सानीभेरीमा पौडी खेल्ने क्रममा किशोर किशोरीको मृत्यु, एक किशोरी बेपत्ता

काठमाण्डु टुडे २०८२ जेठ २४ गते १४:३७ मा प्रकाशित

जाजरकोट, २४ जेठ– जाजरकोटमा पौडी खेल्ने क्रममा एक किशोर र एक किशोरीको डुबेर मृत्यु भएको छ ।
अर्की एक किशोरी नदीमा हराइरहेकी छन् ।

नलगाड नगरपालिका–८ की १६ वर्षीया भगवती नेपाली र १० बर्षीय महेश कुसारीको ठूली भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

भाई नदीमा डुबेपछि बचाउन गएकी महेशकी दिदी १२ वर्षीया आशा बेपत्ता भएकी छन् ।

रुकुम पश्चिमस्थित इलाका प्रहरी कार्यालय आठबिसकोटबाट गएको प्रहरी टोलीले भगवतीलाई उद्धार गरी अस्पताल पु¥याएको थियो । तर, चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए ।

महेश भने पौडी खेलिरहेको स्थानभन्दा करिब १ किलोमिटर तल भेटिएको रुकुम पश्चिम प्रहरी प्रमुख डिएसपी प्रमेश बिष्टले बताए । विष्टका अनुसार शुक्रबार विद्यालयबाट घर आएपछि उनीहरु नुहाउन नदीमा गएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us