काठमाण्डू, १२ जेठ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक जारी छ । संसदीय दलको बैठक केहिबेर अधि सिंहदरबारमा सुरु भएको रास्वपाका एक नेताले जानकारी दिए । संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको अध्यक्षतामा संसदीय दलको कार्यालयमा बैठक केहीबेर अघिबाट सुरू भएको...
काठमाण्डू, १२ जेठ– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका सबै कुराहरूको जिम्मेवारी नलिने बताएको छ । आज (सोमबार) पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री ओली एमालेको समेत...
काठमाण्डू, १२ जेठ– एमाले महासचिव शङ्कर पोखरेलले प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा ठुलो रकम खर्चेर राजावादीहरूले भ्रमको खेती गरेको दाबी गरेका छन । आज (सोमबार) एमाले बागमती प्रदेश कमिटीद्वारा ललितपुरको गोदावरीमा आयोजित निर्वाचित वडा अध्यक्षहरूको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्...
काठमाण्डू, १२ जेठ– गृहमन्त्री रमेश लेखकले भिजिट भिसामा सेटिङ प्रकरणमा कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा प्रष्टीकरण दिएका छन् । आज (सोमबार) बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकमा गृहमन्त्री लेखकले आफूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तिर्थराज भट्टराईलाई...
काठमाण्डू, १२ जेठ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई थुनामै राख्ने सर्वोच्च अदालतको पछिल्लो आदेशलाई विवेकका दृष्टिबाट अपूर्ण र अन्यायपूर्ण रहेको निष्कर्ष निकालेको छ । पार्टीको पछिल्लो केन्द्रीय समितिको बैठकले यस्तो निष्कर्ष निकालेको कार्यबाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन...
काठमाण्डू, १२ जेठ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पत्नी निकिता पौडेलले सर्वोच्च अदालतले न्याय र मानवीय व्यवहार दुवै नगरेको भन्दै टिप्पणी गरेकी छन् । लामिछाने हाल सहकारी बचत रकम अपचलन मुद्दामा थुनामा रहेका छन । आज...
काठमाण्डू, १२ जेठ– हिजो (आइतबार) भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटमा ५० वर्षीया रोशनी शाही मृत अवस्थामा फेला परिन् । बालकोटको बृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको तीनतले घरमा उनी डेरा गरेर बस्दै आएकी उनी हिजो मृत अवस्थामा फेला परेकी हुन । भक्तपुरका एसपी माधव बुढाथोकीका अनुसार, आइतबार...
काठमाण्डू, १२ जेठ– राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्रीबाट आएका यस्ता अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आयोगले यस्ता अभिव्यक्ति आउनु मानव अधिकारका मूल्यमान्यताको समेत विपरीत हुन जाने स्पष्ट पारेको छ । हिजो (आइतबार)...
काठमाण्डू, १२ जेठ– काठमाण्डू महानगरपालिकाका कार्यपालिकाका सदस्यहरूले जतिसक्दो छिटो बैठक राख्न मेयर बालेनसँग माग गरेका छन् । सोमबार उपमेयर सुनिता डंगोलसहित कार्यपालिकाका ४१ जना सदस्यहरूले चाँडो बैठक राख्न माग गर्दै मेयर बालेन शाहलाई पत्र लेखेका छन् । महानगरपालिकाको कार्यपालिका बैठक गत पुस महिनायता बस्न...
काठमाण्डू, १२ जेठ– काठमाण्डू महानगरपालिकाका कार्यपालिकाका सदस्यहरूले जतिसक्दो छिटो बैठक राख्न मेयर बालेनसँग माग गरेका छन् । सोमबार उपमेयर सुनिता डंगोलसहित कार्यपालिकाका ४१ जना सदस्यहरूले चाँडो बैठक राख्न माग गर्दै मेयर बालेन शाहलाई पत्र लेखेका छन् । महानगरपालिकाको कार्यपालिका बैठक गत पुस महिनायता बस्न...
काठमाण्डू, १२ जेठ– आज (सोमबार) दिउँसो जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । जाजरकोटको रामीडाँडा आसपास केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । सोमबार दिउँसो २ बजेर २५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।...
काठमाण्डू, १२ जेठ– काठमाण्डू महानगरपालिका–३ मा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक पैदलयात्रीलाई ठक्कर दिएर अनियन्त्रित भएको स्कुटरका चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी घर भई चाबहिल बस्ने १८ वर्षीया मनिसा परियार रहेकी छन । उनी स्कुटर चालक...