विराटनगर, २४ जेठ– सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले हुलाक सेवाको आधुनिकीकरण जरुरी भएको बताएका छन् । हुलाक सेवा विभागद्वारा शनिबार विराटनगरमा आयोजित ‘हुलाक सेवाको पुनसंंरचना’ विषयक अन्तरक्रियामा उनले राणाशासनमा स्थापना भएको हुलाक सेवाको आधुनिकीकरण गरी सेवा प्रवाह राम्रो बनाउनुपर्नेमा जोड दिए...
काठमाण्डू, २४ जेठ– सरकारले काँग्रेस भातृ संगठन नेपाल तरुण दलको कार्यालय भवन निर्माणका लागि तीन करोड रुपैयाँ विनियोजन गरेको खुसाला भएको छ । सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा संघको भवन निर्माणका लागि तीन करोड विनियोजन गरेको हो । सभापति शेरबहादुर...
रुपन्देही, २४ जेठ– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पतञ्जली प्रकरणमा आफ्ना अध्यक्ष माधवकुमार नेपाल निर्दोष रहेको दाबी गरेका छन् । रुपन्देहीको तिलोत्तमामा शनिबार आयोजित एक कार्यक्रममा भुसालले प्रधानमन्त्री केपी ओलीले बदला र प्रतिशोधको भावनाबाट प्रेरित भएर अख्तियार प्रयोग गरी नेपालविरुद्ध भ्रष्टाचार मुद्धा दायर...
काठमाण्डू, २४ जेठ–नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पतञ्जली जग्गा प्रकरणमा आफूले एक पैसा भ्रष्टाचार नगरेको बताएका छन् । पार्टी सम्वद्ध मधेस प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै नेपालले आफू निर्दोष रहेकाले अदालतले न्याय दिलाउने बताए । न्यायको जित र अन्यायको हार...
जाजरकोट, २४ जेठ– जाजरकोटमा पौडी खेल्ने क्रममा एक किशोर र एक किशोरीको डुबेर मृत्यु भएको छ । अर्की एक किशोरी नदीमा हराइरहेकी छन् । नलगाड नगरपालिका–८ की १६ वर्षीया भगवती नेपाली र १० बर्षीय महेश कुसारीको ठूली भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु...
झापा, २४ जेठ– झापाको अर्जुनधारा नगरपालिका–११ स्थित सामुदायिक वन क्षेत्रभित्रको पोखरीमा शनिबार बिहान पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ । घटना शनिबार बिहान करिब ८ बजे दिमदिमे नामक पोखरीमा भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा १२ वर्षीय महसुस गुरुङ र...
भक्तपुर, २४ जेठ– काँग्रेस नेता डा. शेखर कोइरालाले कांग्रेसले सत्ता को नेतृत्व गर्नुपर्ने बताएका छन् । भक्तपुरमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश अफ्ठ्यारो परिस्थितिमा गएको र नेपाली काँग्रेस मध्यममार्गी पार्टी भएकाले सत्ताको चाबी खोस्नुपर्ने बेला भइसकेको टिप्पणी गरेका हुन् । ‘त्यो...
काठमाण्डू, २४ जेठ– वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी...
काठमाण्डू, २४ जेठ– प्रधानमन्त्री केपी ओलीले बकर इदको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले पवित्र पर्व इद–उल–अज्हाको अवसरमा स्वदेश तथा विदेशमा सबैलाई शुभकामना व्यक्त गरेका हुन् । ‘बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक हाम्रो देशमा यस पर्वले आपसी सद्भाव, सामाजिक एकता र राष्ट्रिय एकतालाई...
काठमाण्डू, २४ जेठ– सभामुख देवराज घिमिरेले नेपालका विभिन्न समुदायका चाडपर्व, धर्म, संस्कृति, रीतिरिवाज र परम्पराले पारस्परिक सम्मान, सहिष्णुता र एकताको सन्देश दिएको बताएका छन् । बकर इदको अवसरमा शनिबार शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, ‘हाम्रो राष्ट्र बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहु–भेशभूषायुक्त सामाजिक संरचनाले बनेको...
काठमाण्डू, २४ जेठ– अमेरिकामा एकै घरमा चार नेपाली मृत फेला परेका छन् । भर्जिनिया राज्यको मनसास पार्क सहरस्थित एक नीजि घरमा चार जना नेपाली मृत भेटिएका त्यहाँको प्रहरीले जनाएको छ । मृतकमध्ये एक महिला, एक पुरूष, ८ वर्षीया बालिक र दुई वर्षका बालक छन्...
काठमाण्डू, २४ जेठ–मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज...