
भक्तपुर, २४ जेठ– काँग्रेस नेता डा. शेखर कोइरालाले कांग्रेसले सत्ता को नेतृत्व गर्नुपर्ने बताएका छन् ।
भक्तपुरमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश अफ्ठ्यारो परिस्थितिमा गएको र नेपाली काँग्रेस मध्यममार्गी पार्टी भएकाले सत्ताको चाबी खोस्नुपर्ने बेला भइसकेको टिप्पणी गरेका हुन् ।
‘त्यो अराजकता रोक्न नेपाली काँग्रेसले मात्रै सक्छ । हामी सरकारमा छौं तर सत्ताको चाबी हामीसँग छैन । यसको अर्थ तपाईंहरु आफैँ लगाउनुस् । सत्ताको चाबी वामपन्थीसँग छ । त्यसलाई कसरी हामीले खोल्ने ? चाबी खोल्नुपर्यो नि त’, उनले भने ।
कांग्रेसको भविष्यको प्रतिष्पर्धी एमाले भएकाले एमालेले गरेका नराम्रा कामहरु नागरिक समक्ष लैजानुपर्ने पनि कोइरालाले बताए ।
‘उसले गलत काम गरेको छ भने गलतलाई गलत र सहीलाई सही भन्नसकौं । त्यसो भन्न नसक्ने कार्यकर्ता नेपाली काँग्रेसका कार्यकर्ता होइनन्,’ उनले भने ।
न्युज एजेन्सी नेपालबाट