दुई न्यायाधीशमाथि छानबिन गर्न सर्वोच्चका न्यायाधीश शर्माको समिति बन्यो

काठमाण्डु टुडे २०८२ असार ५ गते १८:१३ मा प्रकाशित

काठमाण्डू, ५ असार– न्यायपरिषद्ले उच्च अदालत न्यायाधीशहरू डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन गर्न समिति गठन गरेको छ । आज (बिहिबार) बसेको परिषद् बैठकले सर्वोच्च अदालतका न्यायाधीश विनोदकुमार शर्माको एक सदस्यीय समिति गठन गरेको हो । अब उक्त समितिले न्यायपरिषद्मा परेका उजुरीमाथि छानबिन गर्नेछ ।

न्यायपरिषद् ऐनको दफा १८ मा जिल्ला वा उच्च अदालतका न्यायाधीशमाथि छानबिन गर्दा न्यायपरिषद्का सदस्य वा सर्वोच्च अदालतका कुनै न्यायाधीशको समिति गठन गर्ने व्यवस्था छ ।

त्यही व्यवस्था अनुसार, बिहीबार समिति गठन भएको हो । अब न्यायाधीश शर्माको एक सदस्यीय समितिले सम्बन्धित न्यायाधीश वा अन्य व्यक्तिसँग सोधपुछ गर्न पाउने व्यवस्था छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us