प्रकाशित समाचार हटाउने आदेश खारेज

काठमाण्डु टुडे २०८२ असार ५ गते १७:२९ मा प्रकाशित

काठमाण्डू, ५ असार– जिल्ला अदालत काठमाण्डूले यस अधि विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार हटाउने भनी यसअघि जारी भएको आदेश खारेज गरीदिएको छ ।

न्यायाधीश श्यामविहारी मौर्यको इजलासले धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पेश गरेको निषेधाज्ञाको निवेदन खारेज गरेको हो । निवेदन खारेज भएसँगै अर्का न्यायाधीश पिताम्बर शर्माको इजलासले जारी गरेको समाचार हटाउने आदेश पनि स्वतः खारेज हुने भएको छ ।

न्यायाधीश शर्माले धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठको वारेमा प्रकाशित समाचार हटाउन आदेश दिएका थिए । आदेश जारी भएपछि बिजमाण्डु र नेपालखबर अनलाइनले सुनुवाइका क्रममा त्यसको प्रतिवाद गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us