समाचार

बिचौलिया राजविरुद्ध अदालतको ऐतिहासिक फैसला

२०८२ असार ५ गते २१:२३

काठमाण्डू, ५ असार– जिल्ला अदालत काठमाण्डूले भ्रष्टाचारसम्बन्धी समाचार लेखेका दुई अनलाइन पत्रिकाविरुद्धको मुद्धा खारेज गरेको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आफूबारे समाचार लेखेको भन्दै नेपाल खबर डटक र बिजमाण्डू डटकमविरुद्ध निषेधाज्ञाको निवेदन दायर गरेका थिए । ती समाचारले आफ्नो सामाजिक प्रतिष्ठामा...

सांसद् मेटमणि चौधरीविरुद्ध प्रहरीमा जाहेरी

२०८२ असार ५ गते २०:३८

काठमाण्डू, ५ असार– सांसद् एवं नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीविरूद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ । चेक अनादरको कसुरमा चौधरीविरुद्ध बिहीबार हुलाकमार्फत प्राप्त जाहेरी परेको दाङ प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले जाहेरी प्राप्त भएको पुष्टि गरे...

चौथो संस्करणको मिस्टर र मिस एसईई सुपर मोडल २०२५ः मिस्टरतर्फ झा र मिसतर्फ थापा

२०८२ असार ५ गते १९:४७

काठमाण्डू, ५ असार– एभरेष्ट इभेन्ट्सको आयोजना र एन प्लस प्रोफेसनलको प्रस्तुतीमा भएको चौथो संस्करणको ‘मिस्टर र मिस एसईई सुपर मोडल २०२५’ को उपाधि मिस्टरतर्फ श्याम झा र मिसतर्फ दिव्या थापाले जित्न सफल भएका छन । प्रतियोगितामा निर्वाणप्रसाद कर्माचार्य र सम्बृद्धि सिलवाल फस्ट रनरअप, स्पर्श...

‘कानुनमन्त्रीले न्यायाधीशलाई फोन गरेर अदालत प्रभावित पार्न खोजे’: स्वतन्त्र सांसद सिंह

२०८२ असार ५ गते १८:२५

काठमाण्डू, ५ असार– स्वतन्त्र सांसद डा. सांसद अमरेशकुमार सिंहले कानुनमन्त्री अजयकुमार चौरसियामाथि न्यायाधीशहरुलाई प्रभावित पार्ने प्रयास गरेको आरोप लगाएका छन । आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा खर्च कटौतीको प्रस्तावमाथि बोल्दै स्वतन्त्र सांसद सिंहले यस्तो आरोप लगाएका हुन । सांसद सिंहले कानुनमन्त्री चौरसियामाथि न्यायाधीशहरुलाई...

दुई न्यायाधीशमाथि छानबिन गर्न सर्वोच्चका न्यायाधीश शर्माको समिति बन्यो

२०८२ असार ५ गते १८:१३

काठमाण्डू, ५ असार– न्यायपरिषद्ले उच्च अदालत न्यायाधीशहरू डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन गर्न समिति गठन गरेको छ । आज (बिहिबार) बसेको परिषद् बैठकले सर्वोच्च अदालतका न्यायाधीश विनोदकुमार शर्माको एक सदस्यीय समिति गठन गरेको हो । अब उक्त समितिले न्यायपरिषद्मा परेका उजुरीमाथि छानबिन...

मितेरी सहकारी ठगी प्रकरणमा पक्राउ परेका भण्डारीविरुद्ध ७ दिन म्याद थप

२०८२ असार ५ गते १७:५४

काठमाण्डू, ५ असार– हिजो (बुधबार) मात्रै कम्बोडियाबाट पक्राउ गरेर काठमाण्डू ल्याइएका मितेरी सहकारी ठगी प्रकरणका अभियुक्त ज्योतिबहादुर भण्डारीविरुद्ध सात दिनको म्याद थप भएको छ । जिल्ला अदालत काठमाण्डूले लिखतसम्बन्धी कसुर र ठगीको कसुरमा अनुसन्धान गर्न सात दिनको म्याद दिएको हो । कम्बोडियाबाट पक्राउ गरेर...

छानबिनमा तानिए न्यायाधीशद्वय खुसीप्रसाद र अर्जुन

२०८२ असार ५ गते १७:४८

काठमाण्डू, ५ असार– कांग्रेस नेता एवं पूर्व सांसद मोहम्म्द आफताब आलमलाई ज्यान मुद्दाबाट उन्मुक्ति दिएका उच्च अदालत वीरगञ्जका न्यायाधीशहरू डा. खुसीप्रसाद थारु र अर्जुन महर्जन जिम्मेवारमुक्त भई छानबिमा तानिएका छन् । आज (बिहीबार) बसेको न्यायपरिषद् बैठकले न्यायाधीशद्वय थारु र महर्जनलाई न्यायपरिषद्मा तानेको न्याय परिषद...

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश

२०८२ असार ५ गते १७:३७

काठमाण्डू, ५ असार– पत्रकार दिनभूषण पाठकलाई पक्राउ नगर्न सरकारका नाममा उच्च अदालत, पाटनले अन्तरिम आदेश जारी गरेको छ । यसअघि अल्पकालीन अन्तरिम आदेश जारी गरेको उच्च अदालतले दुवै पक्षको सुनुवाइ सुनि आदेशलाई निरन्तरता दिएको हो । उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम...

प्रकाशित समाचार हटाउने आदेश खारेज

२०८२ असार ५ गते १७:२९

काठमाण्डू, ५ असार– जिल्ला अदालत काठमाण्डूले यस अधि विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार हटाउने भनी यसअघि जारी भएको आदेश खारेज गरीदिएको छ । न्यायाधीश श्यामविहारी मौर्यको इजलासले धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पेश गरेको निषेधाज्ञाको निवेदन खारेज गरेको हो । निवेदन खारेज भएसँगै अर्का...

८२ दिनपछि फेसबुकमा फर्किए रवीन्द्र, हिरासतमा लेखे ३५ कविता

२०८२ असार ५ गते १७:२४

काठमाण्डू, ५ असार– राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा)का बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ८२ दिनपछि सामाजिक सञ्जाल फेसबुकमा फर्किएका छन । मिश्रले बिहीबार आफू ८२ दिनपछि सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको भन्दै राज्यले प्रतिशोध साँध्ने भरमग्दुर प्यास गर्दागर्दै पनि जिल्ला अदालत काठमाडौँले आफूलाई न्याय दिएको प्रतिक्रिया...

एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीविरुद्ध प्रहरीमा चेक अनादरको जाहेरी

२०८२ असार ५ गते १७:०१

काठमाण्डू, ५ असार– माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका उपमहासचि एवं सांसद सांसद मेटमणि चौधरी विरुद्ध बैङ्किङ कसुरमा जाहेरी परेको छ । दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद चौधरीविरुद्ध चेक अनादरमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । हुलाक मार्फतबाट सांसद...

आलमलाई सफाइ दिने दुई न्यायाधीश न्याय परिषद् तानिए

२०८२ असार ५ गते १६:५४

काठमाण्डू, ५ असार– कांग्रेस नेता एवं पूर्व सांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायाधीशहरू खुशीप्रसाद थारु र अर्जुन महर्जन न्याय परिषदमा तानिएका छन । उनीहरूलाई परिषदमा तान्ने निर्णय भएको न्याय परिषद् स्रोतले जानकारी दिएको छ । बिहीबार बसेको परिषद्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us