समाचार

राजावादीको सम्पत्ति छानबिन गर्नुपर्छ, रास्वपालाई नैतिकता सिकाउनुपर्छः कांग्रेस सांसद बस्नेत

२०८२ असार ५ गते १६:०९

काठमाण्डू, ५ असार– नेपाली कांग्रेसका नेता जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई नैतिकता सिकाउनु पर्ने र राजावादीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । आज (बिहिबार) बसेको राष्ट्रिय सभाको विहीबारको बैठकमा कांग्रेस सांसद बस्नेतले यस्तो बताएका हुन । रास्वपाले भिजिट भिसा प्रकरणमा नेपाली कांग्रेसका नेता...

कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भनेः पुरानो कुरा बिर्सिन चाहन्छु

२०८२ असार ५ गते १६:०३

काठमाण्डू, ५ असार– काठमाण्डू महानगरपालिका महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले आफूले पुराना कुरा बिर्सन चाहेका बताएका छन् । हिजो (बुधबार) उच्च अदालत पाटनले निलम्बन सम्बन्धी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै बिहीबारदेखि काममा फर्किएका उनले कार्यभार सम्हाल्दै आफूले पुराना कुरा बिर्सिन चाहेको प्रतिक्रिया...

मन्त्रीले आफ्नो वडा र टोलमा बजेट हाल्नु स्वाभाविकः एमाले सांसद ढकाल

२०८२ असार ५ गते १५:५५

काठमाण्डू, ५ असार– सत्ता घटक दल एमालेका सांसद सूर्यप्रसाद ढकालले मुलुक सङ्घीय संरचनामा गएपनि प्रदेश र स्थानीय तहका सरकारलाई केन्द्र सरकारले उनीहरूको अधिकार दिन नसकेको दाबी गरेका छन । आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद ढकालले यस्तो बताउका हुन । उनले...

०६४ साल यताका १४ जना गृहमन्त्रीमाथि छानबिन हुनुपर्छः ज्ञानबहादुर शाही

२०८२ असार ५ गते १५:४९

काठमाण्डू, ५ असार– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरणको विषयमा सबै दलहरू एकजुट भएर अघि बढ्न आग्रह गरेका छन । आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपा प्रमुख सचेतक शाहीले यस्तो बताएका हुन । उनले शाहीले भिजिट...

प्रमुख तीन दलको बैठक स्थगित

२०८२ असार ५ गते १५:४४

काठमाण्डू, ५ असार– आज (बिहिबार) बस्ने भनिएको प्रमुख दलका शिर्ष नेताहरुको बैठक स्थगित भएको छ । बिहीबर बस्ने भनिएको प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बैठक स्थगित भएको बताइएको छ । आपसी सल्लाहमै बैठक स्थगित भएको माओवादीका अध्यक्ष पुष्पकमल...

जनताले अवसर दिए, नेताहरूले देश बिग्रेकोमा जिम्मा लिनुपर्छः सांसद शर्मा

२०८२ असार ५ गते १५:४०

काठमाण्डू, ५ असार– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचि समेत रहेका सांसद जनार्दन शर्माले राजनीतिक अस्थिरताको कुरा गरेर नेताहरूले आफ्नो गल्ती ढाकछोप गर्ने काम गरिरहेको बताएका छन । आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा खर्च कटौतीको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद शर्माले यस्तो...

महानगर स्रोत व्यवस्थापन समितिको बैठक बोलाउने बालेनको तयारी

२०८२ असार ५ गते १५:२९

काठमाण्डू, ५ असार– काठमाण्डू महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बोलाउने तयारी गरेका छन् । मेयर साहले आगामी बजेटका लागि आज स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बोलाउने तयारी गरेको मेयर साहको सचिवालय स्रोतले जानकारी...

भैँसी चराउन गएकी महिलाको चट्याङ लागेर मृत्यु

२०८२ असार ५ गते १५:०१

काठमाण्डू, ५ असार– कपिलवस्तुमा भैँसी चराउन गएकी एक महिलाको चट्याङ लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा विजयनगर गाउँपालिका–५ नौरंगिया निवासी करिब ४० वर्षीया जन्ममति यादव रहेकी प्रहरीले जानकारी दिएको छ । यादवको बुधबार साँझ चट्याङ लागेर मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय गणेशपुरका...

कैलालीमा नदीमा डुबेर दुई जनाको मृत्यु

२०८२ असार ५ गते १४:३४

काठमाण्डू, ५ असार– कैलालीमा छुट्टाछुट्टै नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । मोहना नदी र गौरीगंगा खोलामा डुबेर दुई जना पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कैलारी गाउँपालिका–७, रामपुरका ४५ वर्षीय दुलाराम चौधरी र गौरीगङ्गा नगरपालिका–२ का ६० वर्षीय नरबहादुर...

हत्या आरोपमा एक जना पक्राउ

२०८२ असार ५ गते १४:२४

काठमाण्डू, ५ असार– प्रहरीले सर्लाहीको गोडैता नगरपालिका–६ बगदह बस्ने ६८ वर्षीया राम दुलारी रायको हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २७ वर्षीय राम अधिन राय रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई बुधबार प्रहरीले पक्राउ गरीएको...

भिजिट भिसामा नक्कली उजुरी लिएको आरोपमा रास्वपाले पार्टीभित्रै छानबिन गर्ने

२०८२ असार ५ गते १४:११

काठमाण्डू, ५ असार– प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसामा नक्कली उजुरी लिएको भनी आएको आरोप माथि पार्टीभित्रै छानबिन गर्ने तयारी गरेको छ । आज (बिहीबार) बिहान बसेको सचिवालय बैठकले नक्कली उजुरी गर्ने कार्यलाई पार्टीले प्रोत्साहन नगर्ने निर्णय गरेको सचिवालयका एक सदस्यले जानकारी...

एकीकृत समाजवादीका सांसद थापाले संसद बैठकमै च्याते बजेट पुस्तिका

२०८२ असार ५ गते १३:४०

काठमाण्डू, ५ असार– आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दल एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले आर्थिक वर्ष ०८२–८३ को बजेट पुस्तिका संसद बैठकमै च्यातेका छन् । उनले अहिलेको बजेट उल्टो बाटोबाट हिँडेको भन्दै उनले संसद बैठकभित्रै बजेट पुस्तिका च्यातेका हुन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us