जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प

काठमाण्डु टुडे २०८२ जेठ १२ गते १५:३९ मा प्रकाशित

काठमाण्डू, १२ जेठ– आज (सोमबार) दिउँसो जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

जाजरकोटको रामीडाँडा आसपास केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

सोमबार दिउँसो २ बजेर २५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us