अदालतले न्याय दिएनः निकिता पौडेल

काठमाण्डु टुडे २०८२ जेठ १२ गते १६:२९ मा प्रकाशित

काठमाण्डू, १२ जेठ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पत्नी निकिता पौडेलले सर्वोच्च अदालतले न्याय र मानवीय व्यवहार दुवै नगरेको भन्दै टिप्पणी गरेकी छन् ।

लामिछाने हाल सहकारी बचत रकम अपचलन मुद्दामा थुनामा रहेका छन । आज (सोमबार) सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइका क्रममा सर्वोच्चले न्याय नदिएको टिप्पणी गरेकी हुन् ।

‘अदालतले न्याय त दिएन, दिएन, मानवीय व्यवहार पनि गरेन,’ उनले लेखेकी छन् । निकिताले गैरकानुनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि नबोलेको उल्लेख गरेकी छन् ।

‘नियत नै राखेर थुनियो । गैरकानुनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि बोलेन’, उनले लेखकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us