एक पैसा भ्रष्टाचार गरेको छैन, अदालतले न्याय दिन्छः माधव नेपाल

काठमाण्डु टुडे २०८२ जेठ २४ गते १४:४९ मा प्रकाशित

काठमाण्डू, २४ जेठ–नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पतञ्जली जग्गा प्रकरणमा आफूले एक पैसा भ्रष्टाचार नगरेको बताएका छन् ।

पार्टी सम्वद्ध मधेस प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै नेपालले आफू निर्दोष रहेकाले अदालतले न्याय दिलाउने बताए ।

न्यायको जित र अन्यायको हार हुनेमा आफू ढुक्क रहेको उनको भनाइ थियो । ‘गलत आरोपहरुका विरुद्धमा दृढका साथ उभिइन्छ’, उनले भने, ‘न्याय पालिकाले न्याय दिनेछ भन्ने मलाई विश्वास छ ।’

अध्यक्ष नेपालले आफूले एक पैसा र एक दाम पनि घुस नखाएकाले नडराई दृढतापूर्वक प्रतिवाद गर्न पार्टी पंक्तिलाई आग्रह गरे ।

‘असल मनसायका साथ कुनै काम गरिएको छ भने हामी आत्तिनु पर्ने कारण छैन’, नेपालले भने, ‘चुनौतीको सामना गर्ने हो, भाग्ने होइन ।’

नेपालसहित ९३ जनाविरुद्ध पतञ्जलीलाई आयुर्बेदिक अस्पताल र औषधि खेतीको प्रयोजनका लागि दिइएको हदबन्दीभन्दा बढीको जग्गा बिक्री गर्न दिएको प्रकरणमा विशेष अदालतमा भ्रष्टाचारी मुद्धा दायर गरेको थियो ।

.

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us