फैसला सार्वभौम संविधानसभाको...